रुपक पुरी माघ २० चौतारा ।जिल्ला विकास समितिले यो वर्ष जिल्ला पाश्र्वचित्रको प्रकाशन गर्ने भएको छ ।
जिल्लाको समग्र विषयवस्तु समेटेर वर्षेनी प्रकाशित गर्नुपर्ने पाश्र्वचित्र केही वर्ष यता प्रकाशन गरिएको थिएन । यस अघि २०६७ रालमा जिल्ला पाश्र्वचित्र प्रकाशन भएको थियो ।
यो पटक हामीले पाश्र्वचित्र केही परिमार्जन गरेर प्रकाशन गर्ने योजना वनाएका छौ जिल्ला विकास समितिका योजना अधिकृत राजेन्द्र प्याकुरेलले भन्नुभयो । २०६८ को जनगणनाको विस्तृत विवरण आएपछी पाश्र्वचित्र प्रकाशन हुने प्याकुरेलले वताउनुभयो । यसअघि पाश्र्वचित्र प्रकाशन गर्दा सवै सरोकारवाला निकायलाई समेट्ने गरेको भएपनि यो पटक जिविसका कर्मचारीलाई मात्र खटाउने भएको छ ।







0 comments:
Post a Comment