11:08 AM
कूल तामाङ फागुन १ ५ । स्थापनाको ५५ बर्ष पूरा गरि ५६ औ बर्षमा प्रबेश गरेको अवसर पारेरबालसुधार उच्चमाबि दुवाचौरले बुधबार आफनो ५६ औँ बर्षगाँठ तथा १४ औँ अविभावक दिवस भव्यताकासाथ मनाएको छ । दुबवाचौर ३ स्थित बिद्यालयको प्राङगणमा बुधबार सम्पन्न कार्यक्रममाबिद्यालयका बिद्यार्थीहरुले बिभिन्न सांगितक कार्यक्रमहरु समेत प्रदर्शन गरेका थिए । कार्यक्रमको एकसमारोहका बिच संबिधानसभाका माननिय सभाषद शेर बहादुुर तामाङले दिप प्रज्वलन गरि उद्घाटनगर्नुभएको थियो । बिद्यालयको बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै बिद्यालयका प्रधानाध्यापक शुरतश्रेष्ठले अब बिद्यालयका हरेक गतिबिधि बिद्यालयको वेभसाईट:www.balsudharschool.edu.npमा अपटडेट हुने भएकाले बिद्यालयको आर्थिक बिवरण पारदर्शीहुने बताउनुभयो । कार्यक्रममा बालाबलिका देखि ९० बर्ष भन्दा माथीका ज्येष्ठ नागरिक हरु, चाईल्डनेपालका प्रतिनिधी, जिल्ला शिक्षाकार्यालयका प्रतिनिधि राजनितिक दलका प्रतिनिधि, सामाजिकसंघसस्थाका प्रतिनिधिहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । तत्कालिन प्रधान पञ्चहरुस्वर्गियअजम्बर श्रेष्ठ र चित्रप्रसाद उपाध्यायको संयुक्त अगुवाईमा २०१४ साल फागुन १४ अर्थात आजकैदिन यस बिद्यालयको स्थापना भएको थियो । कार्यक्रममा एक समारोहका बिच बिद्यालयसंञ्चालानार्थ आर्थीक सहयोग गर्नुहुने चन्दादाताहरुलाई सभासद शेरबहादुर तामाङले दोसल्ल प्रमाणपत्र र मेडलसहित सम्मान गर्नुभएको थियो ।
0 comments:
Post a Comment