रुपक पुरी माघ १९ सिन्धुपाल्चोक । सिद्धिगणेश उमावि सानोसिरुवारीले ५२ वार्षिकोत्सव भब्यताको साथ आज सम्पन्न भएको छ ।वार्षिकोत्सवको अवसर पारेर चेल्सी इन्टरनेशनल एकेडेमी काठमाण्डौको पुस्तकालय अभियान अन्तर्गत स्थापित सिद्धिगणेश सामुदायिक पुस्तकालयको उद्घाटन समेत गरिएको छ । पुस्तकालय स्थापनाका लागी चेल्सी इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल राजेश अधिकारीको पहलमा एसिया फाउण्डेसनको सहयोगमा हजार थान पुस्तकहरु प्राप्त भएको हो ।विद्यालयका प्रधानाध्यापक राजकुमार यादवले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगतप्रसाद चौलागाईले गर्नुभएको थियो । कार्यक्रममा राजनितिक दलका प्रतिनिधि , सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालका विदार्थीहरुको साँस्कृतिक कार्यक्रमले थप रौनकता थपेको थियोे ।







0 comments:
Post a Comment