3:19 PM

माघ १६ काठमाण्डौ ।मनाङ मस्र्याङदी क्लबलाई बराबरीमा रोक्दै नेपाल पुलिसले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा अंक बाडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा आज भएको पहिलो खेलमा पुलिस र मनाङले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन । ३१ औँ मिनेटमा दिपक राईको गोलबाट अग्रता लिएको थ्री स्टारले दास्रो हाफमा लय सम्हाल्न सकेन । खेलको ६८ औँ मिनेटमा पुलिसका भरत खबासले बरबरी गोल फर्काए । बराबरीसंगै शिर्ष स्थानको मनाङको २३ अंक पुगेको छ भने पुलिसले मछिन्द्रसंग अंक बराबरी गरेको छ ।
0 comments:
Post a Comment