आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Feb 11, 2014

रेग्मी कहाँ जालान् अब ?

माघ २८ काठमाडौंअब तपाईं के गर्नुहुन्छ ? नयाँ दलीय प्रधानमन्त्री चुनिएपछि गैरदलीय मन्त्रिपरिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सोमबार संसद्बाहिर पत्रकारहरूले सोधे, फर्किएर सर्वोच्च अदालतमै जानुहुन्छ कि ?
प्रसन्न मुद्रामा रहेका रेग्मी हल्का मुस्कुराए । अनि भने, उपयुक्त समयमा विवेकसम्मत निर्णय गर्छु, भोलि–पर्सि नै थाहा पाइहाल्नु हुन्छ नि
बोल्दै नबोल्ने, बोलिहाले पनि सुन्नेलाई कुनै भेउ नदिने पुरानो बानी रेग्मीले सिंहदरबारबाट जाँदाजाँदै पनि दोहोर्‍याए । उनले दस महिना २७ दिन मन्त्रिपरिषद् अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए ।
रेग्मीले अब यसो गर्छु, उसो गर्छुु भन्ने भेउ त दिएनन्, तर केचाहिँ थपे भने, ुमेरो जुन जिम्मेवारी थियो, आजको दिनमा पूरा भएको छ, त्यसकारण म एकदम खुसी छु, एक वर्षमा संविधानसभाले संविधान बनाउला र जारी गर्ला भन्नेमा आशावादी पनि छु ।
रेग्मीले उपयुक्त समयमा विवेकसम्मत निर्णय गर्छु भनेको के हो त ? उनी निकटस्थहरूका भनाइमा, रेग्मीका अघिल्तिर मूलतः तीन विकल्पहरू छन्– सरकारले मनोनीत गर्ने २६ मध्ये एक सदस्यका रूपमा संविधानसभामा प्रवेश गर्ने, प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतमै फर्किने वा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षता गर्ने । भनेर आजको कान्तिपुर दैनिकमा यो समचार छापिएको छ ।

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?