सहमति बनेपछि कोइरालाले प्रधचानमन्त्री चुनावका लागी आइतवार नै उम्मेदवारी दर्ता गराएका छन् । उनको उम्मेदवारीमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल प्रस्तावक र एमाले संसदीय दलका नेता केपी ओली समर्थक छन् ।
दुई दलबीच प्रधानमन्त्रीमा एमालेले काइरालााई र सभामुखमा एमाले उमेदवारलाई मतदान गर्ने सहमति भएको छ । दुइ दलबीचको ७ बुँदे सहमतिमा १ बर्ष भित्र संबिधान जारी गर्ने त्यसपछि अन्तरिम अवधिका लागी राष्ट्रपतिका, उपराष्ट्रपति प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ । यो राजनीतिक सहमतिलाई संबैधानिक ब्यवस्था गर्न संबिधान स.ससोधन गर्ने सहमति पनि बनेको छ भनेर आजको कान्तिपुर दैनिकमा यो खवर छापिएको छ ।







0 comments:
Post a Comment