11:35 AM
काठमाडौं १५ पुस । एकीकृत नेकपा माओवादीले समानुपातिकतर्फका सभासद्् छनोटका लागि आज छलफल गर्दैछ । बिहान केन्द्रीय कार्यालयको बैठक बसि नाम तय गर्ने एकीकृत माओवादीले जनाएको छ । हिजो केन्द्रीय समितिको बैठले अन्तिम टुङ्गो लगाउने जिम्मा केन्द्रीय कार्यालयलाई दिएको थियो । प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीले तय गरेको कार्यविधिभित्र रहेर केन्द्रीय कार्यालयले नाम छान्ने बताउनुभयो । सभासद्् छनोटका लागि एकीकृत माओवादीले पाँचबुँदे कार्यविधिसमेत पारित गरेको छ । कार्यविधिमा जनयुद्धमा विशेष योगदान गरेका, घाइते, अपाङ्ग र बेपत्ता योद्धाका परिवार, सहिद परिवार र पार्टीमा लामो समयदेखि योगदान गरेकालाई पहिलो प्राथमिकता राख्नुपर्ने भन्ने छ । एमाओवादी केन्द्रीय कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल तथा नेता डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी रहनुभएको छ । बिहान उहाँहरुबीच छलफल हुँदैछ । एकीकृत माओवादीले समानुपतिकतर्फ ५४ जना सभासद्् पाएको छ । यसैबीच मधेसवादी दलहरुले पनि आज सभादको सूची तयार गरेर आयोगमा बुझाउने बताएका छन् ।
0 comments:
Post a Comment