आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Feb 9, 2014

एमालेसँगको ६ बुँदे सहमतिपछि कोइराला प्रधानमन्त्री पक्का (सहमति सहित)

माघ २६  काठमाडौं  । नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने पक्का भएको छ ।  एमालेको समर्थनमा ब्यावस्थापिका संसदमा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भएसँगै कोइराला प्रधानमन्त्री बन्ने पक्का भएको हो ।
 
कोइरालाको प्रस्तावकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल र समर्थकमा एमालेका संसदीय दलका नेता केपी ओली रहेका छन् । कांग्रेस र एमालेबीच भएको ६ बुँदे सहमति पछि कोइरालालाई एमालेले प्रधानमन्त्रीमा समर्थन गरेको हो ।
 
दुईदलबीच राष्ट्रपति र उपराष्ट्रपतिलाई ब्यवस्थापिका संसदबाट अनुमोदन गराइनेछ । संसदीय दलको वैठकले पठाएको प्रस्ताव स्वीकार्दै एमाले स्यायी कमिटी वैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
 
बुदा नम्बर १ मा एक बर्षभित्र संबिधान जारी गर्ने प्रतिवद्धता जनाइएको छ भने बुदा नम्बर ५ मा राष्ट्रपति, उपराष्ट्रपति, सभामुखसहितका पदाधिकारीको निर्वाचन गर्ने सहमति भएको उल्लेख छ । सहमतिपछि भोलि सोमबार नै मुलुकले नयाँ प्रधानमन्त्री पाउने पनि पक्का भएको छ । 
 
यस्तो छ ६ बुँदे सहमति
 
१. १२ बुँदेदेखि अहिलेसम्म भएगरेका सहमतिलाई संस्थागत गर्न एक वर्षभित्र नयाँ संविधान जारी गर्ने। 
 
२. अघिल्लो संविधानसभाले गरेका कामहरुको स्वामित्व ग्रहण गर्ने।
 
३. संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्ने। त्यसका लागि संविधान संशोधन प्रस्ताव सरकारले ल्याउने। 
 
४.  एमालेले कांग्रेसको नेतृत्वमा सुशील कोइरालाको सरकारलाई समर्थन गर्ने। 
 
५.  एक वर्षभित्र संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखसहितका पदाधिकारीहरुको निर्वाचन गर्ने।
 
६. सरकार निर्माणका लागि कांग्रेसले सात दिनभित्र नीति तथा कार्यक्रमको खाका तयार गर्ने।

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?