6:55 AM
पोखरा २५ माघ ।
घरमा काम गर्न राखेको बालिकालाई बारम्बार यौनशोषण गर्ने एमाओवादीका पूर्व सभासद् सफिक मियालाई अदातले सात वर्ष कैद तोकेको छ। जिल्ला न्यायाधीश रामप्रसाद ओलीको एकल इजलासले पुर्पक्षका लागि थुनामै रहेका उनलाई सात वर्ष कैद र दुई लाख जरिवानाको फैसला गरेको हो।
१४ वर्षीया बालिकामाथि यौनशोषण गरेको आरोपसहित गत वर्षको मंसिरमा सफिक उपर जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको थियो। त्यतिबेला फरार सफिक जेठ २७ गते आफैं अदालतमा हाजिर भएका थिए। उनलाई तत्कालीन जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।
मियाको घरमा काम गर्ने ती बालिकाले आफूलाई डरधाक र प्रलोभनमा पारी प्राकृतिक र अप्राकृतिक यौन क्रियाकलाप गर्ने गरेको प्रहरीसमक्ष बयान दिएकी थिइन्। प्रहरीले उनको जाहेरी र बयानका आधारमा आरोपी पूर्वसभासद् मियाविरुद्ध जबरजस्ती करणी मुद्दाको अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। पीडित बालिकाकी आमाले छोरीमाथि भएको दुव्र्यवहारबारे थाहा पाएपछि गत वर्ष कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा मियाविरुद्ध जाहेरी दिएकी थिइन्।
घरमा काम गर्न भनेर ल्याएकी बालिकासँग आफ्ना श्रीमान्ले यौनशोषण गर्ने गरेको उनकी पत्नी जुबेदा खाँ मियाले आरोप लगाएकी थिइन्। पीडित बालिकाले समेत आफूलाई धम्क्याएर सफिकले यौनशोषण गर्ने गरेको बयान प्रहरीसमक्ष दिएकी थिइन्।
सफिकले यौनशोषण गरेको भनिएकी बालिकाको स्वास्थ्य परीक्षणबाट नियमित यौन सम्पर्क हुने गरेको पुष्टि गरिसकेको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणले ती बालिकामाथि नियमित यौन संसर्ग हुँदै आएको पुष्टिसहितको प्रतिवेदन गत वर्ष कात्तिक २० गते दिएको थियो।
मुलुकी ऐनमा १६ वर्ष नपुगेकी स्त्रीसँग सहमतिमै यौन सम्पर्क गरे पनि त्यो जबरजस्ती करणी ठहरिने र त्यसैअनुरूप मुद्दा चल्ने व्यवस्था छ। आरोपी सफिकलाई उति नै बेला बालिकामाथि यौनशोषणका साथै पत्नीको नक्कल नागरिकता समेत बनाई जग्गा बिक्री गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिसकेको छ।
पूर्वसभासद् मियाले पत्नी जुबेदा खातुनको नक्कली नागरिकता बनाएर गत वर्षको भदौ २७ गते कास्कीको जग्गा तनहुँ मालपोतबाट बिक्री गरेका थिए। यस्तै मियाले पत्नी जुबेदालाई हत्या योजनासहित यातना दिएको, पत्नीलाई क्यान्सर रोग लागेको, परपुरुषसँग यौन क्रियाकलापमा लागेको झूटो आरोप पार्टीमा पेस गरेका थिए। अन्नपूर्णबाट
0 comments:
Post a Comment