आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

रेडियो मेलम्चीको ब्लगमा स्वागत छ ।

हाँसो नै सबथोक हो की के हो ।

आफ्नो प्रेमीको पर्खाइमा एक महिला

सुन्दरीहरुको चर्चा बाटोमा पनि

तस्बिर कूल तामाङ

मन खोलेरै हासौ न एकैछिन तस्बिर/रेडियो मेलम्ची

Feb 8, 2014

आजदेखि हात्तीपाइले रोग विरुद्धको अभियान सुरु हुँदै

माघ २५ काठमाण्डौ ।सरकारले आजदेखि ३१ जिल्लामा हात्तीपाइले रोग विरुद्धको अभियान सुरु गर्दैछ ।हात्तीपाइले रोग नियन्त्रणका लागि आजदेखि सोमबारसम्म औषधि खुवाउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
अहिले केहीबेरमा औषधि खुवाउन सुरु गरिनेछ । भोजपुर, इलाम, झापा, मोरङ, ओखलढुंगा, पाँचथर, सप्तरी सिरहा, सुनसरी, उदयपुर, अर्घाखाँची, बाग्लुङ, कास्की, म्याग्दी,पर्वत र लमजुङमा आजदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइनेछ ।
त्यस्तै दाङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरमा पनि आजदेखि हात्तीपाइलेको औषधि खुवाइने महाशाखाले जनाएको छ ।
पहिलो दिन आज समूदायलाई पायक पर्ने ठाउँमा केन्द्र नै बनाएर औषधि खुवाउने, भोलि र पर्सि छुटेकालाई घर दैलोमै गएर औषधि खुवाउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले जानकारी दिनुभयो ।
सरकारले शहरी क्षेत्रमा हात्तीपाइले रोगको जोखिम धेरै रहेकोले अनिवार्य औषधि खान आग्रह गरेको छ । शहरमा ४० घरलाई लक्षित गरी एउटै बुथ बनाइएको र गाडीमा समेत औषधि लिएर टोल टोलमा पुग्ने कार्यक्रम पनि रहेको मरासिनीले उज्यालोलाई जानकारी दिनुभयो ।
हात्तीपाइलेको परजीवी शरीरमा भएकाहरुलाई औषधि खाएपछि ज्वरो आए जस्तो हुने, टाउको दुख्ने रिंगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य असर हुने भएपनि पछि निको हुने भएकोले ढुक्क भएर औषधि खान डाक्टरहरुले आग्रह गरेका छन् ।
तर २ वर्ष नपुगेका केटाकेटी, गर्भवती, ७ दिन सम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त विरामीले यो औषधि खानु हुँदैन् । यो औषधि खाँदा केही खानेकुरा खाएपछि मात्रै औषधि खानु राम्रो हुन्छ ।
सन् २०२० सम्ममा हात्तीपाइले रोग निर्मूल पार्ने लक्ष्य लिएको सरकारले हात्तीपाइलको औषधि खाएर आफू र आफ्ना सन्ततिलाई रोग लाग्नबाट बचाउन सबैलाई आग्रह गरेको छ ।

प्रधानमन्त्रीको चुनावी प्रक्रिया सुरु

माघ २५ काठमाण्डौ । बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री चयनका लागि आजदेखि चुनावी प्रक्रिया सुरु हुँदैछ । व्यवस्थापिका संसद सचिवालयमा प्रधानमन्त्रीका लागि आजदेखि उम्मेदवारी दर्ता सुरु हुँदैछ । सोमबार हुने प्रधानमन्त्रीको चुनावका लागि आज  र भोलि उम्मेदवारी दर्ताको समय तालिका तय गरिएको छ ।
 
संसद ससंद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले  बिहान १० देखि बेलुकी ५ बजेसम्म मनोनयन गर्ने समय तोकिएको जानकारी दिए । उनका अनुसार भोलि आइतबार दर्ता अनुसार सूची प्रकाशन गरिनेछ । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले संसद बैठकमै फिर्ता लिन सक्ने व्यवस्था छ ।
 
अन्तरिम संविधानको धारा ३८९१० अनुसार सहमतिको सरकार बन्न नसकेपछि राष्ट्रपति डा रामवरण यादवले ३८९२० बमोजिम बहुमतीय सरकार गठनका लागि प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई आग्रह गरेका थिए ।
 
“अन्तरिम संविधानको धारा ३८ २ अनुसार प्रधानमन्त्री चयनका लागि सोमबारको मिति तय गरिएको हो । अहिलेसम्म प्रधानमन्त्रीको आकांक्षी कांग्रेस सभापति सुशील कोइराला मात्र छन् ।  

आजदेखि फेरि लोडसेडिङ बढ्यो (तालिकासहित)

माघ २५ काठमाण्डौ ।नेपाल विद्युत प्राधिकरणले आज शनिबारबाट दैनिक १२ घण्टाको दरले लोडसेडिङ गर्दैछ ।   प्राधिकरणले दैनिक ११ घण्टा गर्दै आएको लोडसेडिङको समय बढाएको हो ।
 
माघ २६ गतेदेखि लागू हुने गरी बढाइएको कटौतीको समयअनुसार अब साताको ८४ घन्टा विद्युतभार कटौती हुने भएको छ । यसअघि हप्तामा ८० घण्टा विद्युतभार कटौती हुँदै आएको थियो ।
 
 

फेरि आजबाट आमरण अनशनमा डा. गोविन्द केसी


माघ २५ काठमाण्डौ ।  शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशषज्ञ डा. गोविन्द केसीले आज शनिबारबाट फेरि आमरण अनसन बस्ने भएका छन् । गत माघ १० गते सरकारसँग भएका सहमतिका आधारमा अनसन तोडेका डा.केसीले सहमति कार्यन्वयन नभएको भन्दै फेरि अनसन बस्ने जनाएका हुन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा डीन नियुक्तिका लागि केसीले सरकारलाई शुक्रबारसम्मको अल्टिमेटम दिएका थिए । त्यसबाहेक अन्य सहमतिमा पनि सरकार गम्भिर नभएको केसीले बताए ।
केसीले शनिबार पत्रकारसम्मेलन गरी अनसन सुरु गर्नेछन् । मेडिकल कलेजका सञ्चालकको दबावमा डीन नियुक्त गरिएको भन्दै १४ दिन लामो अनसन बसेका थिए । त्रिविले यसअघि गत पौष २५ गते आइओएमको डीनमा डा.शशी शर्मालाई नियुक्त गरेको थियो ।
केसीको अनसन र अन्य चिकित्सकको आन्दोलन पछि शर्मालाई माघ ९ गते पदबाट बर्खास्त गरिएको थियो । त्यसपछि सरकार र आन्दोलनमा रहेका डा.केसी तथा चिकित्सक संघबीच केसीका माग पूरा गर्ने सहमति भएको थियो ।
डा.केसीले आइओएममा डीन नियुक्ति गर्दा वरिष्ठताका आधारमा गर्नुपर्ने, नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिंदा मापदण्ड निर्धारण गर्नुपर्ने, आइओएमलाई छुट्टै विश्वविद्यालयको रुपमा विकास गर्नुपर्ने लगायतका माग गर्दै आएका छन् ।

Feb 6, 2014

पाल्पामा बस दुर्घटना सवारी धनी सहित १४ जनाको मृत्यु,उद्धार कार्यजारी (अपडेट)

माघ २३ पाल्पा
सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पामा आज विहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।  बिहान करीव २ वजे भएको बस दुर्घटनामा परी ७ जना घाईते भएका छन । मृत्यु हुने मध्ये अहिले सम्म १० जनाको मात्र सनाखत भएको छ । वडा प्रहरी कार्यालय वगरमा कार्यरत प्रहरी जवान २६ वर्षिय गिरीराज भट्टराई, अंचल प्रहरी गुल्म धौलागिरीमा कार्यरत प्रहरी जवान दिन बहादुर बस्नेत, बस चालक पाल्पा मुझुङका ३३ वर्षिय रोमन सिंह सारु मगर, बस धनी बाग्लुङ्ग भिमगिठ्ठेका २८ वर्षिय मोहन के.सी, रुकुम घर भएका ३८ वर्षिय राज बहादुर गुरुङ्ग, वर्दिया मगरागढिका २१ वर्षिय विराट सिंह ठकुरी ,कास्की भरतपोखरी घर भएका ३५ वर्षिय बुद्धि बहादुर वि.क., बिराटनगरका ४९ वर्षिय गोपाल ढकाल, पर्वत ठुलिपोखरीका बाबुराम आर्चाय र पर्वत खौला लाकुरीका २२ वर्षिय ठाकुर सुनारको सनाखत भएको छ् । दुर्घटनामा परि मृत्यु भएका अन्य ४ जनाको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ । बस दुर्घटनामा परी घाईते भएकाहरुको मिसन अस्पताल पाल्पा र लुम्बिनी शिक्षण अस्पताल प्रभासमा उपचार भईरहको छ । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।घुम्ति र भीर रहेको सडकबाट बस दुर्घटना भएपनि के कारणले दुर्घटना भयो भन्ने बारे अहिलेसम्म केहि पत्तालाग्न सकेको छैनन् । त्यसै ठाउँमा गत वर्षको माघमा भएको जन्तीबस दुर्घटनामा हुँदा १५ जनाको मृत्यु भएको थियो ।

Feb 4, 2014

एमाले संसदीय दलको नेतामा ओली विजयी, ओली ९८ खनाल ७५

 माघ २१ काठमाडौंनेकपा एमाले संसदीयको नेतामा नेता केपी ओली विजयी भएका छन् । सहमति कायम गर्न नसकेपछि संसदीय दलमा भएको मतदानमा नेता केपी शर्मा ओली ९८ मत पाएर विजयी भएका छन् ।  १ सय ७५ सभासदमध्ये नेता खनाललाई ७५ सभासदले मत दिएका छन् ।
 
एमालेको १ सय ७५ सिट रहेकामा माधवकुमार नेपाल र वामदेव गौतम दुई क्षेत्रमा विजयी भएकाले १ सय ७३ मत खसेका थिए । लामो समय छलफलबाट सहमतिको प्रयास गर्दा पनि असफल भएपछि मंगलबार मतदान भएको थियो । मतदान सकिएको १५ मिनेट भित्रै परिणाम बाहिर आएको थियो । 

अधिकारी अनसनमा सरकारलाई अधिकारकर्मीहरुको १० दिने अल्टिमेट

माघ २१ काठमाण्डौ ।मानवअधिकारकर्मीहरुले १०४ दिन देखि लगातार आमरण अनसनमा रहेका कृष्णप्रसाद अधिकारी र नन्दमाया अधिकारीको छोरा कृष्णप्रसाद अधिकारीको हत्याको सम्बन्धमा १० दिन भित्र ठोस छानविन गरी दोषिमाथि कारवाही प्रक्रिया अघि नबढाए अन्तर्राष्ट्रिय जगतलाई गुहार्ने चेतावनी दिएका छन ।
जस्टिस फर नन्दप्रसाद अभियानले मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा मानवअधिकारकर्मी सुदिप पाठकले अनसनकै क्रममा जण्डीस र सुगर देखिएपछि अधिकारी दम्पत्तिको जीवन झनै खतरापूर्ण बन्दै गएको भन्दै आगामि १० दिन भित्र सरकारले उनीहरुको माग पुरा नगरे अनुसन्धान र कारवाहीको लागि अन्तर्राष्ट्रिय जगत गुहार्ने चेतावनी दिए ।
उनले १० दिन पछि पहिलो चरणमा अन्तर्राष्ट्रिय जगतलाई आब्हान गर्ने, दोस्रो चरणमा निवेदन पठाउने र तेस्रो चरणमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता नै बोलाउने योजना सुनाए ।
पाठकले मुलुकको फौज्दारी कानून अनुसार जाहेरी दिने सबैको अनुसन्धान प्रक्रिया सरकारले तत्काल बढाउनु पर्ने भन्दै कृष्णप्रसाद हत्या काण्डाको जिम्मेवारी लिने पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई बोलाएर सोधपुछ गर्न माग गरे । उनले भने–हत्याको जिम्मेवारी लिने पूर्वप्रधानमन्त्रीलाई राज्यले पुर्जि काटेर केरकार गर्नु पर्छ । होईन भने प्रचण्ड र बाबुरामजीले अनुसन्धानमा सहयोग गर्नु पर्छ ।
उनले पीडित परिवारलाई उनीहरुको गाँउमा पुर्नस्थापना गर्ने बातावरण अझै नरहेको भन्दै गाँउमा सामाजिक त्रास भएकोले मेलमिलापको ठोसप्रयास विना जान सक्ने अवस्था नरहेको बताए । द्धन्दसँग सम्बन्ध नभएको एसएलसी दिएर बसेको किशोर कृष्णप्रसाद अधिकारीको हत्या आपराधिक घटना नै भएकोले राज्य यस विषयमा गंभिर बन्नु पर्ने भन्दै राज्य किन अल्मलिएको छ, कसले अनुसन्धान रोकिरहेको छ भनि प्रश्न समेत गरे ।
पत्रकार सम्मेलनमा अनसनमा बसेका अधिकारी दम्पत्तिका छोरा नुरप्रसाद अधिकारीले आफ्नो हत्याको जिम्मेवारी लिने पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र प्रचण्डलाई कारवाही गर्न माग गरे ।
उनले द्धन्दबाट विस्थापित भएर विभिन्न मुलुकमा र स्थानमा बसेकाहरुलाई आ आफू बसेको ठाँउमै न्यायको अभियान सुरु गर्न समेत आब्हान गरे ।

एनसीसी बैंक राष्ट्र बैंकको नियन्त्रणमा

माघ २१ काठमाडौ। पटक–पटक सुधारको मौका दिदा समेत वास्ता नगरेको भन्दै नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको ब्यवस्थापन राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिएको छ । आज बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले सो बैंकको सञ्चालक समिति निलम्बन गर्दै ब्यवस्थापन नियन्त्रणमा लिएको हो
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लक्ष्मी निरौलाको संयोजकत्वमा सोही विभागका उप–निर्देशक रमेश आचार्य र कानून विभागका सहायक निर्देशक रेशम रेग्मीलाई बैंक सुधार गर्न पठाएको छ ।

एमाले संसदीय दलको नेता छान्न ४ बजे मतदान,नेताहरुबीच कुरा मिलेन


माघ २१ काठमाण्डौ ।नेकपा एमाले संसदीय दलको नेता चयनका लागि मंगलबार अपरान्ह ४ बजे मतदान हुने भएको छ ।
 
सहमतिको प्रयास सफल नहुने देखेपछि निर्वाचन समितिले चुनावी कार्यक्रम सार्वजजिक गरेको हो । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन समितिको कार्यालय स्थापना गरिएको छ ।
 
निर्वाचन समितिले उम्मेदवारहरुको सूची प्रकाशित गरिएको गर्दै दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । 
 
अपरान्ह ४ बजेबाट साढे ६ बजेसम्म मतदानको समय तोकिएको छ । एमाले संसदीय दलमा १ सय ७३ मतदाता छन् । दलको नेता बन्न कम्तिमा ८७ मत चाहिन्छ ।
 
एमाले संसदीय दलको नेतामा अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीको दावी छ ।

एमालेमा अध्यक्ष खनाल संसदियदलको नेता हुने संकेत

माघ २१ काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ । बैठकमा  खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरहरुको बहुमत बढेपछि अध्यक्ष झलनाथ खनाललाई नै संसदीय दलको नेता तय गर्ने भएको छ । आजको बैठकमा खनाल र अर्का नेता केपी शर्मा ओलीको नाम संसदीय दलको नेताको रुपमा प्रस्तुत भए पनि बैठकले बहुमतले अध्यक्ष खनाललाई नै नेता तय गर्ने तयारी गरेको हो ।

बैठकले खनाललाई नेताको रुपमा तय गरे पनि ओलीले भने संसदीय दलको नेताको रुपमा फेरि उम्मेदवारी दिने तयारी गरेका छन । उनले केन्द्रीय समितिको निर्णयलाई चुनौति दिदै संसदीय दलको नेताको लागि उम्मेदवारी कायम राखे संसदीय दलको निर्वाचन हुने छ ।एमालेमा २०५१ सालमा पनि तत्कालिन अध्यक्ष मनमोहन अधिकारीलाई केन्द्रीय समितिले संसदीय दलको नेता बनाउन सिफारिस गरे पनि जितविर लामाले उम्मेदवारी दिए पछि चुनाव भएर अधिकारी नै नेता बनेका थिए । 

सहिद स्मारक ए—डिभिजनमा आजपनि २ खेल हुने

माघ २१ काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए—डिभिजन लिग फुटबल प्रतियोगिता अन्र्तगत आजपनि २ वटा खेलहुने भएका छन् ।दशरथ रंगशालामा दिउंसो १ बजेपछि हुने पहिलो खेलमा शीर्ष स्थानको मनाङ मस्र्याङदी र फ्रेन्डस क्लब भिड्ने छन् ।

२३ अंकसहित शीर्ष स्थानमा रहेको मनाङ आज अंक दूरी बढाउने तयारीमा हुने छ । १२ अंकसहित ११ औ स्थानमा रहेको फ्रेन्ड्स आजको खेल जित्दै सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्न चाहन्छ । आजै दिउंसो ३ बजेपछि हुने अर्को खेलमा दोस्रो स्थानको थ्रि स्टार र दशांै स्थानमा रहेको नेपाल आर्मी आमने सामने हुने छन् ।
थ्रि स्टार आजको खेल जित्दै अंक दूरी कम गर्न खोज्दा आर्मीपनि सुपरसिक्स प्रबेश गर्न जित्नैपर्ने दवावमा छन् । आजका दुवै खेल बराबरी भए सुपर सिक्स प्रबेशका लागि मच्छिन्द्र क्लबलाई अलि सहज हुनेछ । हिजोका खेलमा संकटा क्लब विजयी हुदाँ सरस्वती र सशस्त्र प्रहरीको एपिएफ बराबरीमा रोकिएका थिए ।

सोनाम लोछार’

तामाङ समुदायको नयाँ वर्ष २८५० औँ ‘सोनाम लोछार’ मनाइयो । 
 
‘लो’को अर्थ वर्ष तथा ‘छार’ को अर्थ नयाँ वर्ष हो । सो समुदायले सोही पर्वका अवसरमा एकापसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गर्ने प्रचलन छ ।
 
विशेष गरी सो समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन् ।

पेप्सिीकोलामा बेबारिसे शव फेला

कुमार लामिछाने माघ २१ काठमाण्डौ। काठमाण्डौको पेप्सिीकोलामा एक पुरुषको शब फेला परेको छ ।सागर ग्यास डिपो नजिकै करिब ३३ /३४ बर्षको देखिने एक पुरुषको शव फेला परेको हो । स्थानियले बेवारिसे अबस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा रहेका प्रहरी निरिक्षक बिष्णु बस्नेतका अनुसार शबको प्रकृती हेर्दा अत्याधिक मदिरा सेवनका कारण पानीमा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी अहिले घटनास्थलमा रहेको छ भने शवको पहिचान खुल्न सकेको छैन ।

बाघको आक्रमणमा एक जनाको मृत्यु

सुवास लामिछाने माघ २१ चितवन। बाघको आक्रमणबाट चितवनको गुञ्जानगरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुञ्जानगर गाउ विकास समिति वडा नम्मर ७ वस्ने ४३ वर्षीय एकबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हिजो दिउँसो नारायणी नदि किनारमा खर काट्न गएका तामाङलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । मृतक तामाङको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । केहि महिना पहिले चितवनकै गितानगर गाविसमा बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको थियो ।

दुवाचौर गाबिस फागुनभित्र खुल्ला दिशामुक्त हुँदै

माघ २१ दुवाचौर।सिन्धुपाल्चोकको दुवाचौर गाबिसलाई यहि फागुन १० गते भित्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने भएपछि शौचालयको अबस्थाबारे अनुगमन तिब्र पारिएको छ । अनुगमनका क्रममा केहिले अझै शौचालय निर्माण गर्न बाँकी रहेकाले यहि महिना भित्र शौचालय निर्माण गर्न अन्तिम अल्टिमेटम दिईएको छ ।गाउँस्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक गंगाराम तामाङ तथा गाउ सामुदायिक समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठको अगुवाईमा भएको अनुगमनका क्रममा अझै केहि ब्यक्तिले शौचालय बनाउन अटेर गरिरहेका छन ।१३८८ घरधुरी रहेको दुवाचौर गाबिसमा ११०० सौचालय निर्माण भैसकेको छ भने अरु निर्माण हुने क्रममा रहेका छन । दुवाचौरको वडा नम्बर ४ र ५ खुल्ला दिशामुक्त वडा घोषणा भैसकेका छन भने अन्य वडा खुल्ला दिसामुक्त घोषणा हुने क्रममा रहेका छन ।

सरकार गठनका विषयमा काङ्ग्रेस आन्तरिक छलफलमा

माघ २१ काठमाण्डौ। बहुमतीय सरकार गठनका लागि नेपाली काङ्ग्रेसले आज छलफल गर्दैछ । एमालेसँग शक्ति बाँडफाँडका लागि राख्ने प्रस्ताव र सरकार गठनका लागि अपनाइने रणनीतिको बारेमा विषयमा छलफल गर्न काङ्ग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बिहान ११ बजे पार्टी कार्यालय सानेपामा सुरु हुने बैठकमा सभापति सुशील कोइरालाले पेस गर्ने प्रस्तावका आधारमा केन्द्रीय समितिमा छलफल हुनेछ । काङ्ग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले आजको  बैठकमा बहुमतीय सरकार गठनका लागि मापदण्ड बनाउने जानकारी दिनुभयो । एमालेसँग हुने छलफल र पार्टी भित्रैबाट पनि सरकारको सहभागिता विषयमा मापदण्ड बनेपछि त्यस आधारमा वार्ता हुने बडुले जानकारी दिनुभयो । प्रधानमन्त्रीको दावेदारका रुपमा रहनु भएका सभापति कोइरालले पनि निकटस्थ नेताहरुसँग छुट्टै छलफल गरिरहनु भएको छ । 

बहुमतीय प्रधानमन्त्री छान्न प्रक्रिया सुरु हुँदै

माघ २१ काठमाण्डौ। सहमतिय सरकार गठन असम्भव भएपछि आजदेखि बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ । संसद सचिवालयले आजबाट प्रक्रिया सुरु गर्नेछ । आज दिउँसो बस्ने कार्यब्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री चयनको प्रक्रिया र मितिका विषयमा छलफल हुनेछ । आजको बैठकले समय तय गरे भोलि बस्ने संसदको बैठकमा सभामुखले घोषणा गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले दलहरुसँग आज हुने छलफलका आधारमा मिति निर्धारण गरिने बतानुभयो । राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिएको एक सातामा सहमति नजुटेपछि अन्तरिम संविधानको धारण ३८ (२) अनुसार राष्ट्रपति कार्यालयले बहुमतिय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न संसद सचिवालयलाई पत्र पठाइसकेको छ ।

दलको नेता बन्न खनाल ओलीबीच कडा प्रतिस्पर्धा

माघ २१ काठमाण्डौ। संसदीय दलको नेता चयनका विषयमा सहमति जुट्न नसके पछि एमालेमा मतदानबाटै टुङ्गो लाग्ने देखिएको छ । हिजो केन्द्रीय समितिले दिएको समय अनुसार रातभरीमा पनि नेताहरुले सहमति जुटाउन नसकेपछि मतदानको सम्भावना बढेको छ । केन्द्रीय समितिको बैठक बिहान ११ बजे फेरि बस्दैछ । बिहान बस्ने केन्द्रीय समिति बैठकमा दुइटै पक्षले आफ्ना कुरा राखेपछि थप छलफल हुनेछ । स्रोतका अनुसार केन्द्रीय समितिमा पनि दलको नेता छान्न मतदान हुने तयारी भएको छ । केन्द्रीय समितिको बहुमतका आधारमा निर्णय गर्ने वा दलमै चुनाव गर्ने भन्नेमा पनि छलफल चलिहेको छ । आजको केन्द्रीय समितिमा पनि सहमति नजुटे दिउँसो २ बजेपछि संसदीय दलमा मतदान हुने छ । संसदीय दलको नेता चयनसँगै महाधिवेशनका लागि एमालेमा नेता केपी ओली र वामदेव गौतम मिलेपछि एमालेमा नयाँ समिकरण बनेको छ । दलको नेतामा अध्यक्ष झलनाथ खनाल र नेता ओली प्रतिस्पर्धामा रहनु भएको छ । अध्यक्ष र बरिष्ठ नेता माधवकुमार नेपाल एक ठाउँमा उभिनु भएको छ । एमालेमा खनालपक्ष यसअघिको परम्परा अनुसार अध्यक्ष नै दलको नेता बनाउनुपर्ने अडानमा छ भने ओली पक्षले एक व्यक्ति एक पदको अबधारणा अनुसार चयन हुनुपर्ने बताइरहेको छ । 

आज श्रीपंचमी, सरस्वती पुजा गरिँदै

माघ २१ काठमाण्डौ ।आज माघ शुक्ल पंचमी अर्थात् श्रीपंचमी बिद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी मनाइदै छ ।
आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत आजको दिनलाई लिईने गरिन्छ । 
विशेषगरि विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ–अफ्ना कलासाधनाका उपादानहरु कापी–कलम, वाद्यययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन । 
देशभरका विभिन्न सरस्वती मन्दिरहरुमा बिद्यार्थीहरु देवी सरस्वतीको पूजा प्रर्थना गर्न बिहानै देखि भीड रहेको छ । 
तान्त्रिकहरु तन्त्रसिद्धीका लागि तारादेवीका रुपमा देवि सरस्वतीको आराधना गर्छन् । सूर्य उत्तर तिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजका दिनलाई वसन्त पंचमी पनि भन्ने गरिन्छ ।

आज बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक–कान छेड्ने गरिन्छ । काठमाडौं उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारा स्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न खासगरी छात्रछात्राको घुइँचो लागेको छ । 
यसैगरि आज काठमाडौको हनुमानढोका स्थित नासलचोकमा पुरोहित बाट बिधिपुर्वक कथा बाचन गरि वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । यसैबीच वसन्तपचमीकै अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादवले आज काठमाडौंको वसन्तपुरमा वसन्तश्रवण गर्नुहुनेछ ।

Feb 3, 2014

लागू औषध चरेश सहित पक्राउ

माघ २० काठमाडौँ    ईतिहाद एयरको उडानद्धारा आवुदावी हुदै पोल्याण्ड जान लागेका पोल्याण्ड नागरिक पासपोर्ट नम्वर ED ५५१३४३४ का ४० बर्षीय Artur Pawl Ropka  अवैध लागू औषध चरेश ८ किलो ४ सय ग्राम सहित पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय बिमानस्थलको होल व्यागेज चेकिङ एरियामा माघ १९ गते १९:५० बजे एक्सरे मेसिनमा निजको सुटकेस चेकजाँच गर्दा सुटकेसमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा उक्त चरेश बरामद भएको थियो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

नेपाल टेलिकमको मोबाइल महसुलमा आधा छुट

माघ २० काठमाण्डौ । आफनो १० औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले मोवाइल सेवामा ५० प्रतिशत छुट दिएको छ । कम्पनीको जीएमएस, सिडिएमए, पोस्टपेडरप्रिपेड सेवा मार्फत कम्पनीकै नेटवर्कभित्र हुने कलमा माघ २१ देखि २३ गते सम्म विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराइएको टेलिकम प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । टेलिकमले बिभिन्न बहानामा छुट दिएपनि उपधोत्ताले भने सेवामा गुणस्तर सुधार्न नसकेकोमा आलोचना गरिरहेका छन ।

‘रागिनी एमएमएस–२’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)



माघ २० काठमाडौं ।सन्नी लियोनको बहुचर्चित फिल्म ‘रागिनी एमएमएस–२’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मलाई २०१४ कै सबैभन्दा ‘हट’ हुने दाबी गरिएको छ । फिल्ममा सेक्सलाई जबरजस्त रुपमा उतारिएको फिल्म समिक्षकले अनुमान गरेका छन् । 
फिल्ममा सन्नी लियोन निकै बोल्ड रुपमा प्रस्तुत भएको प्रोड्युसर एकता कपूरले बताएका छन् । उनले ‘रागिनी एमएमएस’ भन्दा फिल्म राम्रो हुने दाबी गरे ।
फिल्म ‘रागिनी एमएमएस–२’ मार्च २१ म रिलिज हुनेछ । एजेन्सी

जिविसले पाश्र्वचित्र प्रकाशन गर्ने

रुपक पुरी माघ २० चौतारा ।जिल्ला विकास समितिले यो वर्ष  जिल्ला पाश्र्वचित्रको प्रकाशन गर्ने भएको छ ।
जिल्लाको समग्र विषयवस्तु समेटेर वर्षेनी प्रकाशित गर्नुपर्ने पाश्र्वचित्र केही वर्ष यता प्रकाशन गरिएको थिएन । यस अघि २०६७ रालमा जिल्ला पाश्र्वचित्र प्रकाशन भएको थियो ।
यो पटक हामीले पाश्र्वचित्र केही परिमार्जन गरेर प्रकाशन गर्ने योजना वनाएका छौ जिल्ला विकास समितिका योजना अधिकृत राजेन्द्र प्याकुरेलले भन्नुभयो । २०६८ को जनगणनाको विस्तृत विवरण आएपछी पाश्र्वचित्र प्रकाशन हुने प्याकुरेलले वताउनुभयो । यसअघि पाश्र्वचित्र प्रकाशन गर्दा सवै सरोकारवाला निकायलाई समेट्ने गरेको भएपनि यो पटक जिविसका कर्मचारीलाई मात्र खटाउने भएको  छ ।

वैशाख मसान्तभित्र जरसिंहपौवा–फट्केश्वर सडक निर्माण पूरा हुने

कूल तामाङ माघ २० काठमाण्डौ ।
बैशाख मसान्तभित्र काठमाण्डौबाट सिन्धुपाल्चोक सम्म जोडिएको  सबै भन्दा छोटो सडक मार्ग जहरसिंहपौवा–फट्केश्वर सडक खण्डको निर्माण कार्य पुरा हुने भएको छ । ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना परियोजना अन्तरगत आर्थिक वर्ष २०६७/६८ देखि निर्माण थालिएको सडक गत वर्ष नै सकिनु पर्ने भए पनि ठेकेदारको लापरवाहीका कारण काम पूरा हुन सकेको थिएन । राजधानीबाट सबैभन्दा छोटो दुरीमा सिन्धुपाल्चोक जोड्ने सडक खण्ड समयमै निर्माण सम्पन्न भएमा  सिन्धुपाल्चोकका लाखौ बासिन्दा लाभान्वित हुनेछन ।काठमाण्डौको जरसिंहपौवादेखि नाङ्लेभारेको पाङ्ग्रेवाससम्म चार किलोमिटर सडक निर्माणका लागि अमर कन्स्ट्रक्सन, पाङरेबासदेखि सिन्धुपाल्चोकको सीमा फटकशिला छापभञ्ज्याङसम्म पााच किमी लोहनी एन्ड ब्रदर्श र छापभञ्ज्याङदेखि फट्केश्वरसम्म चार किमी महालक्ष्मी वरदेवीले ठेक्का पाएको थियो । साढे १३ किलोमिटर सडक निर्माण गर्नुपर्ने भए पनि गत आर्थिक वर्षमा आठ किलोमिटर मात्र पिच गरिएको थियो । सडक निर्माणका लागि यस आर्थिक वर्षमा एक करोड २५ लाख बजेट विनियोजन गरिएको छ । समयमै काम नसकिएकाले गत वर्ष करिब ८३ करोड रकम फ्रिज भएको थियो । आधीबाटोमात्रै कालो पत्रे गरेर छोडिएकाले कतिपय ठाउँमा कालो पत्रे उक्किएको छ भने कति ठाउँमा भत्किएका छन । यसले गर्दा नियमित चल्ने सवारी साधन आवत जावतमा समस्या परेको छ भने । धुलो धुँवाको कारण स्थानिय हैरानी भएका छन भने बिग्रिएको ठाउँ पनि समयमै मर्मत नगरेको स्थानियको आरोप छ ।

संकटाद्धारा हिमालयन शेर्पा २–१ ले पराजित

माघ २० काठमाण्डौ ।संकटा क्लबले  राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अनतर्गत नेपाल पुलिससंग अंक बराबरी गरेको छ । आज भएको पहिलो खेलमा हिमालयन शेर्पालाई २–१ ले पराजित गर्दै अंक बराबरी गरेको छ । संकटाका लागि खेलको ६५ औँ मिनेटमा राजिब गुरुङ र ६८ औँ मिनेटमा कालु थापाले गोल गर्दे जित सुनिश्चित गरेका गरेका हुन । शेर्पाका लागि खेलको ८९ औँ मिनेटमा पासाँङ लामाले सान्त्वना गोल गरे ।
जितसंगै संकटा लिगको चौथो स्थानमा उक्लिएको छ । यसैबिच दोस्रो खेलमा अहिले शसस्त्र प्रहरीको एपीएफ र सरस्वती क्लबबीच प्रतिस्पर्धा भैरहेको छ ।

तालिबानीसंग वार्ता गर्न बार्ता टोली गठन


taliban-fighters
माघ २० काठमाडौ । पाकिस्तानमा संघर्ष गरिरहेको तालिबान बिद्रोहीसंग बार्ता गर्न पाकिस्तान सरकारले एक बार्ता टोली गठन गरि नाम सार्वजनिक गरेको छ । सरकारले पूर्व क्रिकेटर तथा तहरिके इन्साफका प्रमुख इमरान खानसहित पाँच जनाको नाम सार्वजनिक गरेको हो ।
सरकारले घोषणा गरेको वार्ता टोलीमा इस्लामाबाद लाल मस्जिदका इमाम मौलाना अब्दुल अजीज, धार्मिक नेता मौलाना समीयुल हक, मुफ्ती किफायतुल्लाह र प्रोफेसर इब्राहिम खान रहेका छन् ।
सात महिना पहिले सत्तामा पुगेको नवाज शरिफ नेतृत्वको सरकारले केहि दिन पहिले पनि तालिवानसंगको शान्ति वार्ताका लागि एक टोलीको घोषणा गरेको थियो । तर बार्ता हुन सकेको थिएन ।
यस बिचमा तालिबानी बिद्रोहीले सरकारी सुरक्षा फौज केन्द्रीत आक्रमणलाई तिब्र पारेको थियो । माघ महिनामात्रै तालिबानी हमलामा पाकिस्तानमा एक सय भन्दा बढीको मृत्यु भैसकेको छ ।

बहुमतिय सरकार गठन गर्न राष्ट्रपतिको आह्वान (विज्ञप्तीसहित)

माघ २० काठमाडौंराष्ट्रपति रामवरण यादवले बहुमतीय सरकार गठनको लागि सोमबार आहृवान गरेका छन् । सहमतिय सरकार गठनका लागि दिइएको समयसीमा आइतबार सकिएपछि राष्ट्रपतिले बहुमतिय आधारमा सरकार गठन गर्न आहृवान गरेका  हुन् ।

Rambaran_Yadav_20120708082034अन्तरिम संविधानको धारा ३८ को उपधारा २ अनुसार बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न आहृवान गरेको राष्टपति कार्यालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । यसअघि राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ १ बमोजिम सहमतिको सरकार गठन गर्न आग्रह गरेका थिए ।
आइतबार सहमतिय सरकारको गठनका लागि भएको अन्तिम प्रयासमा पनि सहमति हुन नसकेपछि दलहरु बहुमतिय प्रक्रियामा जाने निश्कर्षसहित राष्ट्रपतिलाई जानकारी गराइएको थियो ।
सर्वदलीय बैठकमा एमाओवादी र राप्रपा नेपालले विपक्षमा बस्ने लिखित जानकारी दिएपछि सहमतिय सरकार गठनको प्रयास असफल भएको थियो ।
विज्ञप्ती
bigyapti prz


उपसचिवले गरे खिलराजको गाडीमा ठोक्किएर आत्महत्या प्रयास

माघ २० काठमाडौं। शिक्षा मन्त्रालयका एक उपसचिवले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको गुडिरहेको गाडीमा हामफालेर आत्महत्या प्रयास गरेका छन्। मन्त्रालयका उपसचिव दानीकान्त झाले आइतबार यस्तो प्रयास गरेका हुन्।
 
केही महिनाअघि निजामती सेवा ऐनअनुसार आन्तरिक बढुवा प्रक्रियामार्फत उपसचिव भएका झाले सात महिनादेखिको तलब र अन्य सेवासुविधा पाएका थिएनन्। उनले पदको जिम्मेवारीअनुसार काम गर्ने स्थानसमेत पाएका थिएनन्। यिनै कारणले विरक्त भएर आत्महत्या गर्ने प्रयास गरेको बयान झाले प्रहरीलाई दिएका अन्नपूर्ण पोस्टले जनाएको छ ।
बिहान ११ बजे सिंहदरबारमा तय गरिएको बैठकमा सहभागी हुन अध्यक्ष रेग्मी बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट बाहिरिँदै गर्दा उनको गाडीअगाडि हामफालेर झाले आत्महत्या प्रयास गरेका थिए। प्रहरीका अनुसार रेग्मी चढेको गाडी निवासको गेटबाट बाहिर निस्कनेबित्तिकै झा त्यसको अगाडि हामफालेका थिए।
रेग्मीको स्कर्टिङमा खटिएका सुरक्षाकर्मी तत्कालै झालाई उद्धार गर्न सफल भएका थिए। प्रहरीले बुझ्दै जाँदा महोत्तरी सहोरवा घर भएका झा सानोठिमीस्थित शैक्षिक जनशक्ति केन्द्रमा काजमा कार्यरत छन्। महानगरीय प्रहरी वृत्त कमलपोखरीले झाको समस्या सुनेर सिंहदबारमा रिपोर्ट गरेको थियो।
अध्यक्ष रेग्मीले गाडीमा ठोक्किन आउनुको कारणबारे चासो राखेपछि प्रहरीले झाका समस्या बुझेर रिपोर्ट गरेको थियो। झाले प्रहरीलाई दिएको बयानको विस्तृत रेग्मीलाई उपलब्ध गराइएको थियो। त्यसलगत्तै रेग्मीले शिक्षा मन्त्रालयका सचिव नारायण मलेगोलाई झाको समस्या तत्काल समाधान गरिदिन निर्देशन दिएका थिए।
स्रोतका अनुसार सचिव मलेगोले झालाई पुरानै दरबन्दी जिल्ला शिक्षा कार्यालय जनकपुरमा पठाउने गरी उनले पाउने सबै सेवासुविधा तथा तलब तत्कालै उपलब्ध गराउन मन्त्रालय मातहतका अधिकारीलाई निर्देशन दिएका थिए।
निर्देशनबारे जानकारी पाएपछि झाले खुसी हुँदै भनेका थिए, 'उपसचिव भएर पनि तलबसुविधासँगै पदअनुसारको जिम्मेवारी पनि नपाएकाले आत्महत्या गर्न लागेको थिएँ। अब यस्तो गर्दिनँ।' प्रहरी प्रधान कार्यालयका अनुसार झाको स्वास्थ्य अवस्था सामान्य छ।

आजदेखि बहुमतीय सरकार गठनको कसरत सुरु

माघ २० काठमाडौं।  संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलले अब बहुमतीय आधारमा सरकार गठनका लागि प्रक्रिया सुरुगर्ने भएका छन् । ।
 
समयसीमाभित्र सहमतीय सरकार बन्न नसकेपछि बहुमतीय प्रकृयाबाटै प्रधानमन्त्री चयन हुने भएको छ । आजैबाट बहुमतीय प्रक्रिया सुरु हुने भएको छ ।
 
बहुमतीय प्रकृयामा ठूलो दल कांग्रेसले एमालेसंगको गठबन्धनमा सयुक्त सरकार निर्माणको प्रयास थाल्ने जनाएको छ । राष्ट्रपति डा रामबरण यादवले अन्तरिक संविधानको धारा ३८ २ अनुसार आज बहुमतीय सरकार गठनका लागि आह्वान गर्ने भएका छन् । 
 
आइतबार संविधानसभा भवन नयाँबानेश्वरमा बसेको बैठकले सहमतीका लागि समय नथप्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले जानकारी दिए ।
 
उनका अनुसार बैठकमा सहभागी एमाओवादी र राप्रपा नेपालले आफूहरु सरकारमा नजाने भन्दै बहुमतीय आधारमा सरकार गठन गर्न प्रस्ताव गरेका थिए । ‘सबै दलले कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने कुरा राख्नुभयो’ नेता रिजालले भने, ‘तर पूर्ण सहमतिको सरकार बन्ने सम्भावना नरहेकोले बहुमतीय प्रक्रियामा सरकार गठन गर्ने निर्णय भयो ।’
 
यसैबीच सरकारमा भागबण्डा लगायतका विषयमा छलफल गर्न अहिले कांग्रेस र एमालेका नेताहरुको बैठक नयाँबानेश्वरमा बसिरहेको छ । कांग्रेस नेता रिजालले बैठकमा शक्ति बाँडफाँड बारे छलफल भैरहेको बताए ।

नयाँ समिकरणसँगै एमालेमा गुटगत छलफल बाक्लिए, आज केन्द्रीय कमिटी बस्दै

तटस्थ मानिएका सभासद तान्न हानथाप

 माघ २० काठमाडौं नेकपा एमालेमा महाधिवेसन र संसदीय दलको नेता चयनसँगै देखिएको नयाँ समिकरणपछि गुटगत छलफल बाक्लिएका छन् । आज बोलाइएको केन्द्रीय समितिको बैठकअघि बिहानै अध्यक्ष झलनाथ खनाल र नेता केपी शर्मा ओलीगुटका बैठक सुरु भएका छन् ।
 
अध्यक्ष खनाल निवास डल्लुमा बिहानै पुगेका केही नेताहरुको छलफलले केन्द्रीय समिति बैठक बस्नुअघि बरिष्ठ नेता माधवकुमार नेपाल सहितको छलफल गर्ने तयारी गरेको छ । नेता ओली र उपाध्यक्ष वामदेव गौतमबीच पनि छुट्टै छलफल हुँदैछ । संसदीय दलको नेता चयनमा अन्तिम सहमति खोज्न आज केन्द्रीय समिति बैठक बोलाइएको छ ।
 
बिहान ११ बजेपछि बस्ने बैठकमा दुइटै समुहबाट दावी पेस भएपछि छलफल हुने नेताहरुले बताएका छन् । एमाले सचिव युवराज ज्ञवालीले आजको छलफलबाट सहमति नभए भोलि चुनाव हुने बताए ।
 
उनले दुईजनाले दावी पेस गरिसकेपछि छुट्टा छुट्टै छलफल हुनु सामान्य भएको बताए । बिहानैबाट छलफल भएका छन् भन्ने साँचो हो उनले भने तर आफु बलियो बन्न हरेकले प्रयास गर्नछन् त्यो स्वभाविक हो । 
 
तटस्थलाई तान्न हानथाप
 
नयाँ समीकरणलगत्तै दुवै पक्षले संसदीय दलको नेतामा निर्वाचन भए आ–आफ्नो पक्षमा बहुमत पुग्ने दाबी गरेका छन् । खनाल–नेपाल पक्षले गौतमले ओलीलाई साथ दिए पनि खनाल कम्तीमा १ सय १० मतका साथ अघि रहेको दाबी गरेको छ भने ओली–गौतम पक्षले गौतमले साथ नदिँदाकै अवस्थामा आफ्नो पक्षमा १ सय ५ जना सभासद्को साथ रहेकाले थपिएर १ सय २० पुग्ने दाबी गरेको छ । दुइटैले १० देखि १५ मतको अन्तरले जित्ने दावी गरेका छन् । 
 
एमालेमा नयाँ समीकरणसँगै दलमा कडा प्रतिस्पर्धा हुने देखिएकाले प्रत्यक्षतर्फभन्दा समानुपातिकतर्फबाट चयन भएका सभासद् केही तटस्थ देखिएकाले ती मत निर्णायक हुने मानिन्छ । दुवैतर्फ गरेर करिव दुई दर्जनभन्दा सभासद् कतै नखुलेका ‘न्युट्रल’ मानिन्छन् । दुवै पक्षले न्युट्रल सभासद्लाई आपूmतिर तान्ने प्रयास थालेका छन् । 

Feb 2, 2014

काभ्रेमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गयो ।

माघ १९ काभ्रे ।काभ्रेमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाईते भएका छन । बिपी राजर्मा स्थित पर्खाल बनाउने क्रममा ढिस्को झरेपछि उदयपुर कटारी ६ का १६ बर्षिय किशाोर रबिन भुजेलको ज्यन गएको छ । ढिस्कोले पुरिएर सिन्धुली लाधाभिर ४ का २० बर्षिय शिव मगर घाईते भएका छन । घाईते मगरको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

एमालेलाई सरकारमा लाने या नलाने हात कांग्रेसको

माघ १९ काठमाडौं । एमाले अध्यक्ष झलनाथ खनालले एमालेलाई सरकार सहभागी गराउने या नगराउने भन्ने हात कांग्रेससँग रहेको बताएका छन् ।  कांग्रेसले ल्याउने सरकार गठनको प्रस्तावको पर्खाइमा रहेको उनको भनाइ छ ।संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सम्मानजनक अवस्थामा मात्रै एमाले सरकारमा जाने बताए । एमाले राष्ट्रपति र उपराष्टपतिको निर्वाचन हुनु पर्नेमा अडिक रहेको भन्दै अध्यक्ष खनालले त्यो भन्दा तल झरेर सहमति नगरिने बताए ।
सहमतीय सरकार गठन गर्ने सम्भावना सकिएको उनको भनाइ छ । ‘अब बहुमतीय सरकार बन्छ, त्यसकै तयारीमा नेताहरु लाग्नु पर्ने छ ।’ एक प्रसंगमा अध्यक्षले केपी ओली र बामदेव गौतमको  गठबन्धनले आफूलाई केही फरक नपार्ने बताए ।

लोकतन्त्र थप बलियो हुन्छ : डा.राष्ट्रपति

माघ १९ काठमाडौंराष्ट्रपति डा. रामवरण यादवले संविधानसभाले लोकतन्त्रलाई संस्थागत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।शीतलनिवासमा गणेशमान सिंहको संकलित आन्तरवार्ता सार्वजनिक गर्दै यादवले संविधानसभाले संविधान जारी गर्दै लोकतन्त्रलाई थप संस्थागत र बलियो बनाउने विश्वास व्यक्त गनुभएको हो ।
गणेशमान सिंह लोकतन्त्रीक आन्दोलनका त्याग र समर्पणका प्रतिमूर्ति भएकाले उहांबाट सिक्दै राजनीतिक नेतृत्वले अगाडि बढ्नु यादवको भनाई छ । अहिले नेताहरुले सिंहले देखाएको बाटो हिड्नु अपरिहार्य भएको यादवले औंल्याउनुभयो ।
प्राध्यापक डा. राजेश गौतमले विभिन्न समयमा सिंगसंग लिएको अन्तरवार्ता सिडीमा समावेश गरिएको छ । आफूले लिएको अन्तरवार्तामाथि टिप्पणी गर्दै गौतमले नेपालको लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंहको योग्दानको उच्च रहेको बताउनुभयो । गणेशमान सिंह केन्द्रले उहां दुर्लभ भनाई, अन्तरवार्तालाई संरक्षण र सार्वजनिक गर्दै आएको छ ।
 

सहमतीय सरकार गठनको सम्भावना समाप्त

अब बहुमतीय कसरत

माघ १९ काठमाण्डौ संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलले अब बहुमतीय आधारमा सरकार गठनका लागि प्रक्रिया सुरु गर्ने सहमति गरेका छन् । आइतबार संविधानसभा भवन नयाँबानेश्वरमा बसेको बैठकले सहमतीका लागि समय नथप्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले जानकारी दिए ।
उनका अनुसार बैठकमा सहभागी एमाओवादी र राप्रपा नेपालले आफूहरु सरकारमा नजाने भन्दै बहुमतीय आधारमा सरकार गठन गर्न प्रस्ताव गरेका थिए । ‘सबै दलले कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने कुरा राख्नुभयो’ नेता रिजालले भने, ‘तर पूर्ण सहमतिको सरकार बन्ने सम्भावना नरहेकोले बहुमतीय प्रक्रियामा सरकार गठन गर्ने निर्णय भयो ।’
यसैबीच सरकारमा भागबण्डा लगायतका विषयमा छलफल गर्न अहिले कांग्रेस र एमालेका नेताहरुको बैठक नयाँबानेश्वरमा बसिरहेको छ । कांग्रेस नेता रिजालले बैठकमा शक्ति बाँडफाँड बारे छलफल भैरहेको बताए ।

बाधा अड्काउ फुकाउ आदेश पारित



माघ १९ काठमाण्डौ ।अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम राष्ट्रपतिले विभिन्न मितिमा जारी गरेका बाधा अड्काउ फुकाउ आदेश दुई तिहाइ मतले पारित भएको छ । आज बसेको व्यवस्थापिका–संसद्को बैठकले उक्त आदेश पारित गरेको हो ।

सभासद्हरूले विशिष्ट स्थितिमा ती आदेश जारी हुनु शक्ति पृथकीकरणको सिद्धान्तअनुकूल नभए पनि आवश्यकताको सिद्धान्तका आधारमा उचित भएको धारणा राखेका थिए ।

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र एमाओवादीका सभासद्हरूले २५ बुंदे बाधा अड्काउ फुकाउको आदेश राजनीतिक अन्योल र संवैधानिक सङ्कटलाई हल गर्न राम्रो मनसायका साथ जारी भएको तर्क गरेका थिए । केही साना दलका सभासद्हरूले ठूला दलको असक्षमताका कारण पहिलो संविधानसभाबाट संविधान निर्माण हुन नसकेको भन्दै लोकतान्त्रिक प्रणालीमा बाधा अड्काउ फुकाउको आदेश जारी गराउनु गलत परम्परा भएको भन्दै विवाद गरेपछि केहि बेर चर्का चर्कि भएको थियो ।


राष्ट्रपतिले तत्कालीन सरकारको सिफारिसमा गत २०६९ चैत १, २०७० असोज १ र २०७० असोज ८ गते संविधानका विभिन्न धारा संशोधनका लागि बाधा अड्काउ फुकाउने आदेश जारी गर्नुभएको थियो । ती आदेशलाई छलफल र अनुमोदन गरियोस् भनी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

छलफलमा भाग लिदै नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजालले व्यवस्थापिका–संसद्को अनुपस्थितिमा सङ्क्रमणकाललाई व्यवस्थापन गर्न नयां संविधान बनाउने बाटोमा राजनीतिक दलको सहमतिमा बाधा अड्काउ फुकाउने आदेश जारी भएको र निर्वाचनबाट त्यस्तो आदेश अनुमोदित पनि भइसकेको बताउनुभयो ।

उहांले बाधा अड्काउ फुकाउने आदेशको २५ औं बुंदामा घोषित कार्य सम्पन्न भइसकेपछि अन्य धाराहरू स्वत: निष्क्रिय हुन्छन् भन्ने व्यवस्था रहेकाले पनि यसपछिका लागि आदेश नजिर नबन्ने धारणा राख्नुभयो । रमेश लेखक, महेश आचार्य, सुरेन्द्र चौधरीले आदेशलाई अनुमोदन गर्न आग्रह गर्नुभयो ।

नेकपा (एमाले) का रवीन्द्र अधिकारीले प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएर गलत प्रक्रिया र बाटोबाट भए पनि निर्वाचन सम्पन्न गराउने राम्रो परिणाम निकालेको बताउंदै भविष्यमा यस्तो नजिर नदोर्‍याउने प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिनुभयो । राजेन्द्र पाण्डे, अमरबहादुर थापा, कर्ण थापाले पनि आदेशलाई अनुमोदन गर्न आग्रह गर्नुभयो ।

एकिकृत नेकपा माओवादीका जनार्दन शर्माले देशलाई राजनीतिक सहमतिको आधारमा निकास दिन नै बाध्यतावस सो आदेश जारी गरिएको भन्दै यसलाई अनुमोदन गरी निर्वाचनमा जनतासंग गरिएका प्रतिबद्धतालाई अब संविधानसभाले पूरा गर्नुपर्ने बताउनुभयो । राम (सुरेन्द्रकुमार) कार्कीले बाधा अड्काउ फुकाउलाई नजिर नबनाइकन अनुमोदन गरी अब संविधानसभाले दलित, जनजाति, मधेसी र महिलाको पहिचानसहितको नयां संविधान निर्माणका लागि क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माले) का सिपी मैनालीले ठूला दलको असक्षमताका कारण पहिलो संविधानसभा विघटनको अवस्था आएको भन्दै बाधा अड्काउ फुकाउ आदेश अलोकतान्त्रिक प्रक्रिया भए पनि बाध्यतावस आएकाले आफ्नो पार्टीले यसको अनुमोदन गर्ने बताउनुभयो ।

मधेसी जनाधिकार फोरम नेपालका लालबाबु राउतले लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध सो आदेश जारी भएपनि विशेष परिस्थितिका कारण आएको हुंदा यसलाई अनुमोदन गर्नुपर्ने बताउनुभयो ।

यसैविच —राष्ट्रिय जनमोर्चाका मीना पुनले बाधा अड्काउ फुकाउका नाममा देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पारिएको भन्दै आवश्यकताको सिद्धान्तका आधारमा प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउनु परेपनि उहांलाई प्रधानन्यायाधीशमा कायमै राख्दा शक्ति पृथकीकरणको सिद्धान्तमा खलल् पुगेको दावी गर्नुभयो ।

समाजवादी लोकतान्त्रिक दलका प्रेमबहादुर सिंहले बाधा अड्काउ फुकाउका नाममा संविधानका कयौं प्रावधानलाई मिच्ने काम भएको बताउनुभयो ।

सभासद् शिवलाल थापाले जारी भएका आदेशमाथि विरोध नभए पनि कर्मचारीलाई सरकारमा लाने प्रक्रिया गलत भएको र नागरिकतासम्बन्धी प्रावधान खुकुलो बनाइएको भनी आलोचना गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले आदेशमा ‘प्रमुख राजनीतिक दल’ भन्ने शब्दावली उल्लेख हुनु र नागरिताको प्रावधान खुकुलो बनाउनु नेपाल र नेपाली जनताको हित विपरीत भएकाले आदेशलाई संशोधन गरेर स्वीकार गर्न आग्रह गर्नुभयो ।

सभासद् रेवतीरमण भण्डारीले आदेशलाई अनुमोदन नगरे संविधानसभाकै औचित्यमाथि नै प्रश्न उठ्ने भएकाले सर्वसम्मतिबाट अनुमोदन हुनुपर्ने धारणा राख्नुभयो ।

थरुहट तराई पार्टी नेपालका गोपाल दहितले विश्वमा कहिले पनि दोस्रोपटक संविधानसभाको निर्वाचन नभएको सन्दर्भ उल्लेख गर्दै बाधा अड्काउ फुकाउको आदेश जारी गरेर गलत परम्पराको थालनी गरिएको जनाउनुभयो ।

सङ्घीय समाजवादी नेपाल डीलबहादुर नेपालीले मुलुक जनप्रतिनिधिविहीन भएको अवस्थामा लोकतन्त्रका बचेखुचेका अवशेषलाई मेटाउने गरी भएको २५ बुंदे संविधान संशोधन असंवैधानिक रहेको उल्लेख गर्नुभयो ।

प्रजातन्त्र पार्टी नेपालका दिलनाथ गिरीले संविधानसभाको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा विशिष्ट स्थितिमा जारी भएका आदेशहरूको समर्थन गर्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का रुक्मिणी चौधरी थारूले ती आदेश अनुमोदन भएमा देशमा सरकारविहीनताको अवस्था रहने भएकाले यसलाई अनुमोदन गर्न नहुने मत राख्नुभयो ।

सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण, नेपा: राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशी, नेपाली जनता दलका हरिचरण शाह, सङ्घीय सद्भावना पर्टीका डिम्पलकुमारी झा, सङ्घीय दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान, स्वतन्त्र सभासद् अख्तर कमाल मुसलमानलगायतले आदेशलाई अनुमोदन गराउने प्रस्तावमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

आरसिटी र ब्यईज युनियन बि डिभिजनमा घटुवा

कूल तामाङ माघ १९ काठमाण्डौ । रानीपोखरी कर्नर टिम आरसिटी  र ब्यईज युनियन बि डिभिजनमा घटुवा भएका छन । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज भएका खेलमा हार ब्यहोर्दै दुबै टोली  बि डिभिजनमा घटुवा भएका हुन । जावलाखेल भने रेलिगेशनबाट बच्न सफल भएको छ ।आज भएको पहिलो खेलमा आरसिटी जावालाखेलसंग १–० ले पराजित भएको हो । जा
वालाखेलका लागी खेलको ८५ औँ मिनेटमा राम थापाले गोल गर्दै जित सुनिश्चित गरेका हुन । यसैबिच आजै भएको दास्रो खेलमा ब्यईज युनियनलाई ९–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस बिजयी भएको छ । पुलिसका लागी भोला सिलवालले ह्याट्रिक पुरा गर्दा भरत शाह २ दिपेन्द्र श्रेष्ठ २ अजित भण्डारी र गणेश खड्काले एक एक गोल गरे । जितसंगै १९ अंकका साथ पुलिस लिगको तेस्रो स्थानमा उक्लिएको छ । मनाङ मस्र्याङदी २३ अंकका साथ लिगको पहिलो स्थानमा छ भने २० अंकका साथ थ्रीस्टार दोस्रो स्थानमा छ । प्रतियोगिता अन्तर्गत भोली हुने पहिलो खेलमा हिमालयन शेर्पा र संकटा तथा दोस्रो खेलमा सरस्वती र सशस्त्र प्रहरीको एपिएफ भिड्ने छन ।

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?