आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Feb 8, 2014

आजदेखि हात्तीपाइले रोग विरुद्धको अभियान सुरु हुँदै

माघ २५ काठमाण्डौ ।सरकारले आजदेखि ३१ जिल्लामा हात्तीपाइले रोग विरुद्धको अभियान सुरु गर्दैछ ।हात्तीपाइले रोग नियन्त्रणका लागि आजदेखि सोमबारसम्म औषधि खुवाउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
अहिले केहीबेरमा औषधि खुवाउन सुरु गरिनेछ । भोजपुर, इलाम, झापा, मोरङ, ओखलढुंगा, पाँचथर, सप्तरी सिरहा, सुनसरी, उदयपुर, अर्घाखाँची, बाग्लुङ, कास्की, म्याग्दी,पर्वत र लमजुङमा आजदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइनेछ ।
त्यस्तै दाङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरमा पनि आजदेखि हात्तीपाइलेको औषधि खुवाइने महाशाखाले जनाएको छ ।
पहिलो दिन आज समूदायलाई पायक पर्ने ठाउँमा केन्द्र नै बनाएर औषधि खुवाउने, भोलि र पर्सि छुटेकालाई घर दैलोमै गएर औषधि खुवाउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले जानकारी दिनुभयो ।
सरकारले शहरी क्षेत्रमा हात्तीपाइले रोगको जोखिम धेरै रहेकोले अनिवार्य औषधि खान आग्रह गरेको छ । शहरमा ४० घरलाई लक्षित गरी एउटै बुथ बनाइएको र गाडीमा समेत औषधि लिएर टोल टोलमा पुग्ने कार्यक्रम पनि रहेको मरासिनीले उज्यालोलाई जानकारी दिनुभयो ।
हात्तीपाइलेको परजीवी शरीरमा भएकाहरुलाई औषधि खाएपछि ज्वरो आए जस्तो हुने, टाउको दुख्ने रिंगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य असर हुने भएपनि पछि निको हुने भएकोले ढुक्क भएर औषधि खान डाक्टरहरुले आग्रह गरेका छन् ।
तर २ वर्ष नपुगेका केटाकेटी, गर्भवती, ७ दिन सम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त विरामीले यो औषधि खानु हुँदैन् । यो औषधि खाँदा केही खानेकुरा खाएपछि मात्रै औषधि खानु राम्रो हुन्छ ।
सन् २०२० सम्ममा हात्तीपाइले रोग निर्मूल पार्ने लक्ष्य लिएको सरकारले हात्तीपाइलको औषधि खाएर आफू र आफ्ना सन्ततिलाई रोग लाग्नबाट बचाउन सबैलाई आग्रह गरेको छ ।

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?