आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Jan 1, 2014

सल्यानमा बस दुर्घटना-११ को मृत्यु , तनहुँमा ६ पर्यटकको ज्यान गयो

काठमाडौं १७ पुस ।

काठमाण्डौवाट रुकुमको लागी छुटेको बस सल्यानमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । काठमाडौंबाट छुटेको रात्री सेवाको लु १ ख ८२९० नम्वरको वस वाँझकाडा १ मोखलामा दुर्घटना हुँदा ११ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ,बसमा रहेका यात्रु बारे अझै यकिन भइसकेको छैन ।

१० जनाभन्दा बढी घाइते छन् । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मृतकको सनाखत भइसकेको छैन ।

बस आज बिहान ५ बजेतिर बाँझकाडा गाविसको मोख्लामा दुर्घटनामा परेको हो । मृतकहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी धेरै यात्रु घाइते भएका छन् ।

तनहुँमा ६ पर्यटकको मृत्यु

तनहुँमा भारतीय पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ जनाको मत्यु भएको छ ।तनहुँको बन्दीपुरमा गएराती जीप दुर्घटना हुँदा थप ६ जना घाइते भएका छन् । भारतीय पर्यटक लिएर पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको जीप मंगलबार राती तनहुँको बन्दिपुर ६, चुनपहरा नजिकैबाट मस्याङ्दी नदीमा खस्दा ६ भारतीय पर्यटकको मृत्यु भएको छ।

दुर्घटनामा परी जीप चालक सहित अन्य ५ जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेहरुमा एकै परिपारका रहेका छन् ।

मृत्यु हुनेमा भारत कोलकत्ताका ५८ वर्षीय विनयकुमार त्रिपाठी, १३ वर्षीय हेमन्त त्रिपाठी, ५६ वर्षीया कलावती त्रिपाठी, ३३ वर्षीय पुनम त्रिपाठी, २० वर्षीया नेहा त्रिपाठी र ३७ की निलम त्रिपाठी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ग१ञ ६६९ नम्बरको जीप मंगलबार राती पृथ्वी राजमार्गदेखी करिब ६० मिटर तल मस्याङ्दी नदीमा खसेको थियो।

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?