आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

रेडियो मेलम्चीको ब्लगमा स्वागत छ ।

हाँसो नै सबथोक हो की के हो ।

आफ्नो प्रेमीको पर्खाइमा एक महिला

सुन्दरीहरुको चर्चा बाटोमा पनि

तस्बिर कूल तामाङ

मन खोलेरै हासौ न एकैछिन तस्बिर/रेडियो मेलम्ची

Feb 20, 2014

नेपाल प्रहरीविरुद्ध राष्ट्र संघमा पर्‍यो उजुरी

nepal-police-logo1
काठमाडौं—८ फागुन । प्रशान्त पाण्डेले नेपाल प्रहरीविरुद्ध संयुक्त राष्ट्र संघीय मानवअधिकार समितिमा उजूरी दिएका छन् ।

सशस्त्र द्वन्द्वको समयमा प्रहरीबाट यातना पाएको भन्दै उनले मानव अधिकार सम्बन्धी संस्था ट्रायलमार्फत उजुरी दिएका हुन् । अपराधको अनुसन्धान र पीडकलाई कारवाहीका लागि नेपाल सरकारसँग माग गर्दै उजरी हालेका हुन् ।

उजुरीमा रुपन्देही प्रहरीले २०६७ चैत २४ गते गैरन्यायिक रुपमा पाण्डेलाई पक्राउ गरेर एक बर्षभन्दा बढी थुनामा राखेको उल्लेख छ । थुनामा चरम यातना दिएको भन्दै अमानवीय व्यबहार गरेको पाण्डेले बताएका छन् ।

पाण्डेका अनुसार २०६७ चैत १३ गते भएको बमकाण्डमा संलग्न भएको झुटो आरोप लगाएर प्रहरीले आँखामा पट्टी बाँध्ने, बिजुली हिटरमा पिसाब फेर्न लगाउनेजस्ता यातना दिएको थियो । यातनाका कारण गम्भीर मानसिक रोग र यौनिक दुर्बलतालगायतका समस्याहरु आएको उनले लेखेका छन् ।

जबर्जस्ती रुपमा अचेत अवस्थामा बम काण्डमा संलग्न रहेको हस्ताक्षर गर्न लगाएको भन्दै उनले यसअघि सर्वोच्चमा निवेदन दिएको पनि उल्लेख गरेका छन् । तर सर्वोच्चले सो फाइल नै नपलटाएको पाण्डेको गुनासो छ ।

२० लाखको “नोबेल पुरस्कार” दिने भनेर ढाटेको कान्तिपुरले फेसबुक लाइकमै भुलायो सबैलाई


kantiiiipuuuuur‘विदेशमा नोबल र म्यागासेसे पुरस्कार छन्, हामी पनि हाम्रा श्रद्धेय व्यक्तित्वहरूलाई राष्ट्रको ठूलो पुरस्कारले सम्मान गर्न चाहन्छौँ। त्यसको अभियान कान्तिपुरले थाल्नेछ । पुरस्कार स्थापना त्यसकै अभियान हो।’
ठ्याक्कै दुई वर्षअघि कान्तिपुर पब्लिकेशन्सको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले यस्तो घोषणा गरेका थिए।
यो नेपालकै सबैभन्दा ठूलो राशीको पुरस्कार हुनसक्थ्यो। तर विडम्बना, यो पुरस्कारको योजना बाँड्दै नबाँडी तुहिएको देखिएको छ। घोषणाको अर्को वर्ष २०७० सालमा पुरस्कार बाँड्ने भनिए पनि यो वर्ष पुरस्कारको ‘प’समेत उच्चारण गरिएको छैन।
यस्तो थियो घोषणा-
२०६८ सालको फागुन ७ मा प्रकाशित प्रकाशकीय
2068
यो बारे कान्तिपुरले समाचार पनि फागुन ८ गते छापेको थियो। हेर्नुस्-
कान्तिपुर डेमोक्रेसी आइकन घोषणा, राशि २० लाख रुपैयाँ
कान्तिपुर संवाददाता
काठमाडौ, फाल्गुन ७ –
कुनै पनि क्षेत्र वा विधाबाट लोकतन्त्रको संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने एक जनालाई कान्तिपुर पब्लिकेसन्सले हरेक वर्ष फागुन ७ गते ‘कान्तिपुर डेमोक्रेसी आइकन’ बाट सम्मान गर्ने भएको छ । आउँदो वर्षबाट प्रदान गरिने उक्त पुरस्कारको राशि २० लाख रुपैयाँ छ ।
पब्लिकेसन्स २० औं वर्ष प्रवेश गरेको अवसरमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आइतबार उक्त पुरस्कार घोषणा गरेका हुन् । उनका अनुसार उक्त ‘आइकन’ को चयन समाजका प्रतिष्ठित प्रतिनिधिहरू रहने विशेष छनोट समिति -सिनेट) र त्यसमातहतको ‘जुरी’ को सिफारिसका आधारमा गरिनेछ । लोकतन्त्र नै पत्रकारिताको आधारस्तम्भ भएकाले लोकतान्त्रिक योद्धाप्रति श्रद्धा प्रकट गर्न पुरस्कार स्थापना गरिएको अध्यक्ष सिरोहियाले बताए । नेपालमा यति ठूलो धनराशिको पुरस्कार यो पहिलो हो ।
‘विदेशमा नोबल र म्यागासेसे पुरस्कार छन्, हामी पनि हाम्रा श्रद्धेय व्यक्तित्वहरूलाई राष्ट्रको ठूलो पुरस्कारले सम्मान गर्न चाहन्छौं,’ उनले भने, ‘त्यसको अभियान कान्तिपुरले थाल्नेछ । पुरस्कार स्थापना त्यसकै अभियान हो । यसको विस्तृत कार्ययोजना केही दिनमै सार्वजनिक गरिनेछ ।’ पुरस्कार हरेक वर्ष फागुन ७ गते पब्लिकेसन्सको वाषिर्कोत्सव समारोहमा प्रदान गरिनेछ ।
प्रकाशित मिति: २०६८ फाल्गुन ८ ०९:०९ 
बोली फेरियो
२०६८ सालमा हरेक वर्ष भनिसकेपछि २०६९ सालमा पहिलो पुरस्कार बाँड्नु पर्ने हो। कान्तिपुर आफैले समाचारमा ‘नेपालमा यति ठूलो धनराशिको पुरस्कार यो पहिलो हो’ भनिसकेपछि चासो त सबैलाई हुने नै भयो। तर २०६९ सालमा यो पुरस्कार बाँडिएन। त्यसको साटो पत्रिकामा ज्याकेट एड (अघिल्लो पेजलाई ढाक्ने गरी छापिने विज्ञापन) छापी भनियो- दुई दुई वर्षमा बाँड्नेछौँ। २०७० फागुन ७ गते पहिलो पुरस्कार दिइनेछ। नाम सिफारिश पठाउन थाल्नुस्। हेर्नुस् ज्याकेट एड (ठूलो पारी हेर्न विज्ञापनमा क्लिक गर्नुहोला)
kantipur-democracy-icon-award
ज्याकेट एडसँगै त्यो दिनको पत्रिकामा भित्र प्रकाशकीयमा यस्तो लेखिएको थियो-
2069
प्रकाशकीय छापिएको इकान्तिपुरको लिङ्कमा समाचार भने हटाइएको छ। 
हरायो पुरस्कार
२०६९ सालमा छापिएको ज्याकेट एडमा स्पष्ट रुपमा २०७० फागुन ७ गते पहिलो सम्मान दिइने भनिएको थियो। तर आज २०७० सालको फागुन ७ गतेको प्रकाशकीयमा यसबारे कुनै उल्लेख गरिएको छैन। पुरस्कारको ‘प’ समेत हराएको छ। हेर्नुस्-
2070 Publishers Note
पुरस्कारको साटो यो वर्ष कान्तिपुरले फेसबुक लाइकमा आधारित वर्ष १० व्यक्तित्व घोषणा गर्‍यो।
आखिर नेपालकै सबैभन्दा ठूलो धनराशीको भनिएको अझ नोबल र म्यागासेसेसँग दाँजिएको पुरस्कार कता हरायो ? केले रोक्यो यो पुरस्कार घोषणा गर्न ? के नेपालमा डेमोक्रेसी आइकन घोषणा गर्न लायक कुनै व्यक्ति वा संस्था नै नभएको हो ? कि पुरस्कार राशी जुटाउन गाह्रो भएको हो ? २० लाख राशीको पुरस्कार किन दिइएन ? देशकै सबैभन्दा प्रभावशाली र नम्बर वन मिडिया भएकोले सोध्ने आँट कसैले गर्न सकेको छैन।
प्रस्तुत समाचार र सम्पूर्ण सामाग्री माई संसार बाट साभार गरिएको हो । यसको ओरिजिनल लिङ्क यहाँ छ– 

विद्युत प्राधिकरणका चार अधिकारी अख्तियारको हिरासतमा

akhtiyarकाठमाडौं—८ फागुन। नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्धकसहित चारजना उच्चतहका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएको छ ।
ट्रान्सफरमर खरिद सम्बन्धी ठेक्कामा अनियमतिता गरेको अभियोगमा उनीहरुलाई विहिबार हिरासतमा लियएको हो ।
प्राधिकरणका तत्कालीन प्रवन्धक कैलाशप्रसाद अटल, तत्कालीन सहायक प्रवन्धक सुरेन्द्रप्रसाद पनेरु,  तत्कालीन भण्डार प्रमुख नारायणप्रसाद चौधरी र तत्कालीन लेखा अधिकृत सुरेशकुमार कटुवाललाई अख्तियारले टंगालस्थित कार्यालयमा हिरासतमा राखेको छ ।
अख्तियार प्रवक्ता श्रीधर सापकोटाले अनुसन्धानको सिलसिलामा आयोगले हिरासतमा लिएको जनाउँदै ट्रान्स्फर्मर खरिदमा भएको भ्रष्टाचारबारे केही महिनायता अनुसन्धान जारी राखेको बताए ।

प्रेमीसँग लगनगाँठो कस्दै नायिका रेजिना उप्रेती

नायिका रेजिना उप्रेती यहि फागुन १० गते बैबाहिक बन्धनमा बाँधिने भएकी छिन् । रेजिनाले बिगत केहि बर्षदेखीको आप्नो प्रेमलाई बैवाहिक रुप दिँदै आफ्नै प्रेमी सुरज पोख्रेलसँग लगन गाँठो कस्न लागेकी हुन् । सुरज केहि बर्षयता लण्डनमा बस्दै आएका छन् । रेजिना पनि केहि समय प्रेमी सुरजसँगै लण्डनमा रहेकी थिईन् । बिवाहको लागि अहिले दुवैजना नेपाल आएका छन् ।
धादिङ स्थाई घर भएकी रेजिनाले आफ्नो वैवाहिक कार्यक्रममा सहभागिताको लागी बिभिन्न चलचित्रकर्मी तथा चलचित्र पत्रकारहरुलाई निम्ता पठाईसकेकी छिन् ।
आफ्नो लगानीमा बनाएको चलचित्र ‘वरदान’को प्रिमियरको समयमा सुरजको साथ पाएपछी यी दुईको प्रेम झनै गाढा बन्दै गएर अन्ततः विवाहमा परिणत भएको बुझिएको छ ।

पुलिसलाई हराउँदै मच्छिन्द्र उपाधी नजिक


काठमाडौं—८ फागुन,सहिद स्मारक ए—डिभिजन लिगको सुपर सिक्समा लगातार तेस्रो खेल जित्दै मच्छिन्द्र उपाधिको बलियो दाबेदारिको रुपमा प्रस्तुत भएको छ ।

चौथो स्थानमा रहेर सुप्पर लिगको यात्रा सुरु गरेको मन्छिन्द्रले शिर्ष तिन स्थानमा रहेका मनाङ, थ्रीस्टार र पुलिसलाई पराजित गर्दै उपाधिको लागि बलियो स्थितिमा पुगेको छ । आजको खेलमा नेपाल पुलिस क्लब लाई पराजित गर्दै मच्छिन्द २८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न  खेलमा मच्छिन्द्रले नेपाल पुलिसलाई २–१ गोलले पराजित ग¥यो ।

खेलको पहिलो हाफको ११ औ मिनेटमा पुलिसका भरत शाहले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको १ गोलको अग्रता लिएको पुलिसले दोस्रो हाफाको अन्तीम समयमा दुई गोल खान पुग्यो ।

दोस्रो हाफको ८७ औं मिनेटमा मच्छिन्द्रका अजय विकले गोल गर्दै खेल बराबरिमा ल्याएका हुन् । त्यस्तै दोस्रो हाफको अतिरिक्त समयमा मच्छिन्द्रका सुसिल केसिले गोल गर्दै टिमको जित निश्चित पारे ।

सातबुँदे पालना भए सरकारमा —एमाले



काठमाडौं—८ फागुन,नेकपा एमालेले सात बुँदे सहमति पालना भएमा सरकारमा जाने भएको छ । आज बसेको स्थायी कमिटीको बैठक कांग्रेससँग भएको सहमति पालन भएमा सरकारमा जाने निर्णय गरेको हो ।

सात बुँदे सहमति गर्दै सत्ता साझेदार गर्न सहमत भएका कांग्रेस र एमालेबीच गृहमन्त्रालय कसले लिने भन्नेबारे विवाद हुँदा सरकार विस्तारसमेत हुन सकेको छैन । कांग्रेसले गृहमन्त्रालय एमालेलाई दिने सहमित नभएको बताइरहेको छ । उता एमालेले भने गृह आफूलाई दिने भद्र सहमति भएको दाबी गरेको छ ।

यस्तै, एमालेको नवौं महाधिवेशन एक महिना पर धकेलिएको छ । बैशाख ९ गतेदेखि हुने भनिएको महाधिवेशनका लागि तयारी गर्ने समय कम भएको भन्दै जेठ ३ गतेदेखि ८ गतेसम्म हुने भएको छ । आज बसेको स्थायी कमिटीले जेठमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
 

भोली सम्म मन्त्रिमण्डल बिस्तार—उपाध्याय

काठमाडौं—८ फागुन,नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले शुक्रबार सम्ममा मन्त्रिमण्डल गठनहुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता उपाध्यायले एमाले सरकारमा नआए पनि शुक्रवारसम्ममा प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिनुभयो । एमालेलाई हैसियत अनुसारको ठाँउ राख्ने भन्दै एउटा मन्त्रीलाई दुई तीन मन्त्रालयको जिम्मेवारी दिएर सानो आकारमा विस्तार गरिने बताउनुभयो ।

उपाध्यायले भन्नुभयो—आज साँझबाटै सरकार विस्तारको विषयमा छलफल हुन्छ र शुक्रवार विस्ता हुन्छ । हामि एमालेको भागको मन्त्रालय राखेर उसलाई पर्खिने योजनामा छौ ।एमालेलाई कुनै पनि हालतमा गृह र अर्थमन्त्रालय दिन नसकिने स्पष्ट पार्दै लुकेको सहमतिको नाममा नेपाल कांग्रेसलाई बदनाम नगर्न एमाले नेताहरुलाई आग्रह गर्नुभयो ।

एमाले नेताहरुले गृहमन्त्रालयको विषयमा जोडदार ढंगले कुरा उठाए पनि आफूहरुले त्यस विषयमा कुनै सहमति नगरी शिर्ष तहमा छलफल गर्न भनेको स्पष्ट पार्दै महाधिवेशन नजिकिदै गएको अवस्थामा एमालेभित्रकै समस्याले यस्तो अवस्था आएको दावी गर्नुभयो ।

झुटोकुरो भन्नेले मेसिनमा चेक गराए हुन्छ —ज्ञवाली

काठमाडौं—८ फागुन, नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्ने क्रममा कांग्रेस र एमालेवीच तीन खाले सहमति भएको खुलासा गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा दुई दलका अध्यक्षले हस्ताक्षर गरेको लिखित सात बुँदे सहमति, राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गराउने र संविधान जारी भएको ३५ दिन भित्र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रधानमन्त्रीको निर्वाचन गराउने ब्यवस्था संविधान सक्रमणकालिन ब्यवस्थामा संविधान संसोधन गरेर राख्ने विषयको ड्राफ्ट बने पनि हस्ताक्षर नभएको र अर्को प्रधानमन्त्री सहित १३ मन्त्रालय कांग्रेसले राख्ने र उप तथा गृह मन्त्रालयसहित १३ मन्त्रालय एमाले राख्ने तर अरु दल आउने भए दुबैले समान रुपमा मन्त्रालय छाडेर दिने मौखिक सहमति भएको खुलासा गर्नुभयो ।

ज्ञावलीले भन्नुभयो –सहमति नभई एमालेले हावाको भरमा ब्यक्ति र पदको निर्णय गर्दैन शंका लागे प्रहरीकोमा लाई डिटेक्टर छ,अरे कसले झुठ बोलेको छ परिक्षण गरे हुन्छ ।ज्ञावलीले गृहमन्त्रालयको विषयमा पार्टीले गरेको निर्णयमा कुनै पुनरावलोकन नहुने स्पष्ट पार्दै भएको सहमति अक्षरंश पालना नभए एमाले लतारिएर सरकारमा नजाने बताउनुभयो ।
गृह एमालेले लिए पनि प्रधानमन्त्रीले सबै प्रहरी चिफलाई गृह बाईपास गरेर रिपोर्ट लिन सक्नेभन्दै पावर एक्सरसाईज गर्न सकिने तर्क गर्नुभयो ।

१ करोड १९ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी

काठमाडौं—८ फागुन, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी शैक्षिकसत्रका लागि अझै  १ करोड १९ लाख १८ हजार ५ सय ६६ थान पाठ्यपुस्तक छाप्न बाँकीरहेको जनाएको छ ।

आगामी शैक्षिकसत्रका लागि कुल अनुमानित पाठ्यपुस्तकअनुसार हालको छपाइको तयारीको अनुपातलाई आधार मान्ने हो भने यस वर्षको चैत मसान्तसम्ममा पनि करिब ४६ प्रतिशत पाठ्यपुस्तक छाप्न बाँकी हुने देखिन्छ हो  ।

वैशाखदेखि सुरु हुने नयाँ शैक्षिकसत्र २०७१ मा कुल २ करोड २५ लाख ६५ हजार थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरिएकामा फागुन ६ गतेसम्मको छपाइ तयारी ९० लाख ३८ हजार १७ थानमात्र देखिएकाले ताकेता गरिएको शिक्षा विभागका उपनिर्देशक राकेश श्रेष्ठले जानकारी दिनुभयो ।

कभर छाप्न बाँकी १६ लाख आठ हजार ४१७ थान पाठ्यपुस्तक रहेका आधारमा जम्मा एक करोड ६ लाख ४६ हजार ४ सय ३४ थान पाठ्यपुस्तक तयारी अवस्थामा रहेको जनक शिक्षाका कामु उपनिर्देशक सुजन नेपालले जानकारी दिनुभयो । केन्द्रले हाल दैनिक १ लाख ३२ हजार थान पुस्तक उत्पादन गर्दै आएको जनाएको छ ।

केन्द्रले क्षेत्रीय कार्यालय भरतपुर, पोखरा, विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढीमा रहेको सञ्चित विवरण पनि विभागलाई नियमित रुपमा उपलब्ध गराउँदै आएको छ ।

विभागले उपनिर्देशक श्रेष्ठको संयोजकत्वमा सरोकारवाला संस्थाका प्रतिनिधिसहितको उपसमिति गठन गरी पाठ्यपुस्तक तयारी र वितरणको अवस्थाको अनुगमन पनि गरिरहेको छ तर उपसमितिमा निजी क्षेत्रका प्रकाशनको विवरण प्राप्त हुन सकेको छैन।

अनुगमन समितिका सदस्य अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले जनक शिक्षाले नभ्याउने भए त्यसको उपयुक्त विकल्पका लागि समयमै छलफल हुनुपर्ने बताउनुभयो ।

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?