काठमाडौं—८ फागुन,सहिद स्मारक ए—डिभिजन लिगको सुपर सिक्समा लगातार तेस्रो खेल जित्दै मच्छिन्द्र उपाधिको बलियो दाबेदारिको रुपमा प्रस्तुत भएको छ ।
चौथो स्थानमा रहेर सुप्पर लिगको यात्रा सुरु गरेको मन्छिन्द्रले शिर्ष तिन स्थानमा रहेका मनाङ, थ्रीस्टार र पुलिसलाई पराजित गर्दै उपाधिको लागि बलियो स्थितिमा पुगेको छ । आजको खेलमा नेपाल पुलिस क्लब लाई पराजित गर्दै मच्छिन्द २८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मच्छिन्द्रले नेपाल पुलिसलाई २–१ गोलले पराजित ग¥यो ।
खेलको पहिलो हाफको ११ औ मिनेटमा पुलिसका भरत शाहले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको १ गोलको अग्रता लिएको पुलिसले दोस्रो हाफाको अन्तीम समयमा दुई गोल खान पुग्यो ।
दोस्रो हाफको ८७ औं मिनेटमा मच्छिन्द्रका अजय विकले गोल गर्दै खेल बराबरिमा ल्याएका हुन् । त्यस्तै दोस्रो हाफको अतिरिक्त समयमा मच्छिन्द्रका सुसिल केसिले गोल गर्दै टिमको जित निश्चित पारे ।

0 comments:
Post a Comment