जागेश्वरी निम्न माध्यामिक विद्यालय , तालामाराङले आफ्नो ३५औं वार्षित्कोत्सव आज एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथीको स्थानबाट बोल्दै संविधानसभाका नवनिर्वाचित सदस्य शेर ब. तामाङले त्यस क्षेत्रका अभिभावकलाई विद्यालयसम्म आफ्ना नानी बाबुलाई पठाएर सुन्दर भविष्य सुनिश्चित पार्न अनुरोध गर्नुभयो । जिल्लाका माथिल्लो भेगका प्राथामिक तथा निम्न माध्यामिक विद्यालयहरुमा सबै बालबालिका विद्यालयसम्म नपुग्ने र कतिपयले बिचमै पढाई छाड्ने अवस्था रहेको छ । त्यसै कुरालाई सम्बोधन गर्दै श्रोत व्याक्ति भिम ब. कार्कीले पनि विद्यालयमा विद्यार्थी आउने वातावरण बनाउन सबैले जोडदिनुपर्ने तर्क गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका क्षेत्रिय अध्यक्ष बालकृष्ण देउजा लगायतको उपस्थिती थियो । सो अवसरमा विद्यालयका प्रध्यानाध्यापक माधबप्रसाद ढुंगानाले आव ६९÷७० को विद्यालयका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभयो । विद्यार्थीका विभिन्न प्रतिभाले कार्यक्रमको रौनकता थपेको थियो भने कार्यक्रम विव्यस अध्यक्ष मइत तामाङको सभापतित्वमा सम्पन्न भएकोथियो । विद्यालयले जनजाती समुदायको बाहुल्यता रहेको गाविसको वडा नं. १, ३, ४ का विद्यार्थीलाई शैक्षिक सेवा प्रदान गर्दै आएको छ ।







0 comments:
Post a Comment