यी सबै घटनाका आरोपीहरू पुर्पक्षका लागि थुनामा छन् । हरैया ३ की मंजु देवीलाई जलाएर हत्या गरियो । उनको शव रातारात भारत लगेर गायब गरियो । शरीरमा आगो लगाई कर्तव्य गरी मारिएकी उनको शव उपचारका नाममा एम्बुलेन्समार्फत रातारात सीमा पारी पुर्याएर दाहसंस्कार गरिएको सुराक पाएपछि प्रहरीले मन्जुका पति गगनदेव र जेठाजु सत्यनारायणलाई समात्यो । पछि प्रहरीले मन्जुका माइतबाट परेको उजुरीका आधारमा छानबिन गरी मुद्दा चलाउँदा अदालतले पति गगनदेवलाई सादा तारेखमा छाड्यो । जेठाजु सत्यनारणलाई पुर्पक्षका लागि वीरगन्ज कारागार पठायो । यस्तै कलैया नगरपालिका १४ विश्वम्भरपुरमा ३५ वर्षीय ललितादेवी कुसवाहालाई उनका पति शंकर कुसवाहाले माइतीबाट दाइजोस्वरूप जग्गा नलिएको आरोपमा बन्चरो प्रहार गरी हत्या गरे । मार्ने शंकर थुनामा छन् । कुडवा९३ की १९ वर्षिया संगीतादेवी साहका हकमा पनि त्यसै भयो । उनले पनि मुस्किलले एक वर्ष दाम्पत्य जीवन बिताउन पाइन् । पछि माइती र ससुरा मिलेर घटना सामसुम पारियो । पछिल्ला केही वर्ष जिल्लामा जग्गामा स्वामित्व, यौन हिंसा, प्रेमसम्बन्ध, दाइजोलगायत सामाजिक कुरीतिका आवरणमा छोरी, बुहारी हिंसामा परिरहेका छन् । यस्ता हिंसा र परम्पराका कारण कतिपय मारिएका छन् ।
कतिपय हिंसा सहेर मृत्युबाट जोगिएका छन् । नागरिकतासहित सम्पत्तिमा हक खोज्दा र सन्तान जन्माउन नसक्दासमेत छोरीबुहारी मारिने गरेका छन । यिनै कारण शृंखलाबद्ध तरिकाले छोरीबुहारी परिवारबाट मारिने क्रम बढेपछि सर्वसाधारणमा त्रास बढेको छ । यस्ता घटनामा घरेलु धारिला हतियार, लट्ठी, बाँसका चिर्पट, आगो प्रयोग गरिएको देखिन्छ । यस्ता घटनाले छोरीबुहारी जोगाउन मुस्किल पर्दै गएको जानकार बताउँछन् । प्रहरीको तथ्यांककमा विगत २ वर्ष अवधिमा कम्तीमा ११ जना छोरीबुहारी मारिएको घटना दर्ता छन् भनेर आजको कान्तिपुर दैनिकमा यो खवर छापिएको छ ।







0 comments:
Post a Comment