माघ १९ काठमाडौं । एमाले अध्यक्ष झलनाथ खनालले एमालेलाई सरकार सहभागी गराउने या नगराउने भन्ने हात कांग्रेससँग रहेको बताएका छन् । कांग्रेसले ल्याउने सरकार गठनको प्रस्तावको पर्खाइमा रहेको उनको भनाइ छ ।संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सम्मानजनक अवस्थामा मात्रै एमाले सरकारमा जाने बताए । एमाले राष्ट्रपति र उपराष्टपतिको निर्वाचन हुनु पर्नेमा अडिक रहेको भन्दै अध्यक्ष खनालले त्यो भन्दा तल झरेर सहमति नगरिने बताए ।
सहमतीय सरकार गठन गर्ने सम्भावना सकिएको उनको भनाइ छ । ‘अब बहुमतीय सरकार बन्छ, त्यसकै तयारीमा नेताहरु लाग्नु पर्ने छ ।’ एक प्रसंगमा अध्यक्षले केपी ओली र बामदेव गौतमको गठबन्धनले आफूलाई केही फरक नपार्ने बताए ।







0 comments:
Post a Comment