काठमाडौं—८ फागुन । प्रशान्त पाण्डेले नेपाल प्रहरीविरुद्ध संयुक्त राष्ट्र संघीय मानवअधिकार समितिमा उजूरी दिएका छन् ।
सशस्त्र द्वन्द्वको समयमा प्रहरीबाट यातना पाएको भन्दै उनले मानव अधिकार सम्बन्धी संस्था ट्रायलमार्फत उजुरी दिएका हुन् । अपराधको अनुसन्धान र पीडकलाई कारवाहीका लागि नेपाल सरकारसँग माग गर्दै उजरी हालेका हुन् ।
उजुरीमा रुपन्देही प्रहरीले २०६७ चैत २४ गते गैरन्यायिक रुपमा पाण्डेलाई पक्राउ गरेर एक बर्षभन्दा बढी थुनामा राखेको उल्लेख छ । थुनामा चरम यातना दिएको भन्दै अमानवीय व्यबहार गरेको पाण्डेले बताएका छन् ।
पाण्डेका अनुसार २०६७ चैत १३ गते भएको बमकाण्डमा संलग्न भएको झुटो आरोप लगाएर प्रहरीले आँखामा पट्टी बाँध्ने, बिजुली हिटरमा पिसाब फेर्न लगाउनेजस्ता यातना दिएको थियो । यातनाका कारण गम्भीर मानसिक रोग र यौनिक दुर्बलतालगायतका समस्याहरु आएको उनले लेखेका छन् ।
जबर्जस्ती रुपमा अचेत अवस्थामा बम काण्डमा संलग्न रहेको हस्ताक्षर गर्न लगाएको भन्दै उनले यसअघि सर्वोच्चमा निवेदन दिएको पनि उल्लेख गरेका छन् । तर सर्वोच्चले सो फाइल नै नपलटाएको पाण्डेको गुनासो छ ।

0 comments:
Post a Comment