कूल तामाङ माघ २० काठमाण्डौ ।
बैशाख मसान्तभित्र काठमाण्डौबाट सिन्धुपाल्चोक सम्म जोडिएको सबै भन्दा छोटो सडक मार्ग जहरसिंहपौवा–फट्केश्वर सडक खण्डको निर्माण कार्य पुरा हुने भएको छ । ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना परियोजना अन्तरगत आर्थिक वर्ष २०६७/६८ देखि निर्माण थालिएको सडक गत वर्ष नै सकिनु पर्ने भए पनि ठेकेदारको लापरवाहीका कारण काम पूरा हुन सकेको थिएन । राजधानीबाट सबैभन्दा छोटो दुरीमा सिन्धुपाल्चोक जोड्ने सडक खण्ड समयमै निर्माण सम्पन्न भएमा सिन्धुपाल्चोकका लाखौ बासिन्दा लाभान्वित हुनेछन ।काठमाण्डौको जरसिंहपौवादेखि नाङ्लेभारेको पाङ्ग्रेवाससम्म चार किलोमिटर सडक निर्माणका लागि अमर कन्स्ट्रक्सन, पाङरेबासदेखि सिन्धुपाल्चोकको सीमा फटकशिला छापभञ्ज्याङसम्म पााच किमी लोहनी एन्ड ब्रदर्श र छापभञ्ज्याङदेखि फट्केश्वरसम्म चार किमी महालक्ष्मी वरदेवीले ठेक्का पाएको थियो । साढे १३ किलोमिटर सडक निर्माण गर्नुपर्ने भए पनि गत आर्थिक वर्षमा आठ किलोमिटर मात्र पिच गरिएको थियो । सडक निर्माणका लागि यस आर्थिक वर्षमा एक करोड २५ लाख बजेट विनियोजन गरिएको छ । समयमै काम नसकिएकाले गत वर्ष करिब ८३ करोड रकम फ्रिज भएको थियो । आधीबाटोमात्रै कालो पत्रे गरेर छोडिएकाले कतिपय ठाउँमा कालो पत्रे उक्किएको छ भने कति ठाउँमा भत्किएका छन । यसले गर्दा नियमित चल्ने सवारी साधन आवत जावतमा समस्या परेको छ भने । धुलो धुँवाको कारण स्थानिय हैरानी भएका छन भने बिग्रिएको ठाउँ पनि समयमै मर्मत नगरेको स्थानियको आरोप छ ।







0 comments:
Post a Comment