माघ १९ काठमाण्डौ ।गुडीरहेको बसको छत बाट खस्दा झापाको मेची नगर नगरपालिकामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५५ बर्षीय भक्त बहादुर पौडेल रहेका छन् । बसको छत बाट खसरे गम्भिर घाईते भएका पौडेललाई उपचारको लागी भारतको सिलगुडी तर्फ पठाईएकोमा उपचारकै क्रममा हिजो राती सवा ९ बजे मृत्यु भएको हो । मेची नगरपालीका स्थित गाडा गल्ली बाट इँटाभट्टी तर्फ आउदै गरेको मे १ ख १८ ६४ नम्बरको बसबाट पौडेल अचानक खस्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा संलग्न बसलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ भने दुर्घटना पश्चात चालक फरार रहेकोले खोजी भईरहेको छ ।
त्यस्तै सिरहाको असनपुरमा नम्बर नखुलेको सवारी साधनको ठक्कर बाट १ जना पैदलयात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुने महिलाको हाल सम्म सनाखत हुन सकेको छैन् । महेन्द्र राजमार्गमा गएराति साढे ८ बजे, नम्बर नखुलेको सवारी साधनले अन्दाजी ७० बर्षीया महिलालाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटना पश्चात ठक्कर दिने सवारी साधन सहित चालक फरार रहकोले खोजी कार्य भईहेको ईलाका प्रहरी कार्यालय गोलबजार सिराहाले जनाएको छ
काठमाण्डौको धापासी र चावहिलमा भएको छुट्टा छुट्टै दुर्घटनामा २ जना घाईते भएका छन् । धापासी वि।पी स्मृती अगाडी सडकमा बा ५७ प ६७ ८९ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा पैदलयात्री गोर्खा आरु आदिङ घर भई हाल धापासी बस्ने ३६ बर्षीय राम गुरुङ्ग घाईते भएका हुन् । ठक्कर बाट घाईते भएका गुरुङ्गको उपचार बि।पी। स्मृती अस्पताल धापासीमा भईरहेको छ । त्यस्तै चावहिलमा ना ४ ख ८९ ३५ नम्बरको बसको ठक्कर बाट भारत घर भई हाल सरस्वतीनगर बस्ने ४० बर्षीय नन्द किशोर सिंह घाईते भएका छन् । घाईते सिंहको उपचारको शिक्षण अस्पताल महाजगंजमा भईरहेको छ । दुवै दुर्घटनामा संलग्न चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







0 comments:
Post a Comment