प्रधानमन्त्री बन्न २ सय ८५ मत आवश्यक पर्ने भए पनि कोइरालाले दुई तिहाइ भन्दा बढी मत पाउनुभएको छ । कोइरालालाई नेकपा एमालेले समेत सहयोग गरेको छ । हिजो कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार उहाँ प्रधानमन्त्री बन्नुभयो ।
कोइरालाको प्रस्तावकका रुपमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल रहनुभएको थियो भने समर्थकमा एमालेका संसदीय दलका नेता केपी ओली रहनुभएको थियो । संसदको तेस्रो ठूलो दल एकीकृत माओवादी र चौथो ठूलो दल राप्रपा नेपालले कोइरालको विपक्षमा मतदान गरेका छन् । प्रधानमन्त्री चयनसंगै ब्यबस्थापिका संसदको बैठक फागुन २ गते शुक्रबार दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ ।







0 comments:
Post a Comment