माघ १९ काठमाडौं। नेपालमा दरबार हत्याकाण्ड भएको आज ९ बर्ष पुगेको छ । माघ १९ लाई राजनीतिक इतिहासको कालो दिनका रुपमा मानिन्छ । आजको दिनलाई प्रजातान्त्रिक शासन व्यवस्थाको अन्त गरी निरङ्कुश राजतन्त्रले सत्ता हत्याएको कालो दिनको रूपमा चिनिन्छ ।
दरबार हत्याकाण्डपछि राजगद्धी सम्हालेका राजा ज्ञानेन्द्रले शान्ति सुरक्षाको पुनःस्थापना र प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने नाममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डललाई २०६१ माघ १९ मा अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गरी शासन सत्ता आफनो हातमा लिएका थिए ।
तर, राजा ज्ञानेन्द्रको शासन सत्ताको त्यही महत्वकांक्षाले नेपाली राजनीतिमा सशस्त्र जनयुद्धमा होमिएको माओवादी र सात राजनीतिक दलबीच आन्दोलनको लागि एकता गर्ने आधार बन्यो ।
यसैक्रममा द्वन्द्वरत माओवादी र सात राजनीतिक दलबीच २०६२ मङ्सिरमा ऐतिहासिक १२ बुँदे समझदारी भयो । यही समझदारीले २३८ वर्ष लामो राजसंस्था अन्त्यको कारण बनेको मानिन्छ ।







0 comments:
Post a Comment