माघ १९ काठमाण्डौ ।व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ११ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बोलाईएको छ । संविधानसभाको चुनाव भएयता तीन पटक बसेको संसद बैठकले सभासमुख र उपसभामुख चयनको प्रक्रिया अझै सुरु गरेको छैन । अहिले सम्म बसेका सवै बैठकमा सरकारको तर्फबाट अध्यादेश मात्रै पेश हुदै आएको छ । संसद नभएकोले बेलामा मन्त्रिपरिषद्कोे सिफारिसमा राष्ट्रपति द्धारा जारी गरिएका २४ वटा अध्यादेश सरकारले पालै पालो प्रस्तुत गर्दे आएको छ । पहिलो बैठकमा पाँच, दोस्रोमा छ र तेस्रोमा चार वटा गरि अहिले सम्म सरकारले १५ वटा अध्यादेश अनुमोदनका लागि संसदमा पेश गरिसकेको छ, ९ वटा अध्यादेश संसदमा पेश हुन बाँकी रहेको छ । आज पनि केही अध्यादेश पेश गरिने संसद सचिवालयले जनाएको छ ।







0 comments:
Post a Comment