आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

रेडियो मेलम्चीको ब्लगमा स्वागत छ ।

हाँसो नै सबथोक हो की के हो ।

आफ्नो प्रेमीको पर्खाइमा एक महिला

सुन्दरीहरुको चर्चा बाटोमा पनि

तस्बिर कूल तामाङ

मन खोलेरै हासौ न एकैछिन तस्बिर/रेडियो मेलम्ची

Jan 5, 2014

जागेश्वरी विद्यालयको जन्मजयन्ती सम्पन्न

जागेश्वरी निम्न माध्यामिक विद्यालय , तालामाराङले आफ्नो ३५औं वार्षित्कोत्सव आज एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथीको स्थानबाट बोल्दै संविधानसभाका नवनिर्वाचित सदस्य शेर ब. तामाङले त्यस क्षेत्रका अभिभावकलाई विद्यालयसम्म आफ्ना नानी बाबुलाई पठाएर सुन्दर भविष्य सुनिश्चित पार्न अनुरोध गर्नुभयो । जिल्लाका माथिल्लो भेगका प्राथामिक तथा निम्न माध्यामिक विद्यालयहरुमा सबै बालबालिका विद्यालयसम्म नपुग्ने र कतिपयले बिचमै पढाई छाड्ने अवस्था रहेको छ । त्यसै कुरालाई सम्बोधन गर्दै श्रोत व्याक्ति भिम ब. कार्कीले पनि विद्यालयमा विद्यार्थी आउने वातावरण बनाउन सबैले जोडदिनुपर्ने तर्क गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका क्षेत्रिय अध्यक्ष बालकृष्ण देउजा लगायतको उपस्थिती थियो । सो अवसरमा विद्यालयका प्रध्यानाध्यापक माधबप्रसाद ढुंगानाले आव ६९÷७० को विद्यालयका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभयो । विद्यार्थीका विभिन्न प्रतिभाले कार्यक्रमको रौनकता थपेको थियो भने कार्यक्रम विव्यस अध्यक्ष मइत तामाङको सभापतित्वमा सम्पन्न भएकोथियो । विद्यालयले जनजाती समुदायको बाहुल्यता रहेको गाविसको वडा नं. १, ३, ४ का विद्यार्थीलाई शैक्षिक सेवा प्रदान गर्दै आएको छ ।

सिलाई कटाई तालिमको आज समापन

श्रुजना बराल 
पुस २१ ।असोज १ गतेबाट घरेलु तथा साना उद्योग सिधुपाल्चोक तथा नमुना महिला समिती दुवाचौरको  आयोजनामा सुरु भएको  सिलाई कटाई तालिमको  आज समापन गरिएको छ । २३ जा महिलाहरुको सहभागितामा संञ्चालित उक्त समापन कार्यक्रममा तालिममा सहभागि महिलाहरुलाई प्रमाण पत्र र प्रसंसा पत्र समेत वितरण गर्रिएको थियो । 
 समापन कार्यक्रमका अवसरमा सहभागी महिलाहरु मध्यका ३ जना महिलालाइ ६० प्रतिशत अनुदानमा सिलाई मिसीन पनि  वितरण  गरिएको छ । आफनै गाउँठाउँमा भएका स्रोत साधनको उपयोगm गर्ने र स्वबलम्वी बनाउने उद्देश्यका साथ संञ्चालन गरिर्एको तालिममा सहभागीहरु अब भने केही गर्न सकिने भएको बताउँछन । 
 कार्यक्रममा सृजनशिल महिला समुहका अध्यक्ष मिना कुमारी गिरि , प्रशिक्षक मनु घले र विशेष अतिथि गाउँ समुदायिक समितिका अध्यक्ष ज्ञनेन्द्र श्रेक्ष्ठ  लगायतले केहि गरेर  देखाउन आग्रह समेत गर्नुभयो । कार्यक्रमलाई संबोधन गदै घरेलु तथा साना उद्योगका नासु कपिल अधिकारीले यदि प्रशिक्षार्थीहरुले चाहेमा अन्य वर्षमा पनि यस्तो कार्यक्रम गर्न सकिने बताउनु भयो । 

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?