कूल तामाङ फागुन १२ सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको ज्यामिरेमा रहेको ईन्द्रावती तेस्रो जलबिद्युत आयोजना बन्द हुने अबस्थामा पुगेको छ ।संञ्चालहरुबिच कम्पनी कब्जा गर्ने होडबाजी चलेका कारण आर्थिक संकट उत्पन्न भएपछि बिग्रिएको सामान मर्मत सम्भार हुन नसक्दा ७ दशमलब ५ मेगावाट क्षमताको आयोजना अन्तत बन्द हुने अबस्थामा पुगेको हो । आयोजना बन्द भएमा सिन्धुपाल्चोकको ३ नम्बर क्षेत्र लगायत २ नम्बरको ५ वटा गाबिसह?ले राष्ट्रिय लोडसेडिङ अनुसारकै चरम मार खेप्नु पर्ने कर्मचारी युनियनका अध्यक्ष युवराज गिरीको भनाई छ ।

बिद्युत उत्पादनमा प्रयोग हुने ३ वटा टर्वाईन मध्ये एउटाले काम गर्न छोडिसकेको छ । बाँकी मध्ये २ वटा टर्वाइन कुनै पनि बेला बिग्रने सक्ने आयोजनाका कर्मचारीह? बताँउछन ।हाल तिपेनीको खाल्डेखोलामा सञ्चालमा रहेको आयोजनाको टर्वाईनको १६ एमएम थिकनेस मोटाईमा अब ३ एमएम मात्र बाँकी छ ।बाँकी ३ एमएम छिनेपछि आयोजनाना पूर्ण ?पमा बन्द हुने अयोजनाका एक कर्मचारीले बताए । टवाईन बनाउन करौडौ ?पिया चाहिन्छ,सञ्चालकह?बिच बिबाद चर्किदो छ तलब नपाएको थुपा्रे भैसक्यो कसरी समस्या समाधान होला? एक कर्मचारीले गुनासो गरे ।
संचालकह?बिच कम्पनी कब्जा गर्ने होडबाजीकै कारण मर्मत सम्भारको त कुरै छौडौ , बिगत ४ बर्षदेखि कर्मचारीह?को तलब भत्ता समेत समायोजन हुन नसकेको कर्मचारी युनियनका अध्यक्ष गिरीको भनाई छ । ७ दशमलब ५ मेगावाट क्षमताको आयोजनाले अहिले ३ मेगावाट मात्र बिद्युत उत्पादन गरिरहेको छ । टर्वाइनमा समस्या भएका कारण चाहे जति बिद्युत उत्पादन हुन नसकेको हो ।
उत्पादित बिद्युतलाई स्थानिय स्तरमा बितरण गरिएको छ भने बाँकी बिद्युत ईन्द्राबती पाँचखाल ६६ केभि प्रशारण लाईन मार्फत केन्द्रिय प्रशारण लाईनमा जोडिएको छ ।आयोजना बन्द भएमा सिन्धुपाल्चोकको ३ नम्बर क्षेत्र लगायत २ नम्बरको ५ वडा गाबिसह?ले राष्ट्रिय लोडसेडिङ अनुसारकै चरम मार खेप्नु पर्ने गिरीको भनाई छ । आयोजना बन्द हुने छाँटकाट देखिएपछि आयोजनाको सुरक्षाका लागि ५८ सालदेखि बस्दै आएको नेपाली सेनाको टोली गत माघ २६ देखि नै मेलम्ची ब्यारेकमा सरिसकेको छ ।
कर्मचारीह?ले कम्पनिको सुरक्षित भबिष्यका लागि लगानी कर्ताह?को जनस्तरबाटै चासो हुनु पर्ने भनि बिभिन्न १४ वटा प्रत्यक्ष सरोकार राख्ने निकायह?लाई पत्राचार गरिसकेको छ । ईन्द्रावती तेस्रो जलबिद्युत आयोजना बन्द भए यसको असर थाङपालधापमा रहेको हाँडीखोला लघुजलबिद्युत आयोजनालाई पनि पर्ने छ । १ मेगावाट क्षमताको हाँडीखोललाले हाल ३ सय किलोवाट बिद्युत उत्पादन गरिरहेको छ ।

0 comments:
Post a Comment