आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Feb 2, 2014

सहमतिय सरकार गठनको समय सिमा आज सकिदै, सर्वदलिय बैठकमा अन्तिम प्रयास गरिने

माघ १९ काठमाण्डौ ।सहमतिय सरकार गठनका लागी आज पनि सर्वदलीय बैठकमा छलफल हुने भएको छ । सवैभन्दा ठुलो दलको हिसाबले सरकार बनाउने जिम्मा पाएको काङग्रेसले आज तेस्रो पटक सर्वदलिय बैठक बोलाएको हो । हिजोको बैठकमा आफ्नै नेतृत्वमा सहमतिय सरकार बनाउन लिखित सहमति मागेको थियो, तर अहिले सम्म जम्मा १३ दलले मात्रै काङग्रेसलाई लिखित समर्थन जनाएका छन् । आजको बैठकमा फेरि पनि सवैदलसंग सहमतिको लागि आग्रह गरिने प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिनुभयो । सवैदलले काङग्रेसलाई समर्थन जनाए राष्ट्रिय सहमतिको सरकार बन्ने छ तर तेस्रो ठुलो दल एकीकृत माओवादी र राप्रपा नेपालले प्रतिपक्षमै बस्ने बताएकोले बहुमतिय सरकार बन्ने सम्भावना बढेको नेताहरुले बताएका छन् । राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिएको एक साताको समय आजै सकिने भएकोले साझ ५ बजे सम्म सहमति जुटेको वा नजुेको बारेमा राष्ट्रपतिलाई औपचारिक जानकारी गराउनुपर्ने हुन्छ । आजको छलफलबाट कस्तो सरकार बन्ने हो भन्ने स्पष्ट हुने बताउदै काङग्रेस नेता अर्जुन नरसिंह केसीले सहमति जुट्न नसके भोली देखि काङग्रेसकै नेतृत्वमा बहुमतिय सरकार गठनको प्रक्रिया थालिन जानकारी दिनुभयो । 

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?