माघ २७ काठमाडौँ ।नयाँ प्रधामन्त्रीको लागि सोमबार व्यावस्थापिका संसदमा मतदान हुँदैछ । प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता सुशील कोइरालाले मात्र उम्मेदवारी दर्ता दिएका छन् ।
आइतबार काँग्रेस र नेकपा(एमाले)बीच संविधान निर्माण, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा ७ बुँदे सहमति भएपछि कोइरालालो नयाँ बानेश्वरस्थित संसद् सचिवालयमा मनोनयन दर्ता गराएका हुन् । पहिले ६ बुँदे भनिएको सहिमति पछि सभामुखको निर्वाचनमा कांग्रेसले एमालेलाई सघाउने सहमति थपिएपछि ७ बुँदा भएको हो ।
कोइरालाको प्रस्तावकमा काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले र समर्थकका एमाले संसदीय दलका नेता केपी शर्मा ओली छन् ।
निर्वाचन प्रक्रिया पूर्व निर्धारित कार्यक्रमअनुसार बिहान ११ बजे देखि सुरु हुने छ ।
एक मात्र उम्मेदवार रहेको अवस्थामा निर्वाचनमा विजयी हुन बहुमत सभासद्ले पक्षमा मतदान गर्नुपर्नेछ । प्रधानमन्त्री चुनिनको लागि कोइरालाको पक्षमा २८६ मत आउनुपर्छ । अहिले संविधानसभा अपूर्ण रहेको र कांग्रेस र एमालेका २ नेताहरु २ ठाउँबाट निर्वाचित रहेकाले ५ सय ७१ जना सदस्य मात्र रहेका छन् ।







0 comments:
Post a Comment