काठमाडौंको वडा नं. ५ र ७ को चार कित्ता निजी गुठीको करोडौं मूल्य पर्ने जग्गा दलालसितको मिलोमतोमा रेकर्डमा रहेको विवरण सच्याएर रैकर बनाई बिक्री वितरण गरेर भ्रष्टाचार गरेकाले तिमिल्सिनासहित छ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर गरिएकामा तिमिल्सिनाका अतिरिक्त मालपोत कार्यालयका कम्प्युटर अपरेटर इन्द्रसिंह सामन्त, फाँटवाला अम्बिका दाहाल, अर्जुन खतिवडा र जग्गा दलाल राजेश कर्माचार्य र लक्ष्मीनारायण महर्जन छन् ।
उनीहरूले निजी गुठीको सट्टापट्टा र बिक्रीवितरण गर्न नमिल्ने धोबीखोलासित जोडिएको चार कित्ता जग्गाको मालपोत कार्यालयमा रहेको अभिलेखमा भएका अक्षर खुर्केर मेटाएको र त्यसको मिसिल कागजातसमेत गायब पारी रैकरमा परिणत गरेर तेस्रो पक्षलाई बिक्री गरेको अभियोगपत्रमा उल्लेख छ भनेर आजको कान्तिपुर दैनिकमा यो खवर छापिएको छ ।







0 comments:
Post a Comment