आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Feb 11, 2014

बन्धक बनाएर यौन ब्यवसाय

2013-09-24-1380005232माघ २८ काठमाडौं। राजधानीको ठमेल क्षेत्रमा महिलालाई बन्धक बनाएर यौन व्यवसायमा लगाउने गरेको पाइएको छ । राम्रो जागिर लगाइदिने बहानामा ल्याएर दलालले देखावटी मसाज सेन्टर खोलेर यौन धन्दामा लगाउने गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले त्यसरी बन्धक बनाइएका ३ महिलाको उद्दार गरेको छ ।
उनीहरूलाई ठमेलको होटल ग्रिन लिफबाट उद्दार गरिएको हो । त्यहाँ महिलालाई ल्याएर बन्धक बनाई यौन धन्दामा लगाएको वृत्तका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए । उनका अनुसार बाहिरबाट ग्राहक ल्याएर महिलालाई प्रयोग गर्ने गरेको खुलेको छ । होटल सञ्चालक फरार छन् । ग्राहकबाट आफूले धेरै रकम असुलेर महिलालाई थोरै दिने गरेको प्रहरीको भनाई छ ।
यस्तै, ठमेल कै नीलगिरी स्पा एन्ड मसाज सेन्टरबाट प्रहरीले सञ्चालक निर्मल मगरलाई पक्राउ गरेको छ । उनलाई स्पामा काम गर्न राखिएका महिलालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोप छ । प्रहरीका अनुसार उनले ग्राहक र महिलालाई कोठाभित्र राखेर बाहिरबाट चाबी लगाइदिने गरेका थिए । जबरजस्ती यौन धन्दामा लगाएको उजुरीपछि छापा मारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ भनेर आजको कान्तिपुरमा यो समचार छापिएको छ ।

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?