आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

रेडियो मेलम्चीको ब्लगमा स्वागत छ ।

हाँसो नै सबथोक हो की के हो ।

आफ्नो प्रेमीको पर्खाइमा एक महिला

सुन्दरीहरुको चर्चा बाटोमा पनि

तस्बिर कूल तामाङ

मन खोलेरै हासौ न एकैछिन तस्बिर/रेडियो मेलम्ची

Feb 27, 2014

बालसुधार उच्चमाबिले मनायो आफनो ५६ औँ बर्षगाँठ

  • photo by Azota coolकूल तामाङ  फागुन १ ५ । स्थापनाको ५५ बर्ष पूरा गरि ५६ औ बर्षमा प्रबेश गरेको अवसर पारेरबालसुधार उच्चमाबि दुवाचौरले बुधबार आफनो ५६ औँ बर्षगाँठ तथा १४ औँ अविभावक दिवस भव्यताकासाथ मनाएको छ । दुबवाचौर ३ स्थित बिद्यालयको प्राङगणमा बुधबार सम्पन्न कार्यक्रममाबिद्यालयका बिद्यार्थीहरुले बिभिन्न सांगितक कार्यक्रमहरु समेत प्रदर्शन गरेका थिए । कार्यक्रमको एकसमारोहका बिच संबिधानसभाका माननिय सभाषद शेर बहादुुर तामाङले दिप प्रज्वलन गरि उद्घाटनगर्नुभएको थियो । बिद्यालयको बार्षिक  प्रगति बिवरण प्रस्तुत गर्दै बिद्यालयका प्रधानाध्यापक शुरतश्रेष्ठले अब बिद्यालयका हरेक गतिबिधि बिद्यालयको वेभसाईट:www.balsudharschool.edu.npमा अपटडेट हुने भएकाले बिद्यालयको आर्थिक बिवरण पारदर्शीहुने बताउनुभयो । कार्यक्रममा बालाबलिका देखि ९० बर्ष भन्दा माथीका ज्येष्ठ नागरिक हरु, चाईल्डनेपालका प्रतिनिधी, जिल्ला शिक्षाकार्यालयका प्रतिनिधि राजनितिक दलका प्रतिनिधि, सामाजिकसंघसस्थाका प्रतिनिधिहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । तत्कालिन प्रधान पञ्चहरुस्वर्गियअजम्बर श्रेष्ठ र चित्रप्रसाद उपाध्यायको संयुक्त अगुवाईमा २०१४ साल फागुन १४ अर्थात आजकैदिन यस बिद्यालयको स्थापना भएको थियो ।  कार्यक्रममा एक समारोहका बिच बिद्यालयसंञ्चालानार्थ आर्थीक सहयोग गर्नुहुने चन्दादाताहरुलाई सभासद शेरबहादुर तामाङले दोसल्ल प्रमाणपत्र र मेडलसहित सम्मान गर्नुभएको थियो ।

Feb 24, 2014

संञ्चालकहरु को बिवादका कारण ईन्द्रावती तेस्रो जलबिद्युत आयोजना बन्द हुदैँ

कूल तामाङ फागुन १२ सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको ज्यामिरेमा रहेको ईन्द्रावती तेस्रो जलबिद्युत आयोजना बन्द हुने अबस्थामा पुगेको छ ।संञ्चालहरुबिच कम्पनी कब्जा गर्ने होडबाजी चलेका कारण आर्थिक संकट उत्पन्न भएपछि बिग्रिएको सामान मर्मत सम्भार हुन नसक्दा ७ दशमलब ५ मेगावाट क्षमताको आयोजना अन्तत बन्द हुने अबस्थामा पुगेको हो । आयोजना बन्द भएमा सिन्धुपाल्चोकको ३ नम्बर क्षेत्र लगायत २ नम्बरको ५ वटा गाबिसह?ले राष्ट्रिय लोडसेडिङ अनुसारकै चरम मार खेप्नु पर्ने कर्मचारी युनियनका अध्यक्ष युवराज गिरीको भनाई छ । 

बिद्युत उत्पादनमा प्रयोग हुने ३ वटा टर्वाईन मध्ये एउटाले काम गर्न छोडिसकेको छ । बाँकी मध्ये २ वटा टर्वाइन  कुनै पनि बेला बिग्रने सक्ने आयोजनाका कर्मचारीह? बताँउछन ।हाल तिपेनीको खाल्डेखोलामा सञ्चालमा रहेको आयोजनाको टर्वाईनको १६ एमएम थिकनेस मोटाईमा अब ३ एमएम मात्र बाँकी छ ।बाँकी ३ एमएम छिनेपछि आयोजनाना पूर्ण ?पमा बन्द हुने अयोजनाका एक कर्मचारीले बताए । टवाईन बनाउन करौडौ ?पिया चाहिन्छ,सञ्चालकह?बिच बिबाद चर्किदो छ तलब नपाएको थुपा्रे भैसक्यो कसरी समस्या समाधान होला? एक कर्मचारीले गुनासो गरे ।

संचालकह?बिच कम्पनी कब्जा गर्ने होडबाजीकै कारण मर्मत सम्भारको त कुरै छौडौ , बिगत ४ बर्षदेखि कर्मचारीह?को तलब भत्ता समेत समायोजन हुन नसकेको कर्मचारी युनियनका अध्यक्ष गिरीको भनाई छ । ७ दशमलब ५ मेगावाट क्षमताको आयोजनाले अहिले ३ मेगावाट मात्र बिद्युत उत्पादन गरिरहेको छ । टर्वाइनमा समस्या भएका कारण चाहे जति बिद्युत उत्पादन हुन नसकेको हो ।

उत्पादित बिद्युतलाई स्थानिय स्तरमा बितरण गरिएको छ भने बाँकी बिद्युत ईन्द्राबती पाँचखाल ६६ केभि प्रशारण लाईन मार्फत केन्द्रिय प्रशारण लाईनमा जोडिएको छ ।आयोजना बन्द भएमा सिन्धुपाल्चोकको ३ नम्बर क्षेत्र लगायत २ नम्बरको ५ वडा गाबिसह?ले राष्ट्रिय लोडसेडिङ अनुसारकै चरम मार खेप्नु पर्ने गिरीको भनाई छ । आयोजना बन्द हुने छाँटकाट देखिएपछि आयोजनाको सुरक्षाका लागि  ५८ सालदेखि बस्दै आएको नेपाली सेनाको टोली गत माघ २६ देखि नै मेलम्ची ब्यारेकमा सरिसकेको छ ।



कर्मचारीह?ले कम्पनिको सुरक्षित भबिष्यका लागि लगानी कर्ताह?को जनस्तरबाटै चासो हुनु पर्ने भनि बिभिन्न १४ वटा प्रत्यक्ष सरोकार राख्ने निकायह?लाई पत्राचार गरिसकेको छ । ईन्द्रावती तेस्रो जलबिद्युत आयोजना बन्द भए यसको असर थाङपालधापमा रहेको हाँडीखोला लघुजलबिद्युत आयोजनालाई पनि पर्ने छ । १ मेगावाट क्षमताको  हाँडीखोललाले हाल ३ सय किलोवाट बिद्युत उत्पादन गरिरहेको छ ।

Feb 20, 2014

नेपाल प्रहरीविरुद्ध राष्ट्र संघमा पर्‍यो उजुरी

nepal-police-logo1
काठमाडौं—८ फागुन । प्रशान्त पाण्डेले नेपाल प्रहरीविरुद्ध संयुक्त राष्ट्र संघीय मानवअधिकार समितिमा उजूरी दिएका छन् ।

सशस्त्र द्वन्द्वको समयमा प्रहरीबाट यातना पाएको भन्दै उनले मानव अधिकार सम्बन्धी संस्था ट्रायलमार्फत उजुरी दिएका हुन् । अपराधको अनुसन्धान र पीडकलाई कारवाहीका लागि नेपाल सरकारसँग माग गर्दै उजरी हालेका हुन् ।

उजुरीमा रुपन्देही प्रहरीले २०६७ चैत २४ गते गैरन्यायिक रुपमा पाण्डेलाई पक्राउ गरेर एक बर्षभन्दा बढी थुनामा राखेको उल्लेख छ । थुनामा चरम यातना दिएको भन्दै अमानवीय व्यबहार गरेको पाण्डेले बताएका छन् ।

पाण्डेका अनुसार २०६७ चैत १३ गते भएको बमकाण्डमा संलग्न भएको झुटो आरोप लगाएर प्रहरीले आँखामा पट्टी बाँध्ने, बिजुली हिटरमा पिसाब फेर्न लगाउनेजस्ता यातना दिएको थियो । यातनाका कारण गम्भीर मानसिक रोग र यौनिक दुर्बलतालगायतका समस्याहरु आएको उनले लेखेका छन् ।

जबर्जस्ती रुपमा अचेत अवस्थामा बम काण्डमा संलग्न रहेको हस्ताक्षर गर्न लगाएको भन्दै उनले यसअघि सर्वोच्चमा निवेदन दिएको पनि उल्लेख गरेका छन् । तर सर्वोच्चले सो फाइल नै नपलटाएको पाण्डेको गुनासो छ ।

२० लाखको “नोबेल पुरस्कार” दिने भनेर ढाटेको कान्तिपुरले फेसबुक लाइकमै भुलायो सबैलाई


kantiiiipuuuuur‘विदेशमा नोबल र म्यागासेसे पुरस्कार छन्, हामी पनि हाम्रा श्रद्धेय व्यक्तित्वहरूलाई राष्ट्रको ठूलो पुरस्कारले सम्मान गर्न चाहन्छौँ। त्यसको अभियान कान्तिपुरले थाल्नेछ । पुरस्कार स्थापना त्यसकै अभियान हो।’
ठ्याक्कै दुई वर्षअघि कान्तिपुर पब्लिकेशन्सको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले यस्तो घोषणा गरेका थिए।
यो नेपालकै सबैभन्दा ठूलो राशीको पुरस्कार हुनसक्थ्यो। तर विडम्बना, यो पुरस्कारको योजना बाँड्दै नबाँडी तुहिएको देखिएको छ। घोषणाको अर्को वर्ष २०७० सालमा पुरस्कार बाँड्ने भनिए पनि यो वर्ष पुरस्कारको ‘प’समेत उच्चारण गरिएको छैन।
यस्तो थियो घोषणा-
२०६८ सालको फागुन ७ मा प्रकाशित प्रकाशकीय
2068
यो बारे कान्तिपुरले समाचार पनि फागुन ८ गते छापेको थियो। हेर्नुस्-
कान्तिपुर डेमोक्रेसी आइकन घोषणा, राशि २० लाख रुपैयाँ
कान्तिपुर संवाददाता
काठमाडौ, फाल्गुन ७ –
कुनै पनि क्षेत्र वा विधाबाट लोकतन्त्रको संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने एक जनालाई कान्तिपुर पब्लिकेसन्सले हरेक वर्ष फागुन ७ गते ‘कान्तिपुर डेमोक्रेसी आइकन’ बाट सम्मान गर्ने भएको छ । आउँदो वर्षबाट प्रदान गरिने उक्त पुरस्कारको राशि २० लाख रुपैयाँ छ ।
पब्लिकेसन्स २० औं वर्ष प्रवेश गरेको अवसरमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आइतबार उक्त पुरस्कार घोषणा गरेका हुन् । उनका अनुसार उक्त ‘आइकन’ को चयन समाजका प्रतिष्ठित प्रतिनिधिहरू रहने विशेष छनोट समिति -सिनेट) र त्यसमातहतको ‘जुरी’ को सिफारिसका आधारमा गरिनेछ । लोकतन्त्र नै पत्रकारिताको आधारस्तम्भ भएकाले लोकतान्त्रिक योद्धाप्रति श्रद्धा प्रकट गर्न पुरस्कार स्थापना गरिएको अध्यक्ष सिरोहियाले बताए । नेपालमा यति ठूलो धनराशिको पुरस्कार यो पहिलो हो ।
‘विदेशमा नोबल र म्यागासेसे पुरस्कार छन्, हामी पनि हाम्रा श्रद्धेय व्यक्तित्वहरूलाई राष्ट्रको ठूलो पुरस्कारले सम्मान गर्न चाहन्छौं,’ उनले भने, ‘त्यसको अभियान कान्तिपुरले थाल्नेछ । पुरस्कार स्थापना त्यसकै अभियान हो । यसको विस्तृत कार्ययोजना केही दिनमै सार्वजनिक गरिनेछ ।’ पुरस्कार हरेक वर्ष फागुन ७ गते पब्लिकेसन्सको वाषिर्कोत्सव समारोहमा प्रदान गरिनेछ ।
प्रकाशित मिति: २०६८ फाल्गुन ८ ०९:०९ 
बोली फेरियो
२०६८ सालमा हरेक वर्ष भनिसकेपछि २०६९ सालमा पहिलो पुरस्कार बाँड्नु पर्ने हो। कान्तिपुर आफैले समाचारमा ‘नेपालमा यति ठूलो धनराशिको पुरस्कार यो पहिलो हो’ भनिसकेपछि चासो त सबैलाई हुने नै भयो। तर २०६९ सालमा यो पुरस्कार बाँडिएन। त्यसको साटो पत्रिकामा ज्याकेट एड (अघिल्लो पेजलाई ढाक्ने गरी छापिने विज्ञापन) छापी भनियो- दुई दुई वर्षमा बाँड्नेछौँ। २०७० फागुन ७ गते पहिलो पुरस्कार दिइनेछ। नाम सिफारिश पठाउन थाल्नुस्। हेर्नुस् ज्याकेट एड (ठूलो पारी हेर्न विज्ञापनमा क्लिक गर्नुहोला)
kantipur-democracy-icon-award
ज्याकेट एडसँगै त्यो दिनको पत्रिकामा भित्र प्रकाशकीयमा यस्तो लेखिएको थियो-
2069
प्रकाशकीय छापिएको इकान्तिपुरको लिङ्कमा समाचार भने हटाइएको छ। 
हरायो पुरस्कार
२०६९ सालमा छापिएको ज्याकेट एडमा स्पष्ट रुपमा २०७० फागुन ७ गते पहिलो सम्मान दिइने भनिएको थियो। तर आज २०७० सालको फागुन ७ गतेको प्रकाशकीयमा यसबारे कुनै उल्लेख गरिएको छैन। पुरस्कारको ‘प’ समेत हराएको छ। हेर्नुस्-
2070 Publishers Note
पुरस्कारको साटो यो वर्ष कान्तिपुरले फेसबुक लाइकमा आधारित वर्ष १० व्यक्तित्व घोषणा गर्‍यो।
आखिर नेपालकै सबैभन्दा ठूलो धनराशीको भनिएको अझ नोबल र म्यागासेसेसँग दाँजिएको पुरस्कार कता हरायो ? केले रोक्यो यो पुरस्कार घोषणा गर्न ? के नेपालमा डेमोक्रेसी आइकन घोषणा गर्न लायक कुनै व्यक्ति वा संस्था नै नभएको हो ? कि पुरस्कार राशी जुटाउन गाह्रो भएको हो ? २० लाख राशीको पुरस्कार किन दिइएन ? देशकै सबैभन्दा प्रभावशाली र नम्बर वन मिडिया भएकोले सोध्ने आँट कसैले गर्न सकेको छैन।
प्रस्तुत समाचार र सम्पूर्ण सामाग्री माई संसार बाट साभार गरिएको हो । यसको ओरिजिनल लिङ्क यहाँ छ– 

विद्युत प्राधिकरणका चार अधिकारी अख्तियारको हिरासतमा

akhtiyarकाठमाडौं—८ फागुन। नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्धकसहित चारजना उच्चतहका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएको छ ।
ट्रान्सफरमर खरिद सम्बन्धी ठेक्कामा अनियमतिता गरेको अभियोगमा उनीहरुलाई विहिबार हिरासतमा लियएको हो ।
प्राधिकरणका तत्कालीन प्रवन्धक कैलाशप्रसाद अटल, तत्कालीन सहायक प्रवन्धक सुरेन्द्रप्रसाद पनेरु,  तत्कालीन भण्डार प्रमुख नारायणप्रसाद चौधरी र तत्कालीन लेखा अधिकृत सुरेशकुमार कटुवाललाई अख्तियारले टंगालस्थित कार्यालयमा हिरासतमा राखेको छ ।
अख्तियार प्रवक्ता श्रीधर सापकोटाले अनुसन्धानको सिलसिलामा आयोगले हिरासतमा लिएको जनाउँदै ट्रान्स्फर्मर खरिदमा भएको भ्रष्टाचारबारे केही महिनायता अनुसन्धान जारी राखेको बताए ।

प्रेमीसँग लगनगाँठो कस्दै नायिका रेजिना उप्रेती

नायिका रेजिना उप्रेती यहि फागुन १० गते बैबाहिक बन्धनमा बाँधिने भएकी छिन् । रेजिनाले बिगत केहि बर्षदेखीको आप्नो प्रेमलाई बैवाहिक रुप दिँदै आफ्नै प्रेमी सुरज पोख्रेलसँग लगन गाँठो कस्न लागेकी हुन् । सुरज केहि बर्षयता लण्डनमा बस्दै आएका छन् । रेजिना पनि केहि समय प्रेमी सुरजसँगै लण्डनमा रहेकी थिईन् । बिवाहको लागि अहिले दुवैजना नेपाल आएका छन् ।
धादिङ स्थाई घर भएकी रेजिनाले आफ्नो वैवाहिक कार्यक्रममा सहभागिताको लागी बिभिन्न चलचित्रकर्मी तथा चलचित्र पत्रकारहरुलाई निम्ता पठाईसकेकी छिन् ।
आफ्नो लगानीमा बनाएको चलचित्र ‘वरदान’को प्रिमियरको समयमा सुरजको साथ पाएपछी यी दुईको प्रेम झनै गाढा बन्दै गएर अन्ततः विवाहमा परिणत भएको बुझिएको छ ।

पुलिसलाई हराउँदै मच्छिन्द्र उपाधी नजिक


काठमाडौं—८ फागुन,सहिद स्मारक ए—डिभिजन लिगको सुपर सिक्समा लगातार तेस्रो खेल जित्दै मच्छिन्द्र उपाधिको बलियो दाबेदारिको रुपमा प्रस्तुत भएको छ ।

चौथो स्थानमा रहेर सुप्पर लिगको यात्रा सुरु गरेको मन्छिन्द्रले शिर्ष तिन स्थानमा रहेका मनाङ, थ्रीस्टार र पुलिसलाई पराजित गर्दै उपाधिको लागि बलियो स्थितिमा पुगेको छ । आजको खेलमा नेपाल पुलिस क्लब लाई पराजित गर्दै मच्छिन्द २८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न  खेलमा मच्छिन्द्रले नेपाल पुलिसलाई २–१ गोलले पराजित ग¥यो ।

खेलको पहिलो हाफको ११ औ मिनेटमा पुलिसका भरत शाहले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको १ गोलको अग्रता लिएको पुलिसले दोस्रो हाफाको अन्तीम समयमा दुई गोल खान पुग्यो ।

दोस्रो हाफको ८७ औं मिनेटमा मच्छिन्द्रका अजय विकले गोल गर्दै खेल बराबरिमा ल्याएका हुन् । त्यस्तै दोस्रो हाफको अतिरिक्त समयमा मच्छिन्द्रका सुसिल केसिले गोल गर्दै टिमको जित निश्चित पारे ।

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?