श्रुजना बराल
पुस २१ ।असोज १ गतेबाट घरेलु तथा साना उद्योग सिधुपाल्चोक तथा नमुना महिला समिती दुवाचौरको आयोजनामा सुरु भएको सिलाई कटाई तालिमको आज समापन गरिएको छ । २३ जा महिलाहरुको सहभागितामा संञ्चालित उक्त समापन कार्यक्रममा तालिममा सहभागि महिलाहरुलाई प्रमाण पत्र र प्रसंसा पत्र समेत वितरण गर्रिएको थियो ।
समापन कार्यक्रमका अवसरमा सहभागी महिलाहरु मध्यका ३ जना महिलालाइ ६० प्रतिशत अनुदानमा सिलाई मिसीन पनि वितरण गरिएको छ । आफनै गाउँठाउँमा भएका स्रोत साधनको उपयोगm गर्ने र स्वबलम्वी बनाउने उद्देश्यका साथ संञ्चालन गरिर्एको तालिममा सहभागीहरु अब भने केही गर्न सकिने भएको बताउँछन ।
कार्यक्रममा सृजनशिल महिला समुहका अध्यक्ष मिना कुमारी गिरि , प्रशिक्षक मनु घले र विशेष अतिथि गाउँ समुदायिक समितिका अध्यक्ष ज्ञनेन्द्र श्रेक्ष्ठ लगायतले केहि गरेर देखाउन आग्रह समेत गर्नुभयो । कार्यक्रमलाई संबोधन गदै घरेलु तथा साना उद्योगका नासु कपिल अधिकारीले यदि प्रशिक्षार्थीहरुले चाहेमा अन्य वर्षमा पनि यस्तो कार्यक्रम गर्न सकिने बताउनु भयो ।







0 comments:
Post a Comment