आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Feb 3, 2014

उपसचिवले गरे खिलराजको गाडीमा ठोक्किएर आत्महत्या प्रयास

माघ २० काठमाडौं। शिक्षा मन्त्रालयका एक उपसचिवले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको गुडिरहेको गाडीमा हामफालेर आत्महत्या प्रयास गरेका छन्। मन्त्रालयका उपसचिव दानीकान्त झाले आइतबार यस्तो प्रयास गरेका हुन्।
 
केही महिनाअघि निजामती सेवा ऐनअनुसार आन्तरिक बढुवा प्रक्रियामार्फत उपसचिव भएका झाले सात महिनादेखिको तलब र अन्य सेवासुविधा पाएका थिएनन्। उनले पदको जिम्मेवारीअनुसार काम गर्ने स्थानसमेत पाएका थिएनन्। यिनै कारणले विरक्त भएर आत्महत्या गर्ने प्रयास गरेको बयान झाले प्रहरीलाई दिएका अन्नपूर्ण पोस्टले जनाएको छ ।
बिहान ११ बजे सिंहदरबारमा तय गरिएको बैठकमा सहभागी हुन अध्यक्ष रेग्मी बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट बाहिरिँदै गर्दा उनको गाडीअगाडि हामफालेर झाले आत्महत्या प्रयास गरेका थिए। प्रहरीका अनुसार रेग्मी चढेको गाडी निवासको गेटबाट बाहिर निस्कनेबित्तिकै झा त्यसको अगाडि हामफालेका थिए।
रेग्मीको स्कर्टिङमा खटिएका सुरक्षाकर्मी तत्कालै झालाई उद्धार गर्न सफल भएका थिए। प्रहरीले बुझ्दै जाँदा महोत्तरी सहोरवा घर भएका झा सानोठिमीस्थित शैक्षिक जनशक्ति केन्द्रमा काजमा कार्यरत छन्। महानगरीय प्रहरी वृत्त कमलपोखरीले झाको समस्या सुनेर सिंहदबारमा रिपोर्ट गरेको थियो।
अध्यक्ष रेग्मीले गाडीमा ठोक्किन आउनुको कारणबारे चासो राखेपछि प्रहरीले झाका समस्या बुझेर रिपोर्ट गरेको थियो। झाले प्रहरीलाई दिएको बयानको विस्तृत रेग्मीलाई उपलब्ध गराइएको थियो। त्यसलगत्तै रेग्मीले शिक्षा मन्त्रालयका सचिव नारायण मलेगोलाई झाको समस्या तत्काल समाधान गरिदिन निर्देशन दिएका थिए।
स्रोतका अनुसार सचिव मलेगोले झालाई पुरानै दरबन्दी जिल्ला शिक्षा कार्यालय जनकपुरमा पठाउने गरी उनले पाउने सबै सेवासुविधा तथा तलब तत्कालै उपलब्ध गराउन मन्त्रालय मातहतका अधिकारीलाई निर्देशन दिएका थिए।
निर्देशनबारे जानकारी पाएपछि झाले खुसी हुँदै भनेका थिए, 'उपसचिव भएर पनि तलबसुविधासँगै पदअनुसारको जिम्मेवारी पनि नपाएकाले आत्महत्या गर्न लागेको थिएँ। अब यस्तो गर्दिनँ।' प्रहरी प्रधान कार्यालयका अनुसार झाको स्वास्थ्य अवस्था सामान्य छ।

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?