काठमाडौं—८ फागुन, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी शैक्षिकसत्रका लागि अझै १ करोड १९ लाख १८ हजार ५ सय ६६ थान पाठ्यपुस्तक छाप्न बाँकीरहेको जनाएको छ ।
आगामी शैक्षिकसत्रका लागि कुल अनुमानित पाठ्यपुस्तकअनुसार हालको छपाइको तयारीको अनुपातलाई आधार मान्ने हो भने यस वर्षको चैत मसान्तसम्ममा पनि करिब ४६ प्रतिशत पाठ्यपुस्तक छाप्न बाँकी हुने देखिन्छ हो ।
वैशाखदेखि सुरु हुने नयाँ शैक्षिकसत्र २०७१ मा कुल २ करोड २५ लाख ६५ हजार थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरिएकामा फागुन ६ गतेसम्मको छपाइ तयारी ९० लाख ३८ हजार १७ थानमात्र देखिएकाले ताकेता गरिएको शिक्षा विभागका उपनिर्देशक राकेश श्रेष्ठले जानकारी दिनुभयो ।
कभर छाप्न बाँकी १६ लाख आठ हजार ४१७ थान पाठ्यपुस्तक रहेका आधारमा जम्मा एक करोड ६ लाख ४६ हजार ४ सय ३४ थान पाठ्यपुस्तक तयारी अवस्थामा रहेको जनक शिक्षाका कामु उपनिर्देशक सुजन नेपालले जानकारी दिनुभयो । केन्द्रले हाल दैनिक १ लाख ३२ हजार थान पुस्तक उत्पादन गर्दै आएको जनाएको छ ।
केन्द्रले क्षेत्रीय कार्यालय भरतपुर, पोखरा, विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढीमा रहेको सञ्चित विवरण पनि विभागलाई नियमित रुपमा उपलब्ध गराउँदै आएको छ ।
विभागले उपनिर्देशक श्रेष्ठको संयोजकत्वमा सरोकारवाला संस्थाका प्रतिनिधिसहितको उपसमिति गठन गरी पाठ्यपुस्तक तयारी र वितरणको अवस्थाको अनुगमन पनि गरिरहेको छ तर उपसमितिमा निजी क्षेत्रका प्रकाशनको विवरण प्राप्त हुन सकेको छैन।
अनुगमन समितिका सदस्य अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले जनक शिक्षाले नभ्याउने भए त्यसको उपयुक्त विकल्पका लागि समयमै छलफल हुनुपर्ने बताउनुभयो ।

0 comments:
Post a Comment