आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Jan 31, 2014

के हो ल्होछार

१. पृष्ठभूमि 

संसारमा मानव सभ्यताको विकासको क्रममा विभिन्न प्रकारका भाषा, संस्कृति र धर्मको विकास भएको तथ्यलाई स्वीकार्नुपर्छ । त्यसैअनुसार विभिन्न प्रकारका भौगोलिक अवस्थाले गर्दा मानव समुदायको रहनसहनका साथै खानपानमा पनि विविधता पाइएको छ । यिनै विविधताका कारण यो संस्ाार सुन्दर मानव एवम् प्राणीहरूको बसोबासको पुण्य भूमि बनेको छ । संसारका सबै प्राणीको समूहमा सर्वश्रेष्ठ एवम् चेतनशील उच्चकोटिमा मानव समुदाय नै रहेको छ र यसै समुदायमा विभिन्न समस्या खडा भइरहन्छन् । देश, काल र परिस्थितिअनुरूप दुःखबाट मुक्त गराउने उद्देश्यले धेरै प्रकारका धार्मिक सिद्धान्तको जन्म भएको पाइन्छ । हिन्दू, बौद्ध, इस्लाम, इसाईजस्ता विश्वमा प्रचलित धर्महरूको प्रभाव मानव समुदायमा परेको पाइन्छ । यिनै धर्मप्रतिको विश्वास राख्ने मानवले आफूलाई पीडा पर्दा राहत पाएको महसुस पनि गर्दै आएको कुरालाई मानव सभ्यताकै विकासक्रमले मान्यता प्राप्त गरेको छ । यसको अलावा विज्ञान र राजनीतिक विकासले पनि केही सहयोग पुर्‍याएको भन्ने विश्वास गरिएको छ । 
मानव समुदायले विभिन्न चाडपर्वहरू मनाउने क्रममा केहीलाई राजकीय चाड -पर्व) को रूपमा घोषणा गरी सम्बन्धित देशमा उक्त दिन बिदा दिने व्यवस्था गर्नुका साथै देशबासीका नाममा शुभकामना दिने र एक-आपसमा आदान-प्रदान गर्ने परम्पराको विकास हुँदै आएको छ । त्यस्ता चाडहरूमध्ये नयाँ वर्ष पनि पर्दछ । नयाँ वर्षको तिथि भन्ने विभिन्न देशमा वा ठाउँमा अनि मानव समुदायमा फरक-फरक छन् । इस्वी सम्वत्, विक्रम सम्वत्, नेवार सम्वत् आदि पर्दछन् । एउटै देशमै पनि विभिन्न मानव समुदायमा नयाँ वर्षको तिथि फरक हुन्छ । 
नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने महायानी बौद्ध अनुयायीहरूले मान्ने लोसारको आˆनो विशेषता रहेको पाइन्छ जसलाई नयाँ वर्षको रूपमा ती बौद्धमार्गीहरूले मान्दछन् । शेर्पा जातिका मानिसले प्रायजसो उत्तरी भेगमा बसोबास गर्ने अन्य मानिसले पनि आ-आˆनो समयानुकूल विभिन्न तिथिमा लोसार मनाउने गर्दछन् । उनीहरूले मान्ने महिना मङ्गोल महिना हो । यसलाई भोर महिना पनि भनिन्छ भने शेर्पाहरूले शरदा शेर्पाको -शेर्पा) को महिना भन्छन् । एक वर्षका बाह्र महिनामा कुन महिनालाई नयाँ वर्ष -लोसार) को रूपमा मान्ने हो भन्ने विषयमा सात प्रकारका मत देखापरेका छन् भन्ने आचार्य नुर्बु -२०६७ : ४-५) को भनाइ छ ।
१. मूलकाल चत्रतन्त्रको अनुशरण गर्ने, ज्योेतिष मतअनुसार तेस्रो मङ्गोल महिनाको शुक्लपक्षको प्रथम तिथिदेखि नयाँ वर्ष -लोसार) सुरु हुनेछ । 
२. प्रति त्यस मुत्पादसूत्र भाष्यको अनुशरण गर्ने, अर्हत क्यामो अंगेम बातीको मतानुसार आठौँ मङ्गोल, महिनाको कृष्ण पक्षको प्रथम तिथिदेखि लोसार सुरू हुन्छ । 
३. सूर्य गर्भसूत्रको अनुशरण गर्ने काश्मिरी महापण्डित नारथाङवा र घियम जमयाङको मतानुसार नवौं मङ्गोल महिना कृष्ण पक्षको प्रथम तिथिदेखि लोसार सुरू हुन्छ ।
४. विनय र अभिधर्मकोशको अनुशरण गर्ने शाक्य पण्डित भट्टारक चोङखापाको मतानुसार दशौं मङ्गोल महिनाको कृष्ण पक्षको प्रथम तिथिदेखि लोसार सुरू हुन्छ । 
५. चार आसन र बज्र डागिनीको मतानुसार बाह्रौं मङ्गोल महिनादेखि लोसार सुरू हुन्छ । 
६. नाक्चिपा -चीन ज्योतिष) को मतानुसार एघारौँ मङ्गोल महिनादेखि प्रथम तिथि वा हिउँदो घाम फर्केपछि लोसार सुरू हुन्छ । 
७. पीतसूत्र र चार चिकित्सातन्त्रको मतानुसार प्रथम मङ्गोल महिनाको प्रथम तिथिदेखि लोसार सुरू हुन्छ । 
सामान्यतया आ-आफ्नै समयानुकूल महिनामा लोसार माने पनि सर्वमान्य लोसारको रूपमा प्रथम मङ्गोल महिनाको प्रथम तिथिदेखि पूणिर्मासम्म लोसार मानेमा वैज्ञानिक हुन्छ । चीन मङ्गोलिया, तिब्बत, नेपालको हिमाली क्षेत्र र केही कृष्ण जोतिष -नक्चिपा) सहित धेरैले मान्दै आएको र प्रचलित पनि भएकाले लोसारप्रेमी नेपालीले प्रथम मङ्गोल महिनाको शुक्ल पक्षको प्रथम तिथिदेखि पूणिर्मासम्म सर्वमान्य लोसारको रूपमा स्थापित गरेका छन् ।
लोसार पर्व मनाउँदा सामान्यतया यसको पूर्वतयारी, वास्तविकता र यसको समापन गरी तीन भागमा विभाजन गरी मनाउने चलन रहेको छ । लोसारको पूर्वतयारीका लागि खाप्से, सतु, जमरा, पेयपदार्थ आदिको व्यवस्था गरिन्छ । बाह्रौँ महिनाको कृष्ण पक्षको चतुर्दशीको राति रमाइलो गर्दै गुथुक नामक परिकार खाइन्छ । नयाँ सालका बिघ्नबाधालाई हटाउनका लागि आ-आˆनो प्रतिरूप निर्माण गरी विशेष पूजा विधि लामाद्वारा गराइन्छ । 
गोन्पाहरूमा पनि प्राणीको हितार्थ पूजाहरूको आयोजना गरिन्छ । बाह्रौँ महिनाको औंसीको दिन घरको सरसफाइ गरी, विभिन्न प्रकारका शुभमंगलिक चिह्नहरू सातुद्वारा लेखिनेजस्ता कार्य गरिन्छ । प्रथम महिनाको प्रथम दिनदेखि वास्तविक लोसार प्रारम्भ हुन्छ । बिहान सबेरै उठी नुहाइधुवाई गरी सबैले बौद्ध संस्कृतिअनुरूप आ-आˆनो गच्छेअनुसार लोसार पर्व मनाउँछन् । सकेसम्म घरपरिवारका सबैले नयाँ कपडा लगाउने चलन लोसारको प्रथम दिन बिहानै धुपबाली भिरहनलाई पानी चढाउँदै तीनपटक ढोग्ने गर्दछन् । घर चोख्याउनका लागि धुप-पूजा गर्छन् । आ-आˆना गुरू, अभिभावकहरूद्वारा आशीर्वाद लिन्छन् । दोस्रो दिन आ-आˆनै गाउँठाउँका मान्यजनहरूकहाँ गई आशीर्वाद लिन्छन् । तेस्रो दिन दीर्घायुको कामना गर्दै सबै प्रकारका जीवनमा आइपर्ने बिघ्नबाधालाई हटाउनका लागि गोन्पा वा बौद्धको तीर्थस्थानमा गएर ध्वजापतका लगाउनुका साथै जयजयकार गर्दै सातु छर्दै खुसी मनाउँछन् । यसपछि पनि लगातार पूणिर्मासम्म आफन्त साथीभाइहरूकहाँ गई शुभकामना आदान-प्रदान गर्दछन् । पूणिर्माका दिन लोसारको समापन हुन्छ । पहिलो दिनलाई गुरूको लोसार, दोस्रो दिनलाई राजाको लोसार र तेस्रो दिनलाई धर्मपालको लोसार पनि भन्ने गरेको पाइन्छ । 
नेपालमा बसोबास गर्ने सम्पूर्ण शेर्पा समुदायका मानिस बौद्ध अनुयायी भएकाले लोसारको पार्टी आयोजना गर्दा सकेसम्म साकाहारी भोजनलाई प्राथमिकता दिनु राम्रो हुनेछ । मङ्गोल महिनाको प्रथम तिथिदेखि पूणिर्मासम्म बुद्धले अबौद्धहरूको ६ जना शासकहरूलाई प्रातिहार्य शक्तिद्वारा पराजित गरेको समय पनि भएकाले बौद्धहरूका लागि यो महिना अति नै महत्वपूर्ण मानिन्छ । 

२. धार्मिक एवम् सांस्कृतिक चाड लोसार

विश्वका विभिन्न भागमा अवस्थित मानवसमुदायले आˆनो विशिष्ट जीवनपद्धति, धर्म, संस्कृति, कलाकृति रीतिथिति, चालचलन, रहनसहन, भेषभूषा र भाषाको विकास गरेका छन् र त्यही विशिष्टताको मूल आधारमा विश्वसमुदाय आ-आˆना मौलिक पहिचान प्रदर्शन गर्न सफल हुन्छन् । चाडपर्वहरू यस्तै एउटा मूल आधार हुन्, जसका माध्यमबाट प्रत्येक समुदाय आˆनो देश, क्षेत्र र जाति विशेषताको परिचय दिन सक्षम भएका छन् । यस्ता चाडपर्वहरू कसैले भगवान्को नाममा, कसैले सम्राट शासकको नाममा, कुनै अविष्मरणीय घटनाको र कुनै व्यक्तिविशेषको नामबाट मान्ने गरेको देखिन्छ । त्यसैले मङ्गोल मूलका नेपालीको धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यो चाड नेपालका आदिवासी शेर्पा, भोटे, तामाङ, गुरुङ अर्थात् पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हिमाल र पहाडी क्षेत्रहरूमा शृङ्खलाबद्ध रूपमा आदिमकालदेखि बसोबास गरिरहेका मङ्गोल जाति तथा विश्वका लोसार अनुयायीहरूका मौखिक बोलीचालीको भाषामा 'लो' भन्नाले वर्ष र 'सार' भन्नाले नयाँ भन्ने हुन्छ अर्थात् एक साल समाप्त भएर अर्को नयाँ सालको आगमन हुनु । यो चन्द्र, सूर्य, नक्षत्र, ग्रह, उपग्रह, पृथ्वी आदिको गतिस्थितिको आधारमा गणित फलको अङ्कन हो । हाम्रो लोसार अनुगामीहरूको समाजमा -लो) वर्षको गणना -नाग्ची) र -कर्ची) ज्योतिषशास्त्रको आधारमा गरिन्छ । नाग्ची भनेको -ग्यनाग) चीनबाट प्रचार भएको मञ्जुश्रीभाषित ज्योतिषशास्त्र र कर्ची भनेको -ग्यकार) भारतबाट प्रचार भएको कालचक्र परम्पराका ज्योतिषशास्त्रहरू हुन् । यी दुई ज्योतिषशास्त्रको आधारमा श्वेत वैदुर्यनामक ज्योतिषशास्त्र रचना गरेको पाइन्छ । उक्त ज्योतिषशास्त्रको आधारमा १२ वर्ष र १२ महिना तल उल्लिखित विभिन्न जीवजन्तुको नामबाट नामकरण गरियो । 
जसअनुसार जेठो वर्षको नाम च्यिलो हो भने शेर्पा खेन्पो ङवाङ - २९६३ः११३) ले निम्न तालिकाद्वारा प्रमाणित गरेका छन् ।

१. च्यिलो -मुसा वर्ष), ७. तालो -घोडा वर्ष)
२. लाङ्लो -गोरू वर्ष), ८. लुग्लो -भेडा वर्ष)
३. ताग्लो -बाघ वर्ष), ९. टेलो -बाँदर वर्ष)
४. योलो -खरायो वर्ष), १०. च्यलो -चरा वर्ष)
५. डुग्लो -गरुड वर्ष), ११. ख्यिलो -कुकुर वर्ष)
६. डुल्लो -सर्प वर्ष), १२. फाग्लो -सुँगुर वर्ष)

ऐतिहासिक रूपमा हेर्दा विभिन्न जनावरहरूलाई प्रतिनिधित्व गराई वर्ष गणना गर्ने -नाग्ची) को ज्योतिष परम्परालाई विश्वमै पुरानो मानिने हुँदा यसको धेरै महत्व रहेको छ । 
उक्त १२ वर्ष ५ फन्को लाग्दा ६० वर्ष हुन्छ, यसलाई राब्लो च्यिग (एक संवत्सर) भनिन्छ र यो विभिन्न नामका संवत् (जस्तै प्रभव, विभव, शत्रु, प्रमोद, प्राजापत्य आङ्गिरस, श्रीमुख आदि इत्यादि) सँग जोडेर कालचक्र परम्पराअनुसार मिलाएको छ । अहिले १७ औँ राब्लो हो, जसअनुसार यस सालको मेफोख्यिलो -आगो, पुरूष, कुकुर वर्ष) ले यो राब्लो ९८० वर्षमा लागेको छ । यो कालचक्र ज्योतिष लामा समाजमा प्रचलनमा ल्याई लागू भएको सम्वत् हो । जसअनुसार अहिले हाम्रो समाजमा लोसार -नयाँ वर्ष) को स्वागत अभिनन्दन गर्ने क्रममा स्थान, समय र अवस्था आदि विभिन्न कारणले गर्दा तीन प्रकारका लोसार परम्पराहरू प्रचलनमा ल्याएको पाइन्छ । ती हुन् - -१) तो लोसार -२) सोनम लोसार -३) ग्याल्पो लोसार ।

२.१ तो लोसार 

बृहत् भोट-चीन शब्दकोश -२८९० पृ.) मा प्रथम वर्षको व्याख्यान पङ्क्तिमा '११ औँ मंगोल महिना -पुस) को वा हिउँदे घाम फर्किंदा लोसार मान्ने चलनचाहिँ नाग्चिपा -मञ्जुश्री ज्योतिष) को परम्परा हो' भनिएको छ । तोला तोलो वा तोलोसारको अपभ्रंश शब्द भन्ने बुझिन्छ । 
भौगोलिक र प्राकृतिक रूपमा नै समय फेरिने अवसर पारेर लोसार मनाइने परम्परा हो यो । चान्द्रमासअनुसार यो चाड पुस महिनामा पर्दछ । अर्थात् भौगोलिक ग्रह, उपग्रह र नक्षत्रसँग सम्बद्ध लोसार -नयाँ वर्ष) हो । यो पुस महिनाबाट प्राकृतिक रूपमा सूर्य उत्तर दिशातिर फर्किने हुँदा यसलाई लोफोवा -नयाँ वर्ष फेरेको) वा नयाँ साल लागेको मानिन्छ । यस समयबाट सूर्य फेरिने मात्र नभएर अन्य ग्रह, नक्षत्र र तारामण्डलहरू पनि स्थान सारेर जान्छन् । यही समयबाट मान्छे र जीवजन्तुको अङ्ग र उमेर पनि फेरिन्छ । त्यसरी नै जाडोको मौसम अन्त भई न्यानो दिनको सुरूवात हुन्छ । धर्ती न्यानो भएकोले जमिनभित्र बसेका कीरा, फट्याङ्ग्रासमेत चल्दै अरू ठाउँमा सरेर जान्छन् । यही समयदेखि झारपात, रूख बिरूवा उम्रेर पालुवा पलाउन थाल्दछन् । वनमा चराचुरूङ्गी नाच्न गाउन थाल्दछन् । यही प्राकृतिक परिवर्तनको क्रममा ज्योतिषको नियमअनुसार परापूर्वकालेखि लोसार मान्ने गरेको देखिन्छ । यति मात्र नभई सबैभन्दा लामो दिन असारको महिना र सबैभन्दा लामो रात पुसको महिनालाई मानिन्छ र यहीँबाट बिस्तारै रात छिटो र दिन लामो हुने कुरा ज्योतिषविद्हरू बताउँछन् । 
चान्द्रमासको तिथिअनुसार महिना गणना गर्नुपर्दा यो समय कहिले पुस मसान्तमा पर्छ भने कहिले पुस सङ्क्रान्तिमा पनि पर्न जान्छ । तर, इस्वी संवत्मा घाम उत्तरतिर फर्किने समय भनी किटानसाथ तोकेको पाइन्छ । जसअनुसार हरेक सालको पुस ७ वा ८ गते तदनुसार म्भअझदभच द्दघ,द्दद्ध तारिखमा तो लोसार लागेको प्रायजसो क्यालेन्डरमा लेखेको देखिन्छ । 
तोला लोसारसँग सम्बद्ध विज्ञहरूका भनाइअनुसार तोला, तोलोको अपभ्रंश शब्द हो । यो तोला नभएर गोलो हो । यसको अर्थ उपल्लो स्थानको लोसार भन्ने हुन्छ । नाग्ची ज्योतिषमा -लोखोर च्युञी) बाह्र वर्षको चक्रमा जेठो -च्यवा) मुसो वर्ष भएको जस्तै १२ महिनाको चक्रमा जेठो महिना ताग दावा -बाघ महिना) हो । विक्रम संवत्को वैशाखबाट प्रथम महिना आरम्भ हुने जस्तै नाग्ची -मञ्जुश्री ज्योतिष) को ताग् दावा -बाघ महिना) पुसबाट प्रथम महिना प्रारम्भ हुन्छ । पुस महिनालाई लामा भाषामा ग्याल दावा भनिन्छ भन्ने शेर्पा खेन्पो ङवाङ -२०६३ : ११५) ले बताएका छन् । जसअनुसार १२ महिनाको तालिका तल लेखिएअनुसारका छन् । 

जनावरको नामबाट महिनाको नाम, लामाको भाषबाट महिनाको नाम 
१. ताग दावा (बाघ महिना), ग्याल दावा (पुस महिना)
२. योस् दावा (खरायो महिना), छ्यु दावा (माघ महिना) 
३. डुग् दावा (गरूड महिना), ओ दावा (फागुन महिना) 
४. डुल् दावा (सर्प महिना), नाग दावा (चैत महिना) 
५. ता दावा (घोडा महिना), सागा दावा (वैशाख महिना)
६. लुग् दावा (भेडा महिना ), नोर्न दावा (जेठ महिना) 
७. टे दावा (बाँदर महिना), छ्युतो दावा (असार महिना
८. च्या दावा (चरा महिना), टोस्यिन दावा (साउन महिना)
९. ख्यिं दावा (कुकुर महिना), ठुम्तो दावा (भदौ महिना)
१०. फाग् दावा (सुँगुर महिना), युग्पा दावा (असोज महिना) 
११. चिवा दावा (मुसा महिना), मिनटुग दावा (कात्तिक महिना) 
१२. लाङ दावा (गोरू महिना), गो दावा (मंसिर महिना)
जसअनुसार तो लोसार मान्नेहरू तिब्बतका मञ्जुश्रीभाषित खगोलशास्त्रीको समाज, नेपालका गुरूङ समाज, हुम्ला, जुम्ला, सिन्धुपाल्चोक तातोपानी र दोलखा जिल्लाका उत्तरी भेगतिरको शेर्पा, सिक्कम, भुटान र तिब्बतको उत्तरी प्रान्तमा परम्परागत रूपमा धुमधाम साथ मान्ने गरेको पाइन्छ । हामी साधारण मानिसहरूको विचारमा फागुनमा नयाँ वर्ष फेरिन्छ भन्ने सोचाइ भए तापनि प्राकृतिक र भौगोलिक रूपमा तथा नाग्ची ज्योतिषशास्त्रको नियमअनुसार प्रथम महिना पुस -ग्याल दावा) मा पर्ने, पुस महिनामा नै घाम उत्तर दिशामा लाग्ने, सबैभन्दा लामो रात पुसमा पर्ने र तो लोसारको नामले विभिन्न देश, विदेशमा परम्परागत रूपमा यो चाड मानिरहेको हुँदा लोसार -नयाँ वर्ष) लाग्ने समयचाहिँ पुस महिना -ग्याल दावा) मा नै भएको र यो कसैले गरेको नभई भौगोलिक नियमअनुसार भएको कुरा ज्योतिषशास्त्रले बताउँछ । त्यसैले वि.सं. २०५७ पुस १५ गतेदेखि तो लोसार मान्ने जातिका मानिसहरूलाई राष्ट्रिय रूपमा बिदा दिने तत्कालीन सरकारले घोषणा गरेको पाइन्छ ।

२.२ सोनम लोसार 

यसको शाब्दिक अर्थअनुसार व्याख्यान गर्नुपर्दा कृषकको लोसार भन्ने बुझिन्छ । अधिकांश मानिस खेतीकिसानीमा नै निर्भर भएकाले र खेतीकिसानीको काम सुरू गर्ने समय माघ महिनामा यो चाड पर्ने र मनाइने भएकोले त्यस्तो नामकरण गरेको हुनसक्छ । सङ्ख्यात्मक र व्यापकताको हिसाबले यो लोसार सबभन्दा बढी समुदायले व्यापक रूपमा मनाउने गरेको पाइन्छ । हरेक वर्ष माघशुक्ल पक्षको प्रतिपदाको दिनबाट सुरू हुने यस लोसारलाई नेपालमा तत्कालीन सरकारले सोनाम लोसार मनाउने जातिहरूको लागि वि.सं. २०५१ देखि एक दिन बिदा दिने व्यवस्था गरेको छ भनी शेर्पा खेन्पो ङवाङ -२०६३ ः ११६) ले बताएका छन् । त्यसैले यसले राष्ट्रिय सांस्कृतिक पर्वको रूपमा मान्यता प्राप्त गरेको देखिन्छ ।
प्राकृतिक रूपमा कालचक्र परम्पराअनुसार पुसमा घाम उत्तरतिर फर्के पनि पुस मसान्तमा मात्र महिना समाप्त हुने हुँदा माघसङ्क्रान्तिमा लोसार मान्ने गरेको हो, यसलाई पछि माघशुक्ल पक्षको प्रतिपदा तिथिमा सारेर नाग्चीअनुसार लोसार मानेको बुझिन्छ । कालचक्रको ज्योतिषशास्त्रअनुसार माघसङ्क्रान्तिबाट लो -नयाँ वर्ष) लाग्ने हुँदा माघ, फागुन र चैतमसान्तको ३ महिनामा वर्षको १ पाउ बित्छ र वैशाख महिना लाग्छ । वैशाख मेष राशिको प्रथम महिना भएको हुँदा वि.सं. को नामबाट नयाँ वर्ष मान्ने गरेको हो । वैशाख, जेठ र असारमसान्तमा दोस्रो ३ महिना गएपछि वर्षको २ पाउ बित्छ र यही समयमा घाम पनि दक्षिण दिशातिर फर्किन्छ । त्यस अवसरमा आधा वर्ष पूरा भएको उपलक्ष्यमा साउनेसङ्क्रान्ति मनाउने गरिन्छ । यसको मतलब आधा वर्ष पूरा भएर सूर्य दक्षिण दिशातिर लाग्यो भन्ने हो । 
साउन, भदौ र असोजको मसान्तमा तेस्रो ३ महिना पूरा हुने हुँदा वर्षको ३ पाउ बित्छ । तर असोज महिनाको शुक्लपक्षको प्रतिपदादेखि राशि अर्को ग्रहमा प्रवेश गर्ने हुँदा त्यस अवसरमा नेपाल संवत्को नामबाट धुमधामसँग नयाँ वर्ष मनाउने गरेको हो । यसको मतलब वर्षको तेस्रो पाउ बितेर चौथोमा लाग्यो भन्ने हो । 
कात्तिक, मङ्सिर र पुसको मसान्तमा चौथो ३ महिनाको ४ पाउ सिद्धिने हुँदा वर्ष दिन पूरा हुन्छ । यसको उपलक्ष्यमा माघेसङ्क्रान्ति मनाउने गरिन्छ र यही सोनम लोसारको प्रारम्भिक रूप हो भन्न सकिन्छ ।
जसअनुसार यो सोनम लोसार -नयाँ वर्ष) तामाङ, योल्मो१, मुगु, भारतका लद्दाक, तिब्बतको केही प्रान्त, चीन, हङकङ, ताइवान, मलेसिया आदि मंगोल मूलको समाजमा धुमधामसाथ मान्ने गरेको देखिन्छ ।

२.३ ग्याल्पो लोसार 

यसको शाब्दिक अर्थ राजाको लोसार -नयाँ वर्ष) भन्ने हुन्छ । यसलाई किन ग्याल्पो लोसार -राजको नयाँ वर्ष) भनेको हो यसबारे स्पष्ट छैन । १६औँ शताब्दीताकाको तिब्बतको धार्मिक नेता पनि यस कुराबाट सन्तुष्ट नभएको तल उल्लिखित कुराबाट बुझिन्छ ।
होर्दा दङ्पो -प्रथम मङ्गोल महिना) को फागुन शुक्लपक्षको प्रतिपदा अर्थात् -छेपादङ्पो) बाट यो चाड भव्य रूपमा मानेको देखिन्छ । तर, होर्दा -मङ्गोल महिना) कुन ज्योतिषशास्त्रसँग सम्बद्ध हो यो भने प्रस्ट छैन । पाँचौँ दलाई लामाको -सेतो कालो) ज्योतिषको प्रश्नोत्तरनामक ज्योतिषशास्त्रअनुसार सन् १२२७ मा तदनुसार तिब्बती राबज्युङको अग्नि सुँगुर वर्षको यो महिनामा मङ्गोलका वादशाह चाङगिच खाँले तिब्बतका शिहुँ राज्यका राजा मिञागको हातबाट शासन अधिपत्य छिनिलिएको हुनाले त्यही विजय हर्षोल्लासको उपलक्ष्यमा यो लोसार उत्सव मानिन थालेको हो । त्यहीदेखि तिब्बती पात्रोमा पहिलो महिनाको नाम हेर्दा दङ्पो भएको हो । कालचक्र परम्परामा महिनाको नाम वैशाख, जेठ महिना र उत्तरायण दक्षिणयन, शुक्लपक्ष, कृष्णपक्षबाट तिथिमिति गणना गर्नेबाहेक पहिलो महिना, दोस्रो महिना आदि स्तरक्रमको माध्यमबाट तिथिमिति गणना गर्ने नियम पद्धति छैन भनी उल्लेख गरेको पाइन्छ । 
यसमा तेङपोछे औतारी लामा थप्नुहुन्छ चाङगिज खाँको उक्त विजय जुलुसको हर्षबढाइँ कार्यक्रम पहिलो वर्षमा ३ महिना, दोस्ा्रो वर्षमा २ महिना, तेस्रो वर्षमा १ महिना, चौथो वर्षमा १५ दिन र हप्ता दिन हुँदै पछि त्यसैले ग्याल्पो लोसारको रूप लिएको हो, तर ग्याल्पो लोसार हुँदै होइन भन्ने होइन । 
हाल पनि तिब्बती सङ्घसंस्थाबाट प्रकाशन भएका सबै पात्रोमा फागुनबाट हेर्दा दङपो -पहिलो महिना) लोसार भनी लेखिएको भए पनि फागुन महिनाको अगाडि ओदा -फागुनको उपनाम) लेख्नुपर्नेमा छ्युदा -माघ महिनाको) उपनाम लेखेको हुन्छ । यसबाट माथि उल्लेख गरेझैँ पहिले हिमाली समाजमा माघ महिनामा लोसार मान्ने कुरा पुष्टि भएको देखिन्छ शेर्पा खेन्पो ङवाङ - २०६३ ः ११६) ले बताएका छन् । 
तिब्बत बौद्ध देश भएकोले बुद्धको धार्मिक लीलासँग जोडेर यो लोसार चाड मानेको हुनसक्ने अनुमान लगाउन सकिन्छ । भगवान् बुद्धको समयमा ६ जना तैर्थिक -अबौद्ध) गुरू र तिनका अनुयायीहरूका इच्छाअनुरूप तात्कालिक नगरप्रमुखहरूका अनुरोधमा श्रावस्ती महानगरमा राजा प्रसेनजित्लगायत महानगर प्रमुखहरूका उपस्थितिमा बुद्ध शाक्यमुनिले फागुणशुक्ल पक्षको प्रतिपदादेखि पूणिर्मासम्म विभिन्न धार्मिक ऋद्धि -शिक्त) प्रदर्शन गरी ६ जना तैर्थिक साधु सपरिवारलाई परास्त गरेको महत्वपूर्ण धार्मिक दिवस भएकोले यही दिवस पारेर लोसार मनाइने गरेको बौद्धको नाताले अवलम्बन गर्नुपर्ने कर्तव्य हुन आउँछ । दार्जिलिङका शेर्पाहरू पनि फागुनशुक्ल प्रतिपदाबाट लोसार मान्नुपर्ने कारण त्यही हो भन्नुहुन्छ । तर, यो लोसारको उपलक्ष्यमा मनाइने धार्मिक उत्सव भएकाले लोसार -नयाँ वर्षोदय) भन्नचाहिँ मिल्दैन । अहिले हिमाली समाजमा सुप्रसिद्ध परमपूज्य गुरू ठुलसिक रिन्पोछेको सदिच्छा पनि यस्तै देखिन्छ । 
त्यस अवसरमा तिब्बतको पूर्वी प्रान्त दोम्य क्षेत्रका युवायुवती लोसारको दिन बिहान प्रातःकालमा उठेर आ-आˆना ठूलाबडा नाताहरूकहाँ कोसेलीसहित शुभकामना व्यक्त गर्न जाने गर्दछन् । तिनीहरू परस्परमा कोसेलीसहित शुभकामना व्यक्त गर्दा शुभकामना दिनेले ख्योक्यी लोसर जाङ्ङम् -तपाईंको लोसर) राम्रो भो ? भनी सोद्धा लिनेले जाङ -राम्रो भयो) भन्दछन् । उचाङ -मध्य तिब्बत) प्रान्तको अधिकांश ठाउँमा लोसारको शुभकामना स्वरूप छ्येमर र छ्याङफुद् प्रदान गर्दा चढाउने व्यक्तिले 'टशि देलेग' -शुभ-मङ्गल) भन्दा लिने व्यक्तिले मंगलमय शुभकामना, सुस्वास्थ्य र समृद्धि सुसम्पन्न होस्, सदा सुखसयल प्राप्त होस्, सुख, समृद्धि र उत्तरोत्तर प्रगति होस् भनी प्रतिउत्तर दिने चलन रहेको छ । लोसारको अवसरमा नभई नहुने छ्येमर र छ्यङफुद् आदानप्रदान गर्ने चलन सम्राट स्रोङचङ गम्पोको समयदेखि चलिआएको हो भन्ने कुरा अनुसन्धानात्मक लेखहरूमा पाइन्छ । लोसार पर्वमा छ्येमर र छ्यङफुद् सजाउने चलन र सजाउने तरिका उचाङ -मध्यतिब्बत) मा सानो बाकस बनाएर उक्त छ्येमर -सातु, नौनीघ्यू, दूध, मह, चिनी इत्यादि मिलाएर बनाएको खाद्य वस्तु) र छ्यङफुद् -अमृतको रूपमा वितरण गर्ने जाँड) राखिन्छ भने दोम्य पूर्वी तिब्बततिर स्वस्तिकचित्रयुक्त भाँडावर्तनहरूमा सजाइन्छ, तर जनसमूहमा उचाङ -मध्यतिब्बत) को परम्परानुसार छ्येमर र छ्यङफुद् सजाउने चलन कमै पाइन्छ । हिमालको अधिकांश प्रान्तमा लोसार -नयाँ वर्ष) लागेको शुभङ्केतस्वरूप जौ, गहुँको बालाहरू सजाइराख्ने चलन पनि छ । तर, कुनै प्रान्तमा यस समयमा जौ गहुँको बालाहरू नपाइने हुँदा काठका ससाना सिङ्कोमा मुछेको आँटा लगाई तातो तेलमा पोली जौ, गहुँका बालाजस्तो बनाएर छ्येमरसँगै सजाउने गरिन्छ । 

३. लोसार मनाउने विधि 

धर्म र सांस्कृतिक विविधता भएको हाम्रो देशमा, मञ्जुश्री खगोलशास्त्र -नाग्ची) को आधारमा विभिन्न जीवजन्तुहरूको नामबाट १२ वर्ष र १२ महिनाको गणना गरेर लोसार -नयाँ वर्ष) मनाइने तरिका र लोसारका विशेषताहरूको बारेमा व्याख्या र विश्लेषण यसप्रकारको रहेको छ । 
लोसार -नयाँ वर्ष) को उपलक्ष्यमा राम्रो नयाँ कपडा र गहनापातले सिंगारपटार गरी, मान्यजनहरूको दर्शन र शुभ-आशीर्वाद लिने, मीठो खाना, मनोरञ्जन गर्ने तरिका अन्य समुदायले मान्ने चाडपर्वको जस्तै देखिए तापनि मङ्गोल मूलका मानिस आफ्नो मौलिक चाड लोसार -नयाँ वर्ष) को पूर्वतयारी आठ दश दिनअघिदेखि नै गरिन्छ । लोसार आउनुभन्दा पहिले नै विशेष गरी गोन्पा, चैत्य, चौतारा र घरहरू रङ्गरोगनले पोतेर ध्वजापताकाले सजाइन्छन् । नयाँ वर्ष -लोसार) आउनुभन्दा दुई दिन अगाडि अर्थात् -ञशिु गु) दक्षिणायन कृष्ण पक्षको चतुर्दशीका दिनभरि लामा र भिक्षुद्वारा धुमधामसाथ पाठ-पूजा गराई विगतका अशुभ ग्रह र दशाहरू पुनः नयाँ वर्षमा नदोहोरिऊन् भनी पुरानो वर्षलाई हार्दिक बिदाइ गर्दै आउने नयाँ वर्षमा सुख, शान्ति, सुस्वास्थ्य तथा सुखसमृद्धि होओस् भन्ने कामना गर्दछन् । यसका लागि गोन्पाहरूमा हप्ता दिन पहिलेदेखि नै पूजा थालेर लोसार सुरू हुनुभन्दा दुई दिन अगाडि -ञशिु गु) को दिन लामा नृत्य -छ्याम) गरेर दशाग्रह र अशुभको प्रतिमूर्ति -तोरश्होर) फाल्ने गरिन्छ । यसअघि घर, गोठ, गोन्पा इत्यादि बढारेर जम्मा गरेको फोहोर, मूला, जाँडको छोक्रा, पैसा, फाटेको लुगा, भूतप्रेतलाई मनपर्ने वस्तुहरू फुटेको माटाको भाँडो वा च्यातेको नाङ्लोमा हालेर बेलुकीपखतिर दोबारटोमा लगेर लामाहरूले मन्त्रपाठसाथ ताली र पटका पट्काउँदै जलाउने र ˆयाँक्ने गरिन्छ । यस दिन बेलुका नौ प्रकारको गेडागुडी मिसाएको खाना -गुथुग्पा) खाने चलन छ । नौ प्रकारको खाना मिसाएको -गुथुग्पा)२ खाइसकेपछिका बाँकी जुठोहरू जम्मा गरी त्यसमा घर सफा गरेको फोहोरमैलाहरू हालेर दोबाटोमा फाल्ने चलन छ । गुथुग्पा भनेको विभिन्न केराउ, चना, मुँगी, दाल, भटमास, मूला, मास सागसब्जी, गेडागुडी इत्यादि परिकारहरू नौ किसिमका चिजबिज मिलाएर पकाएको खाना हो । 
गुथुकभित्र वर्षको भाग्य परीक्षण गर्ने साङ्केतिक वस्तुहरू जस्तै नुन, खुर्सानी, घ्यू, कोइला, कपास र सिन्को इत्यादि चिजहरू हालेको आँटाका डल्लो राखिन्छ । गुथुग्पा खादा हरेकलाई एक-एकवटा आँटाका डल्लो भागमा हालिदिन्छन् । अनि सबैले आ-आˆनो भागमा परेको आँटाको डल्लोलाई खोलेर आˆनो भाग्य कस्तो रहेछ भनेर हेर्दै ख्यालठट्टा रमाइलो गर्दछन् । यसमा नुन पर्‍यो भने लामो आयु हुने, घ्यू पर्‍यो भने भाग्यमानी र कोइला पर्‍यो भने अभागीको संज्ञा दिइन्छ । यसरी प्रत्येक घर, गाउँ र गोन्पा आदिमा राति ९/१० बजेसम्म हाँसखेल गर्दै रमाइलो वातावरणमा जाने वर्षको बिदाइ गर्ने समारोह मनाउने गर्दछन् । त्यसपछि औँसीको दिनमा चाहिँ दिनभरि छ्योशम -पूजाकोठा वा देउता कोठा) मा लोसारका विभिन्न खानाहरू -खाप्से, फलफूल, ङोफु -जमरा) याङ्छयाङ्, छ्येमार) हरू मिलाएर सजाउने गरिन्छ -शेर्पा २०६३ : ११९) ।
लोसारको प्रथम दिनमा बिहानै उठेर नुहाइ धुवाइगरी वा कुवामा गई तीन टुक्रा ढुङ्गा चाङ लगाएर घ्यूको तीन-तीनवटा टीका लगाई, फलफूल, खाप्से, खाता, धूपबत्ती गरेर तीनपटक ढोगेर नागराजा र पानी देवताको पूजा गर्दछन् । अनि त्यसपछि पानी देवताबाट पानी मागेर ल्याई घरको छ्योशम -देउताकोठा) मा बुद्ध भगवान् र कुल देवताहरूलाई शुद्ध पानी, खाप्से र नैवेद्य चढाई टशि मोनलामा -मंगलवाचन) र साङ सेरक्येम गरी नयाँ वर्ष -लोसार) शान्तिमय वातावरणमा बितोस् भनी मंगलमय पूजा आराधना गर्छन् । त्यस दिन बिहानैदेखि जो भेटे पनि -टशि देलेग) मंगलयम शुभकामना आदान-प्रदान गर्ने गर्दछन् । लोसारको पहिलो बिहान विभिन्न किसिमका गेडागुडी र चिजबिजहरू मिसाएर पकाएको रसयुक्त खोले -छ्याङथुग) खान्छन् र घरमूलीलगायत सबै परिवारको अगाडि थाल भरी-भरी लोसारका विभिन्न खानाका परिकारहरू -खाप्से, फलफूल ड्यासिल र चिया) राखेर लोसारको प्रथम दिनको स्वागत र हर्षबढाइँ गर्ने गरिन्छ । त्यसपछि नयाँ वर्ष सुरू भएको सङ्केतको प्रतीक आफ्ना घर-आँगनमा टुप्पोसहितको ध्वजा -लुङदार) टाँगिन्छ । उक्त दिन पाठ-पूजा गर्न गोन्पा र मन्दिरमा जानेबाहेक अरूको घरमा जाने गर्दैन र कुनै आर्थिक कारोबार पनि गर्दैनन् । 
लोसारको दोस्रो दिनदेखि गाउँघरका दाजुभाइ, इष्टमित्र, छरछिमेकीहरूकोमा गई रमाइलो वातावरणमा अमृत -छेछ्याङ) र पिठोको सगुन -छ्येमार) ग्रहण गर्दे टशि देलेगस् शुभकामना आदान-प्रदान गर्दछन् । सगुनको रूपमा -छेयमार र याङछ्याङ) लिँदा दिनेले 'टशि देलेग फुसुम छोग' र लिनेले 'तग्तु देवा थोब्पर शोग' अर्थात् मंगलमय शुभकामना सम्पन्न होऊन् र सदा सुखी होेओस् भन्ने गरिन्छ । नाच-गान र हाँसखेल गरी लोसारको मूल कार्यक्रम सुरू गर्ने गर्दछन् । 
लोसारको तेस्रो दिन अर्थात् 'छेपा सुम'बाट पनि टशि देलेगस्को शुभकामना आदान-प्रदान गर्दै सबैजना सार्वजनिक स्थलहरूमा जम्मा भई मनोरञ्जनात्मक कार्यक्रमहरू गर्दै लोसार मनाउने कार्य अघि बढाउँछन् । त्यसैक्रममा पहिले लामा गुरूहरूबाट बुद्धशासन र त्यसको अनुयायीहरूका रक्षक, स्थानीय देवदेवीहरूका सामूहिक पाठ-पूजा गराउँछन् । साङ सेरक्येमको पूजा गरेर लुङदार -पञ्चरङ्गको धार्मिक ध्वजा) र बुद्ध झन्डाहरू झन्डोत्तोलन गरेर फरफराउँछन् । काठमाडौंका शेर्पाहरू त्यस दिन बिहान बौद्ध, स्वयम्भू, चाबहिल र काठेस्वयम्भूका चैत्यहरूलाई पनि कमेरो र चुना तथा ध्वजापताकाद्वारा सिँगारपटार गरी सजाउँछन् । तत्पश्चात् आफ्ना समाजका मान्यजन लामा गुरूहरूलाई खताग, पैसा र नैवेद्यहरू चढाउँदै आशीर्वाद थाप्दछन् । त्यसबेला लोसारका विविध खानेकुराहरू इष्टमित्र र भाइबन्धुहरू सबैलाई ख्वाउँदछन् । कोही आ-आफ्ना घर-आँगन र उच्च सफा स्थानमा गएर -दरछ्योद) धार्मिक ध्वजा टाँग्दछन् । त्यहाँ पनि धार्मिक विधिपूर्वक धूपबत्ती चढाई देवदेवीहरूको पूजा गर्ने गरिन्छ । अनि त्यस अवसरमा त्यहाँ उपस्थित सबैले एकै स्वरमा -ल्हा ग्याल्लो) देवताको जय-जय भनी एकै स्वर र एकैपटक हर्षोल्लासको आवाज निकाल्दै विजयको प्रतीक पिठो उडाउँदै आकाश नै सेताम्ये बनाउँछन् । तत्पश्चात शुभकामनाका प्रतीक विभिन्न रसयुक्त पिठोको 'छ्येमार' र छ्याङको सगुनहरू बाँड्न सुरू गर्दछन् । विभिन्न गहनापातमा सजिएर सिँगारपटार गरेका किशोर र किशोरीहरू मात्र नभई बूढाबूढीहरू पनि हातेमालो र अङ्कमाल गरेर आफ्ना मौलिक र परम्परागत लोकपि्रय नाच 'स्याब्रु' प्रस्तुत गर्न लस्कर लाग्न थाल्दछन् । आˆनै पाराको शैलीमा तालसुर मिलाएर सामूहिक गीत गाउँछन् । त्यस अवसरमा जोसजाँगर बढाउने छ्याङ र विभिन्न पौष्टिकतापूर्ण खानाहरू बाँड्ने ताँती पनि लागीनै रहन्छन् । यसरी दिनरात गएको थाहा नै नपाइने गरी लोसारको चाड मान्ने परिपाटी छ । त्यसैगरी गाउँ, टोल, छरछिमेक सबै स्थानमा समूह-समूह र सङ्घसंस्थागत रूपमा त्यस्तै मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गरी लोसार -नयाँ वर्ष) को हर्षबढाईँ गर्ने गरिन्छ ।

३.१ बौद्धमा मनाइने शेर्पा लोसार 

हिमाल, पहाड र मध्यपहाडी क्षेत्रबाट राजधानी आएका शेर्पाहरू काठमाडौं उपत्यकामा आ-आफूलाई अनुकूल पर्ने ठाउँमा कसैले आफ्नो घर बनाएर बन्दोबस्तसाथ बसेका छन् भने कसैकसैले घर भाडामा लिएर बसेका छन् । शेर्पाहरू उपत्यकाभित्र जसरी बसेका भए पनि अधिकांश शेर्पा बौद्धकै आसपासमा बसेका छन् । त्यसैले शेर्प

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?