पौष १४ सिन्धुपाल्चोक । युएईमा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । आज भएको दोस्रो खेलमा नेपाल भारतसंग ९ विकेटले पराजित भएको हो । युएईको आईसीसी ग्लोबल क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ थालेको नेपालले ४४ दशमलब ४ ओभरको समाप्तीमा सबै विकेट गुमाउदै १३८ रन बनाएको थियो । १३९ रनको लक्ष्य पछ्याएको भारतले १ विकेटको क्षतिमा २५ दशमलव १ ओभरमै १३७ रन बनाउदै बिजयी लक्ष्य भेट्टायो । भारतको जितमा विजय झोल तथा यखिल हेर्वादकर ले नटआउट रहँदै क्रमश १ छक्का र ८ चौकाको मदतमा ७१ तथा १ छक्का र ९ चौकाको मदतमा ६१ रनको योगदान गरे । भारतको १ मात्र विकेट नेपालका बिभत्सु थापाले लिएका थिए ।नेपालको विकेट लिने क्रममा दिपक होडाले सर्वाधिक ५ विकेट लिए भने सर्फरज खानले २ ,करण कईलाले २ तथा छमा मिलिनण्डलले १ विकेट लिए ।
हारसंगै नेपालको सेमिफाइनल प्रबेशको सम्भावना टुङिगएको छ । यसअघि हिजो भएको खेलमा पाकिस्तानसंग नेपाल १३२ रनले पराजित भएको थियो । २००९ पछि नेपालले उमेर समुहमा कुनै उपाधि जित्न सकेको छैन ।अब नेपालले पर्सि मंगलबार युएईसंग खेल्ने छ ।







0 comments:
Post a Comment