आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Feb 10, 2014

रमेश खरेल प्रहरीलाई भेट्दै आचरण सुर्धान लगाउँदै, निगरानीका लागि प्रहरी नै सुराकी

Ramesh-kharelमाघ २७ काठमाडौं । प्रहरीको कार्यशैलीमा सुधार र आपराधिक सञ्जालसँगको सम्पर्क जालो भत्काउन महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश खरेलले आफू मातहतका प्रहरीलाई ‘गलत काम गर्दिन’ भन्दै सामूहिक कसम खुवाएका छन् ।
आत्मसमीक्षा गरेर आचरण सुधार्ने मौका दिने रणनीति अन्तर्गत खरेलले मातहतका प्रहरीलाई ब्रिफिङ गर्दै कसम खुवाएका हुन् । उनले मातहतका प्रहरीलाई सामूहिक रुपमा बोलाएर ‘अपराधीसँग मिल्दैनौं, तस्करसँगै मिल्दैनौं, नागरिकको काम गरेबापत घुस खान्नौं ‘ भन्दै कसम खुवाउने गरेका छन् । बदनाम चरित्र भएका प्रहरी कर्मचारुीलाई उनले एक्लै भेटेर ‘कार्यशैली सुधार्नु वा कारबाहीका लागि तयार रहनू’ भन्दै चेतावनी दिने गरेको नागरिक दैनिकमा खबर छ ।
स्रोतका अनुसार आत्मसमक्षिा गराएर कार्यशैली सुधार्ने योजना पहिलो चरणको हो । दोस्रो चरणमा प्रहरीको आर्थिक व्यवहार अनुगमनको लागि सुराकी खटाउने रणनीति बनिसकेको छ । ‘प्रहरीको अनुगमनका लागि प्रहरीलाई नै सुराकी बनाउनु प्रभावकारी हुनसक्छ,’ स्रोतले भन्यो, ‘त्यहीअनुसार कार्यनीति बनेको छ ।’
प्रहरीको संगतका व्यक्ति, दैनिक उठबस र आर्थिक गतिविधिलाई प्राथमिकतामा राखिएको रणनीति निर्माणमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?