तटस्थ मानिएका सभासद तान्न हानथाप
माघ २० काठमाडौं। नेकपा एमालेमा महाधिवेसन र संसदीय दलको नेता चयनसँगै देखिएको नयाँ समिकरणपछि गुटगत छलफल बाक्लिएका छन् । आज बोलाइएको केन्द्रीय समितिको बैठकअघि बिहानै अध्यक्ष झलनाथ खनाल र नेता केपी शर्मा ओलीगुटका बैठक सुरु भएका छन् ।
अध्यक्ष खनाल निवास डल्लुमा बिहानै पुगेका केही नेताहरुको छलफलले केन्द्रीय समिति बैठक बस्नुअघि बरिष्ठ नेता माधवकुमार नेपाल सहितको छलफल गर्ने तयारी गरेको छ । नेता ओली र उपाध्यक्ष वामदेव गौतमबीच पनि छुट्टै छलफल हुँदैछ । संसदीय दलको नेता चयनमा अन्तिम सहमति खोज्न आज केन्द्रीय समिति बैठक बोलाइएको छ ।
बिहान ११ बजेपछि बस्ने बैठकमा दुइटै समुहबाट दावी पेस भएपछि छलफल हुने नेताहरुले बताएका छन् । एमाले सचिव युवराज ज्ञवालीले आजको छलफलबाट सहमति नभए भोलि चुनाव हुने बताए ।
उनले दुईजनाले दावी पेस गरिसकेपछि छुट्टा छुट्टै छलफल हुनु सामान्य भएको बताए । बिहानैबाट छलफल भएका छन् भन्ने साँचो हो उनले भने तर आफु बलियो बन्न हरेकले प्रयास गर्नछन् त्यो स्वभाविक हो ।
तटस्थलाई तान्न हानथाप
नयाँ समीकरणलगत्तै दुवै पक्षले संसदीय दलको नेतामा निर्वाचन भए आ–आफ्नो पक्षमा बहुमत पुग्ने दाबी गरेका छन् । खनाल–नेपाल पक्षले गौतमले ओलीलाई साथ दिए पनि खनाल कम्तीमा १ सय १० मतका साथ अघि रहेको दाबी गरेको छ भने ओली–गौतम पक्षले गौतमले साथ नदिँदाकै अवस्थामा आफ्नो पक्षमा १ सय ५ जना सभासद्को साथ रहेकाले थपिएर १ सय २० पुग्ने दाबी गरेको छ । दुइटैले १० देखि १५ मतको अन्तरले जित्ने दावी गरेका छन् ।
एमालेमा नयाँ समीकरणसँगै दलमा कडा प्रतिस्पर्धा हुने देखिएकाले प्रत्यक्षतर्फभन्दा समानुपातिकतर्फबाट चयन भएका सभासद् केही तटस्थ देखिएकाले ती मत निर्णायक हुने मानिन्छ । दुवैतर्फ गरेर करिव दुई दर्जनभन्दा सभासद् कतै नखुलेका ‘न्युट्रल’ मानिन्छन् । दुवै पक्षले न्युट्रल सभासद्लाई आपूmतिर तान्ने प्रयास थालेका छन् ।







0 comments:
Post a Comment