आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

रेडियो मेलम्चीको ब्लगमा स्वागत छ ।

हाँसो नै सबथोक हो की के हो ।

आफ्नो प्रेमीको पर्खाइमा एक महिला

सुन्दरीहरुको चर्चा बाटोमा पनि

तस्बिर कूल तामाङ

मन खोलेरै हासौ न एकैछिन तस्बिर/रेडियो मेलम्ची

Jan 1, 2014

सल्यानमा बस दुर्घटना-११ को मृत्यु , तनहुँमा ६ पर्यटकको ज्यान गयो

काठमाडौं १७ पुस ।

काठमाण्डौवाट रुकुमको लागी छुटेको बस सल्यानमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । काठमाडौंबाट छुटेको रात्री सेवाको लु १ ख ८२९० नम्वरको वस वाँझकाडा १ मोखलामा दुर्घटना हुँदा ११ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ,बसमा रहेका यात्रु बारे अझै यकिन भइसकेको छैन ।

१० जनाभन्दा बढी घाइते छन् । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मृतकको सनाखत भइसकेको छैन ।

बस आज बिहान ५ बजेतिर बाँझकाडा गाविसको मोख्लामा दुर्घटनामा परेको हो । मृतकहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी धेरै यात्रु घाइते भएका छन् ।

तनहुँमा ६ पर्यटकको मृत्यु

तनहुँमा भारतीय पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ जनाको मत्यु भएको छ ।तनहुँको बन्दीपुरमा गएराती जीप दुर्घटना हुँदा थप ६ जना घाइते भएका छन् । भारतीय पर्यटक लिएर पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको जीप मंगलबार राती तनहुँको बन्दिपुर ६, चुनपहरा नजिकैबाट मस्याङ्दी नदीमा खस्दा ६ भारतीय पर्यटकको मृत्यु भएको छ।

दुर्घटनामा परी जीप चालक सहित अन्य ५ जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेहरुमा एकै परिपारका रहेका छन् ।

मृत्यु हुनेमा भारत कोलकत्ताका ५८ वर्षीय विनयकुमार त्रिपाठी, १३ वर्षीय हेमन्त त्रिपाठी, ५६ वर्षीया कलावती त्रिपाठी, ३३ वर्षीय पुनम त्रिपाठी, २० वर्षीया नेहा त्रिपाठी र ३७ की निलम त्रिपाठी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ग१ञ ६६९ नम्बरको जीप मंगलबार राती पृथ्वी राजमार्गदेखी करिब ६० मिटर तल मस्याङ्दी नदीमा खसेको थियो।

Dec 31, 2013

थाङपालथाप गाबिसको बडा नम्बर १ खुल्ला दिशा मुक्त क्षेत्र

पुस १६ सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको थाङपालथाप गाबिसको बडा नम्बर १ सोमबारबाट खुल्ला दिशा मुक्त क्षेत्र वडा घोषित भएको छ । वडा समितिका संयोजक डिल बहादुर सिग्देलको आतिथ्यता एवम  अनुगमन समितिका संयोजक मोतिकृष्ण नगरकोटी सिडिसिएफका सूर्यचन्द्रलाल तामाङ, रामजी पौड्याल लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुको उपस्थितमा थाङपालथाप गाबिसको बडा नम्बर १ सोमबार खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको हो ।
शौचालय निर्माण अन्तिम चरणमा पुगेकाले थाङपालथाप गाबिसका अन्य वडाहरु प्नि चाडँै खुल्ला दिशा मुक्त क्षेत्र हुदँछन ।सन् २०१५ सम्म जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने अभियान चलिरहदा अलिे जिल्लाका सबै गाबिसमा तिब्र गतिमा शौचालय निर्माणको कामले ब्यापकता पाएको छ भने समयमै चपीनिमर्नण गर्ने गाबिसलाई पुरस्कारको ब्यस्था समेत गरिएपछि स्थानियहरु थप हौसिएका छन । 

Dec 30, 2013

‘ए’ डिभिजन लीगमा आज मनाङ र ब्वाइज युनियन भिड्ने

काठमाडौं १५ पुस ।  राजधानीमा आजबाट सुरु हुने सहिद स्मारक लिगमा ‘ए’ डिभिजन लीगमा  आज  हुने पहिलो उद्घाटन खेलमा मनाङ र नवप्रवेशी ब्वाइज युनियन भिड्नेछन् । ब्वाइज ‘ए’ डिभिजनमा नै रहने लक्ष्य लिएको क्लब हो भने मनाङ उपाधि दावेदार क्लब हो । दिउसोँ १ बजे दुई टिम बिच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा अन्तिम दुई स्थानमा रहने टिम रेलिगेसनमा पर्ने छ भने शीर्ष स्थानमा रहने टिमले आगामी वर्ष हुने प्रेसिडेन्टकपमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने छ ।

यसअघि भएको एनसेल कपको समूह चरण तथा फाइनल दुवैमा मनाङले ब्वाइजलाई पराजित गरेको थियो । आज नै हुने अर्को खेलमा विभागीय टिम आर्मीले जावलाखेल विरुद्ध खेल्दै छ गत वर्ष उत्कृष्ट प्रदर्शन गरेको आर्मी यो पटक पनि उपाधि दावेदार मानिएको छ ।

एमाओवादी केन्द्रीय कार्यालयको बैठक जारी

काठमाडौं १५ पुस । एकीकृत नेकपा माओवादीले समानुपातिकतर्फका सभासद्् छनोटका लागि आज छलफल गर्दैछ । बिहान केन्द्रीय कार्यालयको बैठक बसि नाम तय गर्ने एकीकृत माओवादीले जनाएको छ । हिजो केन्द्रीय समितिको बैठले अन्तिम टुङ्गो लगाउने जिम्मा केन्द्रीय कार्यालयलाई दिएको थियो । प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीले तय गरेको कार्यविधिभित्र रहेर केन्द्रीय कार्यालयले नाम छान्ने बताउनुभयो । सभासद्् छनोटका लागि एकीकृत माओवादीले पाँचबुँदे कार्यविधिसमेत पारित गरेको छ । कार्यविधिमा जनयुद्धमा विशेष योगदान गरेका, घाइते, अपाङ्ग र बेपत्ता योद्धाका परिवार, सहिद परिवार र पार्टीमा लामो समयदेखि योगदान गरेकालाई पहिलो प्राथमिकता राख्नुपर्ने भन्ने छ । एमाओवादी केन्द्रीय कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल तथा नेता डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी रहनुभएको छ । बिहान उहाँहरुबीच छलफल हुँदैछ । एकीकृत माओवादीले समानुपतिकतर्फ ५४ जना सभासद्् पाएको छ । यसैबीच मधेसवादी दलहरुले पनि आज सभादको सूची तयार गरेर आयोगमा बुझाउने बताएका छन् ।

आज गुरुङ समुदायको तमु ल्होछार

rambaran_khilrajपौष १५  काठमाडौं । गुरुङ समुदायको तमु ल्होछार पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषदका अध्यक्ष तथा विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् ।
शुभकामनामा गुरुङ समुदायमा नयाँ वर्षले हर्षोल्लासको ल्याउने विश्वास व्यक्त गर्दै नेपालीहरुले नयाँ संविधान छिट्टै पाओस भन्ने कामना गर्न उनीहरुले छुटाएका छैनन् ।
राष्ट्रपति. रामवरण यादवले शान्ति र समृद्धिको हार्दिक शुभकाना दिँदै मुलुकले चाँडो नयाँ संविधान प्राप्त गरोस् भन्ने कामना गरेका छन् ।
एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले तमु ल्होछार पर्वले सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने आशा राखेका छन् ।
त्यस्तै उपराष्ट्रपति परमानन्द झाले शान्ति, समृद्धि र नयाँ संविधान आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै सबै नेपालीलाई एकतावद्ध गर्दै आपसी सहमति र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई पे्ररित गरोस् भन्ने कामना गरेका छन् ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ‘साँस्कृतिक रूपमा पृथक रहेतापनि राष्ट्र र राष्ट्रियताको सन्दर्भमा एकाताबद्ध भई अग्रसर हुन हामी सबैलाई प्रेरणा र उर्जा प्राप्त भइरहोस् भन्ने कामना गर्दछु’ भनेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एक विज्ञप्ति जारी गरी तमु जातिको  ल्होसारले आफ्ना धर्म, संस्कृति, रीति रिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको उल्लेख गर्दै यस पर्वले समाजमा सद्भावना बढाउदै मुलुकमा शान्ति,सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने  विश्वास व्यक्त गरेका छन् ।
हिन्दु राष्ट्रको माग गरिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि तमु ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण गुरुङ दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, समृद्धि र सुस्वास्थ्यको कामना गरेको छ ।

अलजजीरा टेलिभिजनका तिन पत्रकार गिरफतार


-
कूल तामाङ पुष १५ एजेन्सिको सहयोगमा
अलजजीरा टेलिभिजनका तिन पत्रकारलाई प्रहरीले गिरफतार गरेको छ । मुस्लिम ब्रदरहुड संगठनका सदस्यहरुसंग गैरकानुनी रुपमा बैठक बसेको आरोपमा प्रहरीले ३ जना पत्रकारलाई इजिप्टको राजधानी कायरोबाट गिरफतार गरेको हो ।ईजिप्टको गृह मंत्रालयले एक वक्तव्य जारी गर्दै टेलिभिजनले राष्ट्रिय सुरक्षामाथि खतराहुने खालका समाचार प्रशारण गरेको र मुस्लिम ब्रदरहुड संगठनका सदस्यहरुसंग मिलेर सरकारबिरुद्धका क्रियाकलापमा संलग्न भएको भन्दै ती पत्रकारहरुलाई गिरफतार गरेको हो । गिरफतारीसंगै प्रहरीले कैमरा लगायतका सामाग्रीसमेत जफत गरेको छ ।गिरफतार हुने पत्रकारमा अलजजिराको अग्रेजी टीमका एक सदस्य तथा बीबीसीका पूर्व संम्बाददाता पीटर ग्रेष्टे समेत रहेका छन ।मुस्लिम ब्रदरहुडलाई पछल्लो हप्तामा आतंकवादी संगठन घोषिणा गरिएको थियो ।

भिरबाट लडेर महिलाको ज्यान गयो

पौष १४ सिन्धुपाल्चोक । भिरबाट लडेर बाँसबारीमा एक महिलाको ज्यान गएको छ। आफन्तकोबाट घर फर्कने क्रममा बडानम्बर ८ र ९ को सिमानामा पर्ने भिरबाट खसेर स्थानीय ४८ बर्षिय तिउरी तामाङको शनिबार बेलुकी ज्यान गएको हो । मृतको तमाङको आईतबार तामाङ परम्परा अनुसार अन्त्येष्ठि गरिएको छ ।

बासखर्कमा १० लाखको बजेट

पौष १४ सिन्धुपाल्चोक । याङरी लार्की स्थानिय सरोका्कार समितिले आज बासखर्क गाबिसका बिभिन्न बडाहरुमा शिक्षा स्वास्थ्य र यातायातका शिर्षकमा १० लाख रुपैयाको बजेट बिनियोजन गरेको छ । बासखर्क गाबिसको भवनमा आज भएको कार्यक्रमा समितिका केन्द्रिय प्रतिनिधी प्रेम बम्जनको रोहबरमा उक्त रकम बिनियोजन गरिएको स्थानिय शिक्षक अनिल कुमार तामाङले जानकारी निुभयो ।

एसीसी यु–१९ एसिया कप: भारतसंग नेपाल ९ विकेटले पराजित


पौष १४ सिन्धुपाल्चोक । युएईमा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । आज भएको दोस्रो खेलमा नेपाल भारतसंग ९ विकेटले पराजित भएको हो । युएईको आईसीसी ग्लोबल क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ थालेको नेपालले ४४ दशमलब ४ ओभरको समाप्तीमा सबै विकेट गुमाउदै १३८ रन बनाएको थियो । १३९ रनको लक्ष्य पछ्याएको भारतले १ विकेटको क्षतिमा २५ दशमलव १ ओभरमै १३७ रन बनाउदै बिजयी लक्ष्य भेट्टायो । भारतको जितमा विजय झोल तथा यखिल हेर्वादकर ले नटआउट रहँदै क्रमश १ छक्का र ८ चौकाको मदतमा ७१ तथा १ छक्का र ९ चौकाको मदतमा ६१ रनको योगदान गरे । भारतको १ मात्र विकेट नेपालका बिभत्सु थापाले लिएका थिए ।नेपालको विकेट लिने क्रममा दिपक होडाले सर्वाधिक ५ विकेट लिए भने सर्फरज खानले २ ,करण कईलाले २ तथा  छमा मिलिनण्डलले १ विकेट लिए ।
हारसंगै नेपालको सेमिफाइनल प्रबेशको सम्भावना टुङिगएको छ ।  यसअघि हिजो भएको खेलमा पाकिस्तानसंग नेपाल १३२ रनले पराजित भएको थियो । २००९ पछि नेपालले उमेर समुहमा कुनै उपाधि जित्न सकेको छैन ।अब नेपालले पर्सि मंगलबार युएईसंग खेल्ने छ ।

मिस्रमा प्रहरी र मुस्लिम ब्रदरहुडका समर्थकबिच हिंस्रक झडप ।

पौष १४ 
मिस्रमा प्रहरी र मुस्लिम ब्रदरहुडका समर्थकबिच भएको हिंस्रक झडपमा परि एक जनाको ज्यान गएको छ भने राजधानी कायरोको युनिभर्सिटी परिसरमा मुस्लिम ब्रदरहुडका सर्मथकहरुले आगजनी गरिदिएका  छन । त्यहाँको सरकारी समाचार संस्थाका अनुसार आगलागिबाट युनिभर्सिटीको सम्पुर्ण कागजपत्र जलेर नष्ट भएपछि हुन लागेको परिक्षा प्रभाबित भएको छ । आगलागिबाट युनिभर्सिटी पूर्ण रुपमा जलेर नष्ट भएको छ । पछिल्लो समय सुन्नी इस्लामको प्रमुख मुख्य अध्ययन केन्द्र मध्ये अलअजहर यूनिवर्सिटीमा, मुस्लिम ब्रदरहुड समर्थक छात्र र प्रहरीबिच झडप हुने थलो बन्दै गएको छ । यसैबिच मुस्लिम ब्रदरहुडले भने आफूहरुले आगजनी नगरेको भन्दै प्रहरीले आफूहरु माथि झुठा आरोप लगाएको दाबी गरेको छ । प्रहरीले घटनामा संलग्न करिब ६० जनलालाई नियन्त्रणमा लिएको छ ।

निरन्तर अनुगमनपछि ३ नम्बर क्षेत्रमा शौचालय निर्माणमा तिब्रता

पौष १४ सिन्धुपाल्चोक ।
सन २०१५ सम्ममा सिन्धुपाल्चोक जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र  Open Defecation Free or ODF)घोषणा गर्ने अभियान अन्तर्गत अहिले जिल्लाको ३ नम्बर क्षेत्रमा शौचालय निर्माणको कामले तिब्रता पाएको छ । बिशेष गरी ३ नम्बर क्षेत्रका भोटेनाम्लाङ,थाङपालधाप,भोताङ,गुन्सा,बरुवा बासखर्क,दुवाचौर, पाल्चोक,महाकाल,ईचोक,किउल,तालामाराङ,ज्यामिरे लगायतका गाबिसमा अहिले भटाभट शौचालय निमाणको काम भईरहेको अनुगमनमा संलग्न हाम्रा सहकर्मी देवराज सुबेदीले जनकारी दिनुभयो । अधिकास ठाउमा शौचालय निर्माणमा ढिलाई भईरहेका बेला अनुगमनपछि शौचालय निर्माणमा तिब्रता आएको हो । भोटेनाम्लाङको माथिल्लो बस्तिमा भने बाक्लोघरहरु रहेका कारण शौचालय निर्माणका लागि ठाउँनै नभएको समस्या देखिएको छ । जिल्लमा खुला दिशा मुक्त अभियान चलिरहँदा जिल्लाको थाङपालधाप,भोटेनाम्लाङ, दुवाचौर लगाएतका प्राय गाबिसमा सचिव नहुँदा अभियानमा समस्या आएको छ भने सेवा ग्राहीले सेवा समेत पाउन सकेका छैनन । केहि ठाउँमा आर्थिक अबस्था कमजोर भएका तथा कोही ठाउँमा गलत शन्देश गएका कारण शौचालय निर्माण हुन सकेको छैन । अनुगमनका क्रममा भोटेनाम्लाङको तिपेनीलगायतका क्षेत्रमा  शौचालयको ढल सिधै खोलामा मिसार्ईएको पाईएको छ ।
यसैबिच जिल्लाको ३ ओटा गाबिस ठूलो पाखर,सानो सिरुवारी र घोर्थली चाँडै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा हुदैछन भने आज प्रकमुख जिल्ला अधिकारी डिल्लीराज पोखरलको उपस्थितिमा ठूलो सिरुवारी गाबिस खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ । सरसफाई गुरु योजना २०११ का अनुसार “खुल्ला दिसामुक्त भन्नाले खुल्ला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिसामा झिँगा बस्न नसक्ने गरी खालडोमा ढक्कन लगाइएको अवस्थाले चर्पीमा खुल्ला दिसामुक्त जनाउँदछ ।तर ढक्कन नभएको खालडोमा दिसा संकल्ऽन गरेपछि त्यस अवस्थाले चाहीँ खुल्ला दिसायुक्त अवस्था नै जनाउँदछ” खुल्ला दिसामुक्त अवस्थाले पानी सिर्जित रोगहरु जस्तै जटिल श्वासप्रश्वास संक्रमण ए.आर.आइ., झाडा पखाला, हैजा, टाइफाइड, हेपटाइटिस र परजीवीको थुप्रो लाग्ने जस्ता समस्या – जुन हाम्रा गाउँघरमा सबैल् भोगेका छन यी रोगहरुबाट छुटकारा पाइन्छ । यी समस्याबाट, जाबो एउटा चर्पी नहुँदा, हरेक वर्ष नेपालमा पाँच वर्षभन्दा मुनिका १० हजार ५ सय बालबालिकाको औसतमा हरेक दिन २९ जना बालबालिकाको मृत्यु भइरहेको छ।

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?