माघ २७ चितवन । दैनिक ७० महिला सुत्केरी हुने भरतपुरको सरकारी अस्पताल परिसर दुर्गन्धले बसिनसक्नु हुन्छ । सुत्केरी गराईसकेपछिको सालनाल र अरु फोहोर राम्रो व्यवस्थापन नहुँदा बिरामी र तिनका कुरुवा नाक थुनेर बस्छन् ।
गाउँका महिला सुत्केरी हुने चैनपुर उपस्वास्थ्य चौकीले भने सालनालबाट बायोग्यास निकालेर नेपालकै नमूना काम थालेको छ । अस्पताल परिसरमा फोहोरका थुप्रा छैनन्, दुर्गन्ध पनि आउँदैन । बरु सुत्केरी गराउँदा निस्केका फोहोरबाट निकालिएको ग्यासमा पोसिलो खाना बनाएर सुत्केरीलाई खुवाइन्छ ।
उपस्वास्थ्य चौकीका इन्चार्ज विष्णुप्रसाद रिजाल अहिले दैनिक एक घन्टा निस्कने वायु उर्जाले चिया पकाउने, पानी तताउने, विभिन्न सामग्रीहरु निर्मलीकरण गर्ने र पोसिलो खानेकुरा पकाउने गरिएको बताउँछन् ।
मेडिकल सिटीका रुपमा तीव्र विकास हुँदै गएको भरतपुरका घरैपिच्छे अस्पताल र मेडिकल खुलेका छन् । त, दैनिक निस्कने फोहोरको समस्या बढ्दो रहेको नागरिक दैनिकमा खबर छ ।
सहरका अस्पतालमा फोहोर थुप्रिँदै गर्दा गाउँको उपस्वास्थ्य चौकीले भने त्यही फोहोरबाट उर्जा निकाल्न थालेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केहरसिंह गोदारले बताए ।







0 comments:
Post a Comment