शुभकामनामा गुरुङ समुदायमा नयाँ वर्षले हर्षोल्लासको ल्याउने विश्वास व्यक्त गर्दै नेपालीहरुले नयाँ संविधान छिट्टै पाओस भन्ने कामना गर्न उनीहरुले छुटाएका छैनन् ।
राष्ट्रपति. रामवरण यादवले शान्ति र समृद्धिको हार्दिक शुभकाना दिँदै मुलुकले चाँडो नयाँ संविधान प्राप्त गरोस् भन्ने कामना गरेका छन् ।
एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले तमु ल्होछार पर्वले सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने आशा राखेका छन् ।
त्यस्तै उपराष्ट्रपति परमानन्द झाले शान्ति, समृद्धि र नयाँ संविधान आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै सबै नेपालीलाई एकतावद्ध गर्दै आपसी सहमति र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई पे्ररित गरोस् भन्ने कामना गरेका छन् ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ‘साँस्कृतिक रूपमा पृथक रहेतापनि राष्ट्र र राष्ट्रियताको सन्दर्भमा एकाताबद्ध भई अग्रसर हुन हामी सबैलाई प्रेरणा र उर्जा प्राप्त भइरहोस् भन्ने कामना गर्दछु’ भनेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एक विज्ञप्ति जारी गरी तमु जातिको ल्होसारले आफ्ना धर्म, संस्कृति, रीति रिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको उल्लेख गर्दै यस पर्वले समाजमा सद्भावना बढाउदै मुलुकमा शान्ति,सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
हिन्दु राष्ट्रको माग गरिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि तमु ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण गुरुङ दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, समृद्धि र सुस्वास्थ्यको कामना गरेको छ ।







0 comments:
Post a Comment