आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

रेडियो मेलम्चीको ब्लगमा स्वागत छ ।

हाँसो नै सबथोक हो की के हो ।

आफ्नो प्रेमीको पर्खाइमा एक महिला

सुन्दरीहरुको चर्चा बाटोमा पनि

तस्बिर कूल तामाङ

मन खोलेरै हासौ न एकैछिन तस्बिर/रेडियो मेलम्ची

Feb 27, 2014

बालसुधार उच्चमाबिले मनायो आफनो ५६ औँ बर्षगाँठ

  • photo by Azota coolकूल तामाङ  फागुन १ ५ । स्थापनाको ५५ बर्ष पूरा गरि ५६ औ बर्षमा प्रबेश गरेको अवसर पारेरबालसुधार उच्चमाबि दुवाचौरले बुधबार आफनो ५६ औँ बर्षगाँठ तथा १४ औँ अविभावक दिवस भव्यताकासाथ मनाएको छ । दुबवाचौर ३ स्थित बिद्यालयको प्राङगणमा बुधबार सम्पन्न कार्यक्रममाबिद्यालयका बिद्यार्थीहरुले बिभिन्न सांगितक कार्यक्रमहरु समेत प्रदर्शन गरेका थिए । कार्यक्रमको एकसमारोहका बिच संबिधानसभाका माननिय सभाषद शेर बहादुुर तामाङले दिप प्रज्वलन गरि उद्घाटनगर्नुभएको थियो । बिद्यालयको बार्षिक  प्रगति बिवरण प्रस्तुत गर्दै बिद्यालयका प्रधानाध्यापक शुरतश्रेष्ठले अब बिद्यालयका हरेक गतिबिधि बिद्यालयको वेभसाईट:www.balsudharschool.edu.npमा अपटडेट हुने भएकाले बिद्यालयको आर्थिक बिवरण पारदर्शीहुने बताउनुभयो । कार्यक्रममा बालाबलिका देखि ९० बर्ष भन्दा माथीका ज्येष्ठ नागरिक हरु, चाईल्डनेपालका प्रतिनिधी, जिल्ला शिक्षाकार्यालयका प्रतिनिधि राजनितिक दलका प्रतिनिधि, सामाजिकसंघसस्थाका प्रतिनिधिहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । तत्कालिन प्रधान पञ्चहरुस्वर्गियअजम्बर श्रेष्ठ र चित्रप्रसाद उपाध्यायको संयुक्त अगुवाईमा २०१४ साल फागुन १४ अर्थात आजकैदिन यस बिद्यालयको स्थापना भएको थियो ।  कार्यक्रममा एक समारोहका बिच बिद्यालयसंञ्चालानार्थ आर्थीक सहयोग गर्नुहुने चन्दादाताहरुलाई सभासद शेरबहादुर तामाङले दोसल्ल प्रमाणपत्र र मेडलसहित सम्मान गर्नुभएको थियो ।

Feb 24, 2014

संञ्चालकहरु को बिवादका कारण ईन्द्रावती तेस्रो जलबिद्युत आयोजना बन्द हुदैँ

कूल तामाङ फागुन १२ सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको ज्यामिरेमा रहेको ईन्द्रावती तेस्रो जलबिद्युत आयोजना बन्द हुने अबस्थामा पुगेको छ ।संञ्चालहरुबिच कम्पनी कब्जा गर्ने होडबाजी चलेका कारण आर्थिक संकट उत्पन्न भएपछि बिग्रिएको सामान मर्मत सम्भार हुन नसक्दा ७ दशमलब ५ मेगावाट क्षमताको आयोजना अन्तत बन्द हुने अबस्थामा पुगेको हो । आयोजना बन्द भएमा सिन्धुपाल्चोकको ३ नम्बर क्षेत्र लगायत २ नम्बरको ५ वटा गाबिसह?ले राष्ट्रिय लोडसेडिङ अनुसारकै चरम मार खेप्नु पर्ने कर्मचारी युनियनका अध्यक्ष युवराज गिरीको भनाई छ । 

बिद्युत उत्पादनमा प्रयोग हुने ३ वटा टर्वाईन मध्ये एउटाले काम गर्न छोडिसकेको छ । बाँकी मध्ये २ वटा टर्वाइन  कुनै पनि बेला बिग्रने सक्ने आयोजनाका कर्मचारीह? बताँउछन ।हाल तिपेनीको खाल्डेखोलामा सञ्चालमा रहेको आयोजनाको टर्वाईनको १६ एमएम थिकनेस मोटाईमा अब ३ एमएम मात्र बाँकी छ ।बाँकी ३ एमएम छिनेपछि आयोजनाना पूर्ण ?पमा बन्द हुने अयोजनाका एक कर्मचारीले बताए । टवाईन बनाउन करौडौ ?पिया चाहिन्छ,सञ्चालकह?बिच बिबाद चर्किदो छ तलब नपाएको थुपा्रे भैसक्यो कसरी समस्या समाधान होला? एक कर्मचारीले गुनासो गरे ।

संचालकह?बिच कम्पनी कब्जा गर्ने होडबाजीकै कारण मर्मत सम्भारको त कुरै छौडौ , बिगत ४ बर्षदेखि कर्मचारीह?को तलब भत्ता समेत समायोजन हुन नसकेको कर्मचारी युनियनका अध्यक्ष गिरीको भनाई छ । ७ दशमलब ५ मेगावाट क्षमताको आयोजनाले अहिले ३ मेगावाट मात्र बिद्युत उत्पादन गरिरहेको छ । टर्वाइनमा समस्या भएका कारण चाहे जति बिद्युत उत्पादन हुन नसकेको हो ।

उत्पादित बिद्युतलाई स्थानिय स्तरमा बितरण गरिएको छ भने बाँकी बिद्युत ईन्द्राबती पाँचखाल ६६ केभि प्रशारण लाईन मार्फत केन्द्रिय प्रशारण लाईनमा जोडिएको छ ।आयोजना बन्द भएमा सिन्धुपाल्चोकको ३ नम्बर क्षेत्र लगायत २ नम्बरको ५ वडा गाबिसह?ले राष्ट्रिय लोडसेडिङ अनुसारकै चरम मार खेप्नु पर्ने गिरीको भनाई छ । आयोजना बन्द हुने छाँटकाट देखिएपछि आयोजनाको सुरक्षाका लागि  ५८ सालदेखि बस्दै आएको नेपाली सेनाको टोली गत माघ २६ देखि नै मेलम्ची ब्यारेकमा सरिसकेको छ ।



कर्मचारीह?ले कम्पनिको सुरक्षित भबिष्यका लागि लगानी कर्ताह?को जनस्तरबाटै चासो हुनु पर्ने भनि बिभिन्न १४ वटा प्रत्यक्ष सरोकार राख्ने निकायह?लाई पत्राचार गरिसकेको छ । ईन्द्रावती तेस्रो जलबिद्युत आयोजना बन्द भए यसको असर थाङपालधापमा रहेको हाँडीखोला लघुजलबिद्युत आयोजनालाई पनि पर्ने छ । १ मेगावाट क्षमताको  हाँडीखोललाले हाल ३ सय किलोवाट बिद्युत उत्पादन गरिरहेको छ ।

Feb 20, 2014

नेपाल प्रहरीविरुद्ध राष्ट्र संघमा पर्‍यो उजुरी

nepal-police-logo1
काठमाडौं—८ फागुन । प्रशान्त पाण्डेले नेपाल प्रहरीविरुद्ध संयुक्त राष्ट्र संघीय मानवअधिकार समितिमा उजूरी दिएका छन् ।

सशस्त्र द्वन्द्वको समयमा प्रहरीबाट यातना पाएको भन्दै उनले मानव अधिकार सम्बन्धी संस्था ट्रायलमार्फत उजुरी दिएका हुन् । अपराधको अनुसन्धान र पीडकलाई कारवाहीका लागि नेपाल सरकारसँग माग गर्दै उजरी हालेका हुन् ।

उजुरीमा रुपन्देही प्रहरीले २०६७ चैत २४ गते गैरन्यायिक रुपमा पाण्डेलाई पक्राउ गरेर एक बर्षभन्दा बढी थुनामा राखेको उल्लेख छ । थुनामा चरम यातना दिएको भन्दै अमानवीय व्यबहार गरेको पाण्डेले बताएका छन् ।

पाण्डेका अनुसार २०६७ चैत १३ गते भएको बमकाण्डमा संलग्न भएको झुटो आरोप लगाएर प्रहरीले आँखामा पट्टी बाँध्ने, बिजुली हिटरमा पिसाब फेर्न लगाउनेजस्ता यातना दिएको थियो । यातनाका कारण गम्भीर मानसिक रोग र यौनिक दुर्बलतालगायतका समस्याहरु आएको उनले लेखेका छन् ।

जबर्जस्ती रुपमा अचेत अवस्थामा बम काण्डमा संलग्न रहेको हस्ताक्षर गर्न लगाएको भन्दै उनले यसअघि सर्वोच्चमा निवेदन दिएको पनि उल्लेख गरेका छन् । तर सर्वोच्चले सो फाइल नै नपलटाएको पाण्डेको गुनासो छ ।

२० लाखको “नोबेल पुरस्कार” दिने भनेर ढाटेको कान्तिपुरले फेसबुक लाइकमै भुलायो सबैलाई


kantiiiipuuuuur‘विदेशमा नोबल र म्यागासेसे पुरस्कार छन्, हामी पनि हाम्रा श्रद्धेय व्यक्तित्वहरूलाई राष्ट्रको ठूलो पुरस्कारले सम्मान गर्न चाहन्छौँ। त्यसको अभियान कान्तिपुरले थाल्नेछ । पुरस्कार स्थापना त्यसकै अभियान हो।’
ठ्याक्कै दुई वर्षअघि कान्तिपुर पब्लिकेशन्सको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले यस्तो घोषणा गरेका थिए।
यो नेपालकै सबैभन्दा ठूलो राशीको पुरस्कार हुनसक्थ्यो। तर विडम्बना, यो पुरस्कारको योजना बाँड्दै नबाँडी तुहिएको देखिएको छ। घोषणाको अर्को वर्ष २०७० सालमा पुरस्कार बाँड्ने भनिए पनि यो वर्ष पुरस्कारको ‘प’समेत उच्चारण गरिएको छैन।
यस्तो थियो घोषणा-
२०६८ सालको फागुन ७ मा प्रकाशित प्रकाशकीय
2068
यो बारे कान्तिपुरले समाचार पनि फागुन ८ गते छापेको थियो। हेर्नुस्-
कान्तिपुर डेमोक्रेसी आइकन घोषणा, राशि २० लाख रुपैयाँ
कान्तिपुर संवाददाता
काठमाडौ, फाल्गुन ७ –
कुनै पनि क्षेत्र वा विधाबाट लोकतन्त्रको संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने एक जनालाई कान्तिपुर पब्लिकेसन्सले हरेक वर्ष फागुन ७ गते ‘कान्तिपुर डेमोक्रेसी आइकन’ बाट सम्मान गर्ने भएको छ । आउँदो वर्षबाट प्रदान गरिने उक्त पुरस्कारको राशि २० लाख रुपैयाँ छ ।
पब्लिकेसन्स २० औं वर्ष प्रवेश गरेको अवसरमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आइतबार उक्त पुरस्कार घोषणा गरेका हुन् । उनका अनुसार उक्त ‘आइकन’ को चयन समाजका प्रतिष्ठित प्रतिनिधिहरू रहने विशेष छनोट समिति -सिनेट) र त्यसमातहतको ‘जुरी’ को सिफारिसका आधारमा गरिनेछ । लोकतन्त्र नै पत्रकारिताको आधारस्तम्भ भएकाले लोकतान्त्रिक योद्धाप्रति श्रद्धा प्रकट गर्न पुरस्कार स्थापना गरिएको अध्यक्ष सिरोहियाले बताए । नेपालमा यति ठूलो धनराशिको पुरस्कार यो पहिलो हो ।
‘विदेशमा नोबल र म्यागासेसे पुरस्कार छन्, हामी पनि हाम्रा श्रद्धेय व्यक्तित्वहरूलाई राष्ट्रको ठूलो पुरस्कारले सम्मान गर्न चाहन्छौं,’ उनले भने, ‘त्यसको अभियान कान्तिपुरले थाल्नेछ । पुरस्कार स्थापना त्यसकै अभियान हो । यसको विस्तृत कार्ययोजना केही दिनमै सार्वजनिक गरिनेछ ।’ पुरस्कार हरेक वर्ष फागुन ७ गते पब्लिकेसन्सको वाषिर्कोत्सव समारोहमा प्रदान गरिनेछ ।
प्रकाशित मिति: २०६८ फाल्गुन ८ ०९:०९ 
बोली फेरियो
२०६८ सालमा हरेक वर्ष भनिसकेपछि २०६९ सालमा पहिलो पुरस्कार बाँड्नु पर्ने हो। कान्तिपुर आफैले समाचारमा ‘नेपालमा यति ठूलो धनराशिको पुरस्कार यो पहिलो हो’ भनिसकेपछि चासो त सबैलाई हुने नै भयो। तर २०६९ सालमा यो पुरस्कार बाँडिएन। त्यसको साटो पत्रिकामा ज्याकेट एड (अघिल्लो पेजलाई ढाक्ने गरी छापिने विज्ञापन) छापी भनियो- दुई दुई वर्षमा बाँड्नेछौँ। २०७० फागुन ७ गते पहिलो पुरस्कार दिइनेछ। नाम सिफारिश पठाउन थाल्नुस्। हेर्नुस् ज्याकेट एड (ठूलो पारी हेर्न विज्ञापनमा क्लिक गर्नुहोला)
kantipur-democracy-icon-award
ज्याकेट एडसँगै त्यो दिनको पत्रिकामा भित्र प्रकाशकीयमा यस्तो लेखिएको थियो-
2069
प्रकाशकीय छापिएको इकान्तिपुरको लिङ्कमा समाचार भने हटाइएको छ। 
हरायो पुरस्कार
२०६९ सालमा छापिएको ज्याकेट एडमा स्पष्ट रुपमा २०७० फागुन ७ गते पहिलो सम्मान दिइने भनिएको थियो। तर आज २०७० सालको फागुन ७ गतेको प्रकाशकीयमा यसबारे कुनै उल्लेख गरिएको छैन। पुरस्कारको ‘प’ समेत हराएको छ। हेर्नुस्-
2070 Publishers Note
पुरस्कारको साटो यो वर्ष कान्तिपुरले फेसबुक लाइकमा आधारित वर्ष १० व्यक्तित्व घोषणा गर्‍यो।
आखिर नेपालकै सबैभन्दा ठूलो धनराशीको भनिएको अझ नोबल र म्यागासेसेसँग दाँजिएको पुरस्कार कता हरायो ? केले रोक्यो यो पुरस्कार घोषणा गर्न ? के नेपालमा डेमोक्रेसी आइकन घोषणा गर्न लायक कुनै व्यक्ति वा संस्था नै नभएको हो ? कि पुरस्कार राशी जुटाउन गाह्रो भएको हो ? २० लाख राशीको पुरस्कार किन दिइएन ? देशकै सबैभन्दा प्रभावशाली र नम्बर वन मिडिया भएकोले सोध्ने आँट कसैले गर्न सकेको छैन।
प्रस्तुत समाचार र सम्पूर्ण सामाग्री माई संसार बाट साभार गरिएको हो । यसको ओरिजिनल लिङ्क यहाँ छ– 

विद्युत प्राधिकरणका चार अधिकारी अख्तियारको हिरासतमा

akhtiyarकाठमाडौं—८ फागुन। नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्धकसहित चारजना उच्चतहका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएको छ ।
ट्रान्सफरमर खरिद सम्बन्धी ठेक्कामा अनियमतिता गरेको अभियोगमा उनीहरुलाई विहिबार हिरासतमा लियएको हो ।
प्राधिकरणका तत्कालीन प्रवन्धक कैलाशप्रसाद अटल, तत्कालीन सहायक प्रवन्धक सुरेन्द्रप्रसाद पनेरु,  तत्कालीन भण्डार प्रमुख नारायणप्रसाद चौधरी र तत्कालीन लेखा अधिकृत सुरेशकुमार कटुवाललाई अख्तियारले टंगालस्थित कार्यालयमा हिरासतमा राखेको छ ।
अख्तियार प्रवक्ता श्रीधर सापकोटाले अनुसन्धानको सिलसिलामा आयोगले हिरासतमा लिएको जनाउँदै ट्रान्स्फर्मर खरिदमा भएको भ्रष्टाचारबारे केही महिनायता अनुसन्धान जारी राखेको बताए ।

प्रेमीसँग लगनगाँठो कस्दै नायिका रेजिना उप्रेती

नायिका रेजिना उप्रेती यहि फागुन १० गते बैबाहिक बन्धनमा बाँधिने भएकी छिन् । रेजिनाले बिगत केहि बर्षदेखीको आप्नो प्रेमलाई बैवाहिक रुप दिँदै आफ्नै प्रेमी सुरज पोख्रेलसँग लगन गाँठो कस्न लागेकी हुन् । सुरज केहि बर्षयता लण्डनमा बस्दै आएका छन् । रेजिना पनि केहि समय प्रेमी सुरजसँगै लण्डनमा रहेकी थिईन् । बिवाहको लागि अहिले दुवैजना नेपाल आएका छन् ।
धादिङ स्थाई घर भएकी रेजिनाले आफ्नो वैवाहिक कार्यक्रममा सहभागिताको लागी बिभिन्न चलचित्रकर्मी तथा चलचित्र पत्रकारहरुलाई निम्ता पठाईसकेकी छिन् ।
आफ्नो लगानीमा बनाएको चलचित्र ‘वरदान’को प्रिमियरको समयमा सुरजको साथ पाएपछी यी दुईको प्रेम झनै गाढा बन्दै गएर अन्ततः विवाहमा परिणत भएको बुझिएको छ ।

पुलिसलाई हराउँदै मच्छिन्द्र उपाधी नजिक


काठमाडौं—८ फागुन,सहिद स्मारक ए—डिभिजन लिगको सुपर सिक्समा लगातार तेस्रो खेल जित्दै मच्छिन्द्र उपाधिको बलियो दाबेदारिको रुपमा प्रस्तुत भएको छ ।

चौथो स्थानमा रहेर सुप्पर लिगको यात्रा सुरु गरेको मन्छिन्द्रले शिर्ष तिन स्थानमा रहेका मनाङ, थ्रीस्टार र पुलिसलाई पराजित गर्दै उपाधिको लागि बलियो स्थितिमा पुगेको छ । आजको खेलमा नेपाल पुलिस क्लब लाई पराजित गर्दै मच्छिन्द २८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न  खेलमा मच्छिन्द्रले नेपाल पुलिसलाई २–१ गोलले पराजित ग¥यो ।

खेलको पहिलो हाफको ११ औ मिनेटमा पुलिसका भरत शाहले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको १ गोलको अग्रता लिएको पुलिसले दोस्रो हाफाको अन्तीम समयमा दुई गोल खान पुग्यो ।

दोस्रो हाफको ८७ औं मिनेटमा मच्छिन्द्रका अजय विकले गोल गर्दै खेल बराबरिमा ल्याएका हुन् । त्यस्तै दोस्रो हाफको अतिरिक्त समयमा मच्छिन्द्रका सुसिल केसिले गोल गर्दै टिमको जित निश्चित पारे ।

सातबुँदे पालना भए सरकारमा —एमाले



काठमाडौं—८ फागुन,नेकपा एमालेले सात बुँदे सहमति पालना भएमा सरकारमा जाने भएको छ । आज बसेको स्थायी कमिटीको बैठक कांग्रेससँग भएको सहमति पालन भएमा सरकारमा जाने निर्णय गरेको हो ।

सात बुँदे सहमति गर्दै सत्ता साझेदार गर्न सहमत भएका कांग्रेस र एमालेबीच गृहमन्त्रालय कसले लिने भन्नेबारे विवाद हुँदा सरकार विस्तारसमेत हुन सकेको छैन । कांग्रेसले गृहमन्त्रालय एमालेलाई दिने सहमित नभएको बताइरहेको छ । उता एमालेले भने गृह आफूलाई दिने भद्र सहमति भएको दाबी गरेको छ ।

यस्तै, एमालेको नवौं महाधिवेशन एक महिना पर धकेलिएको छ । बैशाख ९ गतेदेखि हुने भनिएको महाधिवेशनका लागि तयारी गर्ने समय कम भएको भन्दै जेठ ३ गतेदेखि ८ गतेसम्म हुने भएको छ । आज बसेको स्थायी कमिटीले जेठमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
 

भोली सम्म मन्त्रिमण्डल बिस्तार—उपाध्याय

काठमाडौं—८ फागुन,नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले शुक्रबार सम्ममा मन्त्रिमण्डल गठनहुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता उपाध्यायले एमाले सरकारमा नआए पनि शुक्रवारसम्ममा प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिनुभयो । एमालेलाई हैसियत अनुसारको ठाँउ राख्ने भन्दै एउटा मन्त्रीलाई दुई तीन मन्त्रालयको जिम्मेवारी दिएर सानो आकारमा विस्तार गरिने बताउनुभयो ।

उपाध्यायले भन्नुभयो—आज साँझबाटै सरकार विस्तारको विषयमा छलफल हुन्छ र शुक्रवार विस्ता हुन्छ । हामि एमालेको भागको मन्त्रालय राखेर उसलाई पर्खिने योजनामा छौ ।एमालेलाई कुनै पनि हालतमा गृह र अर्थमन्त्रालय दिन नसकिने स्पष्ट पार्दै लुकेको सहमतिको नाममा नेपाल कांग्रेसलाई बदनाम नगर्न एमाले नेताहरुलाई आग्रह गर्नुभयो ।

एमाले नेताहरुले गृहमन्त्रालयको विषयमा जोडदार ढंगले कुरा उठाए पनि आफूहरुले त्यस विषयमा कुनै सहमति नगरी शिर्ष तहमा छलफल गर्न भनेको स्पष्ट पार्दै महाधिवेशन नजिकिदै गएको अवस्थामा एमालेभित्रकै समस्याले यस्तो अवस्था आएको दावी गर्नुभयो ।

झुटोकुरो भन्नेले मेसिनमा चेक गराए हुन्छ —ज्ञवाली

काठमाडौं—८ फागुन, नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्ने क्रममा कांग्रेस र एमालेवीच तीन खाले सहमति भएको खुलासा गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा दुई दलका अध्यक्षले हस्ताक्षर गरेको लिखित सात बुँदे सहमति, राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गराउने र संविधान जारी भएको ३५ दिन भित्र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रधानमन्त्रीको निर्वाचन गराउने ब्यवस्था संविधान सक्रमणकालिन ब्यवस्थामा संविधान संसोधन गरेर राख्ने विषयको ड्राफ्ट बने पनि हस्ताक्षर नभएको र अर्को प्रधानमन्त्री सहित १३ मन्त्रालय कांग्रेसले राख्ने र उप तथा गृह मन्त्रालयसहित १३ मन्त्रालय एमाले राख्ने तर अरु दल आउने भए दुबैले समान रुपमा मन्त्रालय छाडेर दिने मौखिक सहमति भएको खुलासा गर्नुभयो ।

ज्ञावलीले भन्नुभयो –सहमति नभई एमालेले हावाको भरमा ब्यक्ति र पदको निर्णय गर्दैन शंका लागे प्रहरीकोमा लाई डिटेक्टर छ,अरे कसले झुठ बोलेको छ परिक्षण गरे हुन्छ ।ज्ञावलीले गृहमन्त्रालयको विषयमा पार्टीले गरेको निर्णयमा कुनै पुनरावलोकन नहुने स्पष्ट पार्दै भएको सहमति अक्षरंश पालना नभए एमाले लतारिएर सरकारमा नजाने बताउनुभयो ।
गृह एमालेले लिए पनि प्रधानमन्त्रीले सबै प्रहरी चिफलाई गृह बाईपास गरेर रिपोर्ट लिन सक्नेभन्दै पावर एक्सरसाईज गर्न सकिने तर्क गर्नुभयो ।

१ करोड १९ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी

काठमाडौं—८ फागुन, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी शैक्षिकसत्रका लागि अझै  १ करोड १९ लाख १८ हजार ५ सय ६६ थान पाठ्यपुस्तक छाप्न बाँकीरहेको जनाएको छ ।

आगामी शैक्षिकसत्रका लागि कुल अनुमानित पाठ्यपुस्तकअनुसार हालको छपाइको तयारीको अनुपातलाई आधार मान्ने हो भने यस वर्षको चैत मसान्तसम्ममा पनि करिब ४६ प्रतिशत पाठ्यपुस्तक छाप्न बाँकी हुने देखिन्छ हो  ।

वैशाखदेखि सुरु हुने नयाँ शैक्षिकसत्र २०७१ मा कुल २ करोड २५ लाख ६५ हजार थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरिएकामा फागुन ६ गतेसम्मको छपाइ तयारी ९० लाख ३८ हजार १७ थानमात्र देखिएकाले ताकेता गरिएको शिक्षा विभागका उपनिर्देशक राकेश श्रेष्ठले जानकारी दिनुभयो ।

कभर छाप्न बाँकी १६ लाख आठ हजार ४१७ थान पाठ्यपुस्तक रहेका आधारमा जम्मा एक करोड ६ लाख ४६ हजार ४ सय ३४ थान पाठ्यपुस्तक तयारी अवस्थामा रहेको जनक शिक्षाका कामु उपनिर्देशक सुजन नेपालले जानकारी दिनुभयो । केन्द्रले हाल दैनिक १ लाख ३२ हजार थान पुस्तक उत्पादन गर्दै आएको जनाएको छ ।

केन्द्रले क्षेत्रीय कार्यालय भरतपुर, पोखरा, विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढीमा रहेको सञ्चित विवरण पनि विभागलाई नियमित रुपमा उपलब्ध गराउँदै आएको छ ।

विभागले उपनिर्देशक श्रेष्ठको संयोजकत्वमा सरोकारवाला संस्थाका प्रतिनिधिसहितको उपसमिति गठन गरी पाठ्यपुस्तक तयारी र वितरणको अवस्थाको अनुगमन पनि गरिरहेको छ तर उपसमितिमा निजी क्षेत्रका प्रकाशनको विवरण प्राप्त हुन सकेको छैन।

अनुगमन समितिका सदस्य अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले जनक शिक्षाले नभ्याउने भए त्यसको उपयुक्त विकल्पका लागि समयमै छलफल हुनुपर्ने बताउनुभयो ।

Feb 11, 2014

शपथ नुहुँदै सत्ता गठबन्धनमा संकट, गृह नदिने प्रधानमन्त्रीको भनाई, सहमतिबाट पछि हटे एमाले सरकारमा नजाने

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएकै दिनबाट कांग्रेस–एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको छ ।
सातबुँदे सहमतिसँगै उपप्रधानमन्त्री र गृहमन्त्रीसहित बराबरी मन्त्रालय लिने गरी आइतबार भएको समझदारी कांग्रेसले उल्लंघन गरेको भन्दै सोमबार दोस्रो दल एमालेले सरकारमा सहभागी नहुने जनाउ दिएपछि सत्ता गठबन्धन संकटमा परेको हो । प्रधानमन्त्रीपछिको मर्यादाक्रममा रहने गरी उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय दिने सहमतिबाट कांग्रेस पछि हटेपछि आफैं समर्थक रही प्रधानमन्त्री निर्वाचित भएका कोइराला नेतृत्वको सरकारमा सहभागी नहुने अवस्था सिर्जना भएको एमालेले जनाएको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै कोइरालाले एमाले अध्यक्ष झलनाथ खनाल र संसदीय दलका नेता केपी शर्मा ओलीलाई फोन गरेर पार्टीभित्रको समस्या देखाएर गृह मन्त्रालय दिन नसकिने बताएका थिए । एमाले स्रोतका अनुसार कोइरालाले दुवै नेतासँग वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमान सिंहका कारण गृह मन्त्रालय दिन नसकिने बताएका थिए । आइतबार एमालेलाई गृहसहित आधा मन्त्रालय दिने सहमति गरेका कोइरालाले प्रधानमन्त्री निर्वाचित भएपछि दिन नसकिने बताएका थिए । जवाफमा एमालेका दुवै नेताले सरकारमा सहभागी नहुने निर्णय सुनाएका छन् ।
एमाले अध्यक्ष खनालले नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई सहमतिअनुसार गृह मन्त्रालय पार्टीलाई नदिए सरकारबाहिरै रहेर समर्थन जनाउने स्पष्ट जवाफ दिएका छन् । ‘गृह मन्त्रालय नदिए यो गठबन्धन संकटग्रस्त हुन्छ, सबै सहमति समाप्त हुन्छ, अब यो गठनबन्धनलाई बचाएर लैजाने/नलैजाने ? संविधान जारी गर्ने कि फेरि असफल बनाउने भन्ने निर्णय तपाईंको हातमा छ,’ प्रधानमन्त्री कोइरालालाई एमाले अध्यक्ष खनालले दिएको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो राजधानी दैनिकमा खबर छ ।
‘त्यसैले संविधान निर्माण गर्ने र गठबन्धन रोज्ने कि त्यसको विपक्षमा जाने हो, तपाईं नै निर्णय गर्नास्, सहमतिअनुसारको गृह मन्त्रालयविना एमाले तपाईंको नेतृत्वको सरकारमा सहभागी हुँदैन, यो हाम्रो अन्तिम निर्णय हो ।’ एमाले संसदीय दलका नेता ओलीले पनि कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै सहमति तोड्दै आफ्नो जग बिर्सने काम नगर्न सुझाउँदै आइतबारको सहमति लागू नभए सरकारमा सहभागी नहुने निर्णय सुनाएको स्रोतले बतायो । एमालेका दुवै नेतालाई कोइरालाले गृह दिन नसकिने भन्दै दुई जनालाई विनाविभागीय मन्त्रीका रूपमा पठाउन आग्रह गरेका थिए ।
कांग्रेससँग मन्त्रालय भागबन्डामा समेत सैद्धान्तिक सहमति भइसकेको भन्दै आइतबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको स्थायी समिति बैठकले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो । गौतमले दोस्रो मर्यादामा रहने गरी उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मा लिने निर्णय भए पनि सोमबार कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलासहित वार्ताटोली सदस्यबाट गृह मन्त्रालय दिन नसकिने जवाफ आएको एमाले नेताहरूको भनाइ छ । बैठकमा कांग्रेस र एमालेबीच १३/१३ मन्त्रालय लिने सहमतिसमेत भइसकेको जानकारी गराइएको थियो ।
कांग्रेसको पछिल्लो भनाइबारे एमाले शीर्ष नेताहरूबीच संविधानसभा भवन नयाँ बानेश्वरमै छलफलसमेत भएको थियो । छलफलमा अध्यक्ष खनाल, संसदीय दलका नेता ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूबीच कांग्रेसले सहमति कार्यान्वयन नगरे सरकारलाई बाहिरै रहेर समर्थन गर्ने सहमति भएको छ ।
‘ठिकै छ, तपाईं निर्वाचित भइहाल्नुभयो, अब सरकार बनाउनूस्, कांग्रेसबाटै राखेर मन्त्रिमण्डल विस्तार गर्नूस्, हामी बाहिरै बसेर समर्थन गर्छौं,’ पार्टीमा भएको सहमतिपछि संसदीय दलका नेता ओलीले प्रधानमन्त्री कोइरालासमक्ष राखेको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो ।
आइतबारको स्थायी समिति बैठकको छलफलअनुसार सहमतिको प्याकेजलाई कांग्रेसले स्वीकार गरेपछि मात्रै एमालेले सरकारमा सहभागी हुने निर्णय गरेको सचिव विष्णु पौडेलले बताए । स्रोतका अनुसार सहमतिका लागि तयार पारिएको प्याकेज मस्यौदामा राष्ट्रपति र उपराष्ट्रपतिलाई संसद्बाट अनुमोदन गर्ने विषयलाई कांग्रेस असहमत रहेकाले एमालेले छुट्टै सो बुँदा उल्लेख गर्ने र गृह र स्थानीय विकास मन्त्रालय लिने सर्तमा मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको थियो । ती दुवैमा सहमत भएकैले कांग्रेसलाई समर्थन गर्ने निर्णय भए पनि गृह मन्त्रालय दिने सहमतिबाट पछि हटेको एमाले नेताहरूको भनाइ छ । ‘हामीले निर्णय गर्नुपहिले नै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलासहित वार्ताटोलीसँग कुरा गरेपछि दुवैलाई स्वीकार गरिएको थियो तर सोमबार सहमतिबाट पछि हटेकाले हामी कडा निर्णय लिनुपर्ने स्थितिमा पुगेका हौं,’ एमालेका एक नेताले भने, ‘पहिलो दिनदेखि नै कांग्रेसले धोका दिन खोजेकाले कतैबाट सहमति भाँड्न षड्यन्त्र भइरहेको छ कि भन्ने हामीलाई गम्भीर आशंका छ ।’
एमाले वार्ताटोली सदस्य उपाध्यक्ष गौतम र सचिव विष्णु पौडेलले सोमबार कांग्र्रेस वार्ताटोलीसँग छुट्टै छलफल गरेका थिए । १ सय ७५ सिटसहित कांग्रेसकै हाराहारीमा दोस्रो हैसियतमा रहेको एमालेको १ सय ७३ मत प्राप्त गरेर कोइराला सोमबार प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
‘आइतबारको वार्तामा गृह मन्त्रालय एमालेलाई दिने सहमति भइसकेको छ, त्यसैअनुसार उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधान र गृहमन्त्रीका रूपमा नेतृत्व गरी पठाउने निर्णय भएको हो, यदि आइतबारको सहमतिबाट पछि हटेको वा हट्न खोजेको हो भने नेकपा एमाले सरकारमा सहभागी हुन्न,’ एमाले सचिव विष्णु पौडेलले भने ।

बन्धक बनाएर यौन ब्यवसाय

2013-09-24-1380005232माघ २८ काठमाडौं। राजधानीको ठमेल क्षेत्रमा महिलालाई बन्धक बनाएर यौन व्यवसायमा लगाउने गरेको पाइएको छ । राम्रो जागिर लगाइदिने बहानामा ल्याएर दलालले देखावटी मसाज सेन्टर खोलेर यौन धन्दामा लगाउने गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले त्यसरी बन्धक बनाइएका ३ महिलाको उद्दार गरेको छ ।
उनीहरूलाई ठमेलको होटल ग्रिन लिफबाट उद्दार गरिएको हो । त्यहाँ महिलालाई ल्याएर बन्धक बनाई यौन धन्दामा लगाएको वृत्तका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए । उनका अनुसार बाहिरबाट ग्राहक ल्याएर महिलालाई प्रयोग गर्ने गरेको खुलेको छ । होटल सञ्चालक फरार छन् । ग्राहकबाट आफूले धेरै रकम असुलेर महिलालाई थोरै दिने गरेको प्रहरीको भनाई छ ।
यस्तै, ठमेल कै नीलगिरी स्पा एन्ड मसाज सेन्टरबाट प्रहरीले सञ्चालक निर्मल मगरलाई पक्राउ गरेको छ । उनलाई स्पामा काम गर्न राखिएका महिलालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोप छ । प्रहरीका अनुसार उनले ग्राहक र महिलालाई कोठाभित्र राखेर बाहिरबाट चाबी लगाइदिने गरेका थिए । जबरजस्ती यौन धन्दामा लगाएको उजुरीपछि छापा मारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ भनेर आजको कान्तिपुरमा यो समचार छापिएको छ ।

रेग्मी कहाँ जालान् अब ?

माघ २८ काठमाडौंअब तपाईं के गर्नुहुन्छ ? नयाँ दलीय प्रधानमन्त्री चुनिएपछि गैरदलीय मन्त्रिपरिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सोमबार संसद्बाहिर पत्रकारहरूले सोधे, फर्किएर सर्वोच्च अदालतमै जानुहुन्छ कि ?
प्रसन्न मुद्रामा रहेका रेग्मी हल्का मुस्कुराए । अनि भने, उपयुक्त समयमा विवेकसम्मत निर्णय गर्छु, भोलि–पर्सि नै थाहा पाइहाल्नु हुन्छ नि
बोल्दै नबोल्ने, बोलिहाले पनि सुन्नेलाई कुनै भेउ नदिने पुरानो बानी रेग्मीले सिंहदरबारबाट जाँदाजाँदै पनि दोहोर्‍याए । उनले दस महिना २७ दिन मन्त्रिपरिषद् अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए ।
रेग्मीले अब यसो गर्छु, उसो गर्छुु भन्ने भेउ त दिएनन्, तर केचाहिँ थपे भने, ुमेरो जुन जिम्मेवारी थियो, आजको दिनमा पूरा भएको छ, त्यसकारण म एकदम खुसी छु, एक वर्षमा संविधानसभाले संविधान बनाउला र जारी गर्ला भन्नेमा आशावादी पनि छु ।
रेग्मीले उपयुक्त समयमा विवेकसम्मत निर्णय गर्छु भनेको के हो त ? उनी निकटस्थहरूका भनाइमा, रेग्मीका अघिल्तिर मूलतः तीन विकल्पहरू छन्– सरकारले मनोनीत गर्ने २६ मध्ये एक सदस्यका रूपमा संविधानसभामा प्रवेश गर्ने, प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतमै फर्किने वा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षता गर्ने । भनेर आजको कान्तिपुर दैनिकमा यो समचार छापिएको छ ।

Feb 10, 2014

News मेरो कार्यभार पूरा गरेँ : रेग्मी

माघ २७ काठमाण्डौ ।मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचित जनप्रतिनिधिको सरकार गठन भएसँगै आफ्नो कार्यभार पूरा भएको बताएका छन् ।  
नयाँ प्रधानमन्त्री चयन भएपछि संसद परिसरमा सञ्चारकर्मीसँग बोल्दै रेग्मीले संविधानसभा निर्वाचन र जनप्रतिनिधिको सरकार गठनमा भूमिका खेल्नु आफ्ना लागि ठूलो उपलब्धि भएको बताए ।
 
प्रधानन्यायधिश समेत रहेका रेग्मीले सर्वोच्च अदालत फर्कने वा नर्फकने भन्ने वारे कुनै जवाफ दिएनन् । ‘त्यो कुरा भोलिका दिनमा थाहा पाइहाल्नुहुन्छ’ सञ्चारकर्मीको जिज्ञासामा उनले जवाफ दिए ।
 

कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित

माघ २७ काठमाण्डौ ।नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता सुशील कोइराला प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको छ । नेपाल अन्तरिम संविधान २०६३ को धार ३८९२० अनुसार बहुमतीय प्रणाली अनुसार कोइराला प्रधानमन्त्री बन्नुभएको हो । प्रधानमन्त्रीको एक मात्र उम्मेदवार रहनुभएका कोइरालको पक्षमा ४०५ मत खसेको छ,भने विपक्षमा १४८ मत खसेको छ ।
प्रधानमन्त्री बन्न २ सय ८५ मत आवश्यक पर्ने भए पनि कोइरालाले दुई तिहाइ भन्दा बढी मत पाउनुभएको छ । कोइरालालाई नेकपा एमालेले समेत सहयोग गरेको छ । हिजो कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार उहाँ प्रधानमन्त्री बन्नुभयो ।
कोइरालाको प्रस्तावकका रुपमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल रहनुभएको थियो भने समर्थकमा एमालेका संसदीय दलका नेता केपी ओली रहनुभएको थियो । संसदको तेस्रो ठूलो दल एकीकृत माओवादी र  चौथो ठूलो दल राप्रपा नेपालले कोइरालको विपक्षमा मतदान गरेका छन् ।  प्रधानमन्त्री चयनसंगै ब्यबस्थापिका संसदको बैठक फागुन २ गते शुक्रबार दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्रीका लागि आज संसदमा मतदान

माघ २७ काठमाडौँ  नयाँ प्रधामन्त्रीको लागि सोमबार व्यावस्थापिका संसदमा मतदान हुँदैछ । प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता सुशील कोइरालाले मात्र उम्मेदवारी दर्ता दिएका छन् । 
आइतबार काँग्रेस र नेकपा(एमाले)बीच संविधान निर्माण, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा ७ बुँदे सहमति भएपछि कोइरालालो नयाँ बानेश्वरस्थित संसद् सचिवालयमा मनोनयन दर्ता गराएका हुन् । पहिले ६ बुँदे भनिएको सहिमति पछि सभामुखको निर्वाचनमा कांग्रेसले एमालेलाई सघाउने सहमति थपिएपछि ७ बुँदा भएको हो ।
कोइरालाको प्रस्तावकमा काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले र समर्थकका एमाले संसदीय दलका नेता केपी शर्मा ओली छन् ।
निर्वाचन प्रक्रिया पूर्व निर्धारित कार्यक्रमअनुसार बिहान ११ बजे देखि सुरु हुने छ ।
एक मात्र उम्मेदवार रहेको अवस्थामा निर्वाचनमा विजयी हुन बहुमत सभासद्ले पक्षमा मतदान गर्नुपर्नेछ । प्रधानमन्त्री चुनिनको लागि कोइरालाको पक्षमा २८६ मत आउनुपर्छ । अहिले संविधानसभा अपूर्ण रहेको र कांग्रेस र एमालेका २ नेताहरु २ ठाउँबाट निर्वाचित रहेकाले ५ सय ७१ जना सदस्य मात्र रहेका छन् ।

मालपोत प्रमुखसहित ६ जना बिरुद्ध मुद्दा दायर

download (6)माघ २७ काठमाडौ   । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, काठमाडौंका तत्कालीन प्रमुख (उपसचिव) हरिकृष्ण तिमिल्सिनासहित ६ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
काठमाडौंको वडा नं. ५ र ७ को चार कित्ता निजी गुठीको करोडौं मूल्य पर्ने जग्गा दलालसितको मिलोमतोमा रेकर्डमा रहेको विवरण सच्याएर रैकर बनाई बिक्री वितरण गरेर भ्रष्टाचार गरेकाले तिमिल्सिनासहित छ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर गरिएकामा तिमिल्सिनाका अतिरिक्त मालपोत कार्यालयका कम्प्युटर अपरेटर इन्द्रसिंह सामन्त, फाँटवाला अम्बिका दाहाल, अर्जुन खतिवडा र जग्गा दलाल राजेश कर्माचार्य र लक्ष्मीनारायण महर्जन छन् ।
उनीहरूले निजी गुठीको सट्टापट्टा र बिक्रीवितरण गर्न नमिल्ने धोबीखोलासित जोडिएको चार कित्ता जग्गाको मालपोत कार्यालयमा रहेको अभिलेखमा भएका अक्षर खुर्केर मेटाएको र त्यसको मिसिल कागजातसमेत गायब पारी रैकरमा परिणत गरेर तेस्रो पक्षलाई बिक्री गरेको अभियोगपत्रमा उल्लेख छ भनेर आजको कान्तिपुर दैनिकमा यो खवर छापिएको छ ।

एमाओवादी प्रमुख प्रतिपक्ष


 
maoist-headquarters माघ २७ काठमाडौं । संबिधानसभाका दुई ठुला दल नपाली कांग्रेस एमालेबीच सरकार गठनको सहमति भएपछि त्स्रो ठुलो दल एकिकृत माओवादी प्रमुख प्रतिपक्षको भुमिकामा बस्ने भएको छ । एमाओवादी प्रधानमनत्री चुनावमा पिक्षामा मत हाल्ने निर्णय समेत लिएको छ ।
कांग्रेस र एमालेबीच सातबुँदै सहमतिपछि आइतवार साझँ बसेको एमाओवादीका पूर्वपदाधिकारीहरुको बैठकले अन्यदलहरुसँग सल्लाह गरेर रचनात्माक प्रतिपक्षको भुमिका निर्वाह गर्ने निर्णय गरेको छ । अवको एक बर्षभित्र सं्रबिधान जारी गर्नेगरी ध्यान केन्द्रित गर्ने निर्णय पनि बैठकले गरेको छ भनेर आजको नयाँपत्रिका दैनिकमा यो खवर छापिएको छ ।

रमेश खरेल प्रहरीलाई भेट्दै आचरण सुर्धान लगाउँदै, निगरानीका लागि प्रहरी नै सुराकी

Ramesh-kharelमाघ २७ काठमाडौं । प्रहरीको कार्यशैलीमा सुधार र आपराधिक सञ्जालसँगको सम्पर्क जालो भत्काउन महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश खरेलले आफू मातहतका प्रहरीलाई ‘गलत काम गर्दिन’ भन्दै सामूहिक कसम खुवाएका छन् ।
आत्मसमीक्षा गरेर आचरण सुधार्ने मौका दिने रणनीति अन्तर्गत खरेलले मातहतका प्रहरीलाई ब्रिफिङ गर्दै कसम खुवाएका हुन् । उनले मातहतका प्रहरीलाई सामूहिक रुपमा बोलाएर ‘अपराधीसँग मिल्दैनौं, तस्करसँगै मिल्दैनौं, नागरिकको काम गरेबापत घुस खान्नौं ‘ भन्दै कसम खुवाउने गरेका छन् । बदनाम चरित्र भएका प्रहरी कर्मचारुीलाई उनले एक्लै भेटेर ‘कार्यशैली सुधार्नु वा कारबाहीका लागि तयार रहनू’ भन्दै चेतावनी दिने गरेको नागरिक दैनिकमा खबर छ ।
स्रोतका अनुसार आत्मसमक्षिा गराएर कार्यशैली सुधार्ने योजना पहिलो चरणको हो । दोस्रो चरणमा प्रहरीको आर्थिक व्यवहार अनुगमनको लागि सुराकी खटाउने रणनीति बनिसकेको छ । ‘प्रहरीको अनुगमनका लागि प्रहरीलाई नै सुराकी बनाउनु प्रभावकारी हुनसक्छ,’ स्रोतले भन्यो, ‘त्यहीअनुसार कार्यनीति बनेको छ ।’
प्रहरीको संगतका व्यक्ति, दैनिक उठबस र आर्थिक गतिविधिलाई प्राथमिकतामा राखिएको रणनीति निर्माणमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

कोइराला प्रधानमन्त्री पक्का ' एक बर्षभित्र संबिधान बनाउँछु '


Sushil-koiralaमाघ २७ काठमाडौ  ।कांग्रेस सभापति एंव संसदीय दलका नेता सुशील कोइराला एमालेको सर्मर्थनमा सोमवार प्रधानमन्त्री बन्ने भएका छन । पार्टी कांग्रेस र एमालेबीचको सहमतिका साथ अघि बढ्न ७ बुदेँ सहमति भएपछि ७८ बर्षीया कोइराला प्रधानमन्त्री बन्ने भएका हुन् ।
सहमति बनेपछि कोइरालाले प्रधचानमन्त्री चुनावका लागी आइतवार नै उम्मेदवारी दर्ता गराएका छन् । उनको उम्मेदवारीमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल प्रस्तावक र एमाले संसदीय दलका नेता केपी ओली समर्थक छन् ।
दुई दलबीच प्रधानमन्त्रीमा एमालेले काइरालााई र सभामुखमा एमाले उमेदवारलाई मतदान गर्ने सहमति भएको छ । दुइ दलबीचको ७ बुँदे सहमतिमा १ बर्ष भित्र संबिधान जारी गर्ने त्यसपछि अन्तरिम अवधिका लागी राष्ट्रपतिका, उपराष्ट्रपति प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ । यो राजनीतिक सहमतिलाई संबैधानिक ब्यवस्था गर्न संबिधान स.ससोधन गर्ने सहमति पनि बनेको छ भनेर आजको कान्तिपुर दैनिकमा यो खवर छापिएको छ ।

सुत्केरीको सालनालबाट उर्जा !

माघ २७ चितवन । दैनिक ७० महिला सुत्केरी हुने भरतपुरको सरकारी अस्पताल परिसर दुर्गन्धले बसिनसक्नु हुन्छ । सुत्केरी गराईसकेपछिको सालनाल र अरु फोहोर राम्रो व्यवस्थापन नहुँदा बिरामी र तिनका कुरुवा नाक थुनेर बस्छन् ।
गाउँका महिला सुत्केरी हुने चैनपुर उपस्वास्थ्य चौकीले भने सालनालबाट बायोग्यास निकालेर नेपालकै नमूना काम थालेको छ । अस्पताल परिसरमा फोहोरका थुप्रा छैनन्, दुर्गन्ध पनि आउँदैन । बरु सुत्केरी गराउँदा निस्केका फोहोरबाट निकालिएको ग्यासमा पोसिलो खाना बनाएर सुत्केरीलाई खुवाइन्छ ।
उपस्वास्थ्य चौकीका इन्चार्ज विष्णुप्रसाद रिजाल अहिले दैनिक एक घन्टा निस्कने वायु उर्जाले चिया पकाउने, पानी तताउने, विभिन्न सामग्रीहरु निर्मलीकरण गर्ने र पोसिलो खानेकुरा पकाउने गरिएको बताउँछन् ।
मेडिकल सिटीका रुपमा तीव्र विकास हुँदै गएको भरतपुरका घरैपिच्छे अस्पताल र मेडिकल खुलेका छन् । त, दैनिक निस्कने फोहोरको समस्या बढ्दो रहेको नागरिक दैनिकमा खबर छ ।
सहरका अस्पतालमा फोहोर थुप्रिँदै गर्दा गाउँको उपस्वास्थ्य चौकीले भने त्यही फोहोरबाट उर्जा निकाल्न थालेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केहरसिंह गोदारले बताए ।

Feb 9, 2014

एमालेसँगको ६ बुँदे सहमतिपछि कोइराला प्रधानमन्त्री पक्का (सहमति सहित)

माघ २६  काठमाडौं  । नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने पक्का भएको छ ।  एमालेको समर्थनमा ब्यावस्थापिका संसदमा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भएसँगै कोइराला प्रधानमन्त्री बन्ने पक्का भएको हो ।
 
कोइरालाको प्रस्तावकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल र समर्थकमा एमालेका संसदीय दलका नेता केपी ओली रहेका छन् । कांग्रेस र एमालेबीच भएको ६ बुँदे सहमति पछि कोइरालालाई एमालेले प्रधानमन्त्रीमा समर्थन गरेको हो ।
 
दुईदलबीच राष्ट्रपति र उपराष्ट्रपतिलाई ब्यवस्थापिका संसदबाट अनुमोदन गराइनेछ । संसदीय दलको वैठकले पठाएको प्रस्ताव स्वीकार्दै एमाले स्यायी कमिटी वैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
 
बुदा नम्बर १ मा एक बर्षभित्र संबिधान जारी गर्ने प्रतिवद्धता जनाइएको छ भने बुदा नम्बर ५ मा राष्ट्रपति, उपराष्ट्रपति, सभामुखसहितका पदाधिकारीको निर्वाचन गर्ने सहमति भएको उल्लेख छ । सहमतिपछि भोलि सोमबार नै मुलुकले नयाँ प्रधानमन्त्री पाउने पनि पक्का भएको छ । 
 
यस्तो छ ६ बुँदे सहमति
 
१. १२ बुँदेदेखि अहिलेसम्म भएगरेका सहमतिलाई संस्थागत गर्न एक वर्षभित्र नयाँ संविधान जारी गर्ने। 
 
२. अघिल्लो संविधानसभाले गरेका कामहरुको स्वामित्व ग्रहण गर्ने।
 
३. संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्ने। त्यसका लागि संविधान संशोधन प्रस्ताव सरकारले ल्याउने। 
 
४.  एमालेले कांग्रेसको नेतृत्वमा सुशील कोइरालाको सरकारलाई समर्थन गर्ने। 
 
५.  एक वर्षभित्र संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखसहितका पदाधिकारीहरुको निर्वाचन गर्ने।
 
६. सरकार निर्माणका लागि कांग्रेसले सात दिनभित्र नीति तथा कार्यक्रमको खाका तयार गर्ने।

तिलौराकोटमा 'पोष्ट होल' भेटियो ,तिलौराकोट बुद्ध जन्मिनुअघि नै व्यवस्थित सहर भएको पुष्टि हुने थप प्रमाण

holeमाघ २६  कपिलवस्तु। तिलौराकोट बुद्ध जन्मिुनुअघि नै व्यवस्थित सहर भएको पुष्टि हुने थप प्रमाण भेटिएको छ । बुद्धको दरबारस्थल यस प्राचिन सहरमा उत्खननका क्रममा 'पोष्ट होल' (काठ र बासको खाँबो गाडिएका डोब) भेटिएपछि यससम्बन्धी थप प्रमाण मिलेको हो । यस्ता पोष्ट होलहरू ९ वटा फेला परेका छन् ।

दोस्रो चरणको 'तिलौराकोट उत्खनन् अन्वेषण परियोजना' अन्तर्गत पुरातत्व विभाग, लुम्बिनी विकास कोष, युनेस्को र बेलायतको डुर्‍हाम विश्व विद्यालयका विज्ञ तथा पुरातत्वविद्को टोलीले डेढ महिनायता गरेको उत्खननमा यस्तो प्रमाण भेटेको हो । तिलौराकोट राजदरवार भग्नाबषेशदेखि ५० मिटर उत्तर पश्चिम सुरक्षा किल्ला पर्खालमा उत्खनन् गर्दा गत वर्ष साढे ३ मिटर गहिराइमा २ वटा ससाना 'पोष्ट होल' पाईएका थिए । यस पटक त्यसभन्दा अलिकति पुर्बपट्टि ३ मिटर गहिराई देखि नै 'पोष्ट होल' का डोब भेटिएका हुन् ।

४ मिटर गहिराईमा पुग्दा यस्ता ९ वटा डोब भेटेपछि डुर्‍हाम विश्वविद्यालयका प्रमुख पुरातत्वविद् डा. क्रिस्टोफर डेबिस खुसी भए । उनले नजिकै रहेका विश्वविद्यालयका सहउपकुलपति रबिन कनिङघमलाई बोलाएर देखाएका थिए । त्यसपछि कनिङघम पनि खुसी भई खन्न लागे । अनि, चिरिच्याट्ट पारेर फोटो खिचे ।

'पोष्ट होलसंगै बुद्धकालिन भनेर मानिएको तिलौराकोटको ईतिहास लम्बिएको छ । शाक्यवंशिय राजधानी भन्दा पहिल्यै तिलौराकोटमा बस्ती बसेर मानव चहलपहल भएको पुष्टी हुन्छ,' परियोजना को-डाईरेक्टर तथा युनेस्को कन्सल्टयाण्ट पुरातत्वविद् कोषप्रसाद आचार्यले भने ।

१५ देखि २० व्यासका ९ वटा 'पोष्ट होल' अहिले सबैलाई हेर्न खुला राखिएको छ । काठ र बासको खाबा गाडिएको ठाउका माटो फरक देखिन्छ । 'पोष्ट होल' बाट पाइएको माटोको नमुना परीक्षणका लागि बेलायतका युनिभरसिटी अफ स्टलिङ्गका प्रोफेसर इयन ए सिमसनले लगेका छन् । तिलौराकोट बुद्ध जन्मनुभन्दा धेरै पहिल्यैको हो भन्ने बलियो प्रमाण मिलेको युनेस्कोको कन्सल्टयाण्ट वरिष्ठ पुरातत्वविद वसन्त बिडारीले बताए । अर्को वर्ष ल्याब रिपोर्ट आए पछि यकिन भन्न सकिने उनले उल्लेख गरे ।

यसअघिको उत्खनन्मा ईंटा प्रयोगबाट बनेका संरचना भेटिएका थिए । अहिले काठ प्रयोग गरेर बनाइएका संरचना पनि भेटिएपछि अनुसन्धानकर्मीहरू हौसिएका छन् । यसलेे इर्ंट नबन्दा घर बनाउन काठ बास प्रयोग गरिन्थ्यो भन्ने थाहा भएको उनीहरूको भनाइ छ । 'पोष्ट होल' भेटिनु राम्रो संकेत भएको प्राध्यापक  कनिङघमले बताए । यसले तिलौराकोटको प्राचीनतालाई झनै पुष्टी गर्दै कार्यक्रम निर्धारण गर्न सघाउनले उनले उल्लेख गरे ।

'पोष्ट होल' पाईएको ठाउमा सन् १९६२ मा भारतीय पुरातत्वविद् देबला मित्राले समेत उत्खनन् गरेकी थिइन् । उनले प्रतिवेदनमा तिलौराकोट दोस्रो वा तेस्रो शताब्दीको सहर भएको भनेकि छन् । तर 'पोष्ट होल' ले उनको दाबीलाई 'खारेज' गरेको विज्ञहरूले बताए । प्रारम्भिक अनुमानअनुसार यो सहर ईसा पुर्ब छैठौं वा सातौ शताब्दीको हुन सक्ने उनीहरूको भनाइ छ । 'अहिलेको उत्खनन्ले मित्राको दाबी स्वतः अस्विकृत भएको छ,' उनीहरूले भने । पुरातत्वविद् मित्राको प्रतिवेदनपछि नै भारतको सिद्धार्थनगरको अलिगढवा राजा शुद्धोदनको राजधानी भएको भन्ने दाबीसमेत गरिएको थियो ।

उत्खनन् टोलीमा डुर्‍हाम विश्वबिद्यालयका ११, युनेस्कोका २ कन्सल्टयाण्ट, पुरातत्ब विभागका २ र लुम्बिनी विकास कोषका ३ बिषेशज्ञ तथा पुरातत्वविद् सहभागी छन् । त्रिभुवन विश्वविद्यालय स्नाकोत्तरमा संस्कृति बिषय अध्ययनरत १३ बिद्यार्थी पनि सहभागी छन् । उनीहरू अझै दुई साता यस काममा खटिनेछन् । तिलौराकोटस्थित शुद्धोदनको राजप्रासादमा भगवान गौतम बुद्धले २९ वर्ष हुँदासम्म बिताएका थिए ।
साभार: कान्तिपुर

३ बैंक झुक्याएर २ करोड झ्वाम

 download (2)माघ २६ काठमाडौं  एकै साथ ३ बैंकलाई झुक्याएर केही ब्यत्तिले चेक मार्फत २ करोड रुपैयाभन्दा बढीरकम ठगी गरेका छन् । ठगहरुले एकाउन्टपेयी चेक मार्फत मेघा बैंकमा रहेको टुरिजम डेभलमेन्ट बैंक रकम राष्ट्रि बाणिज्य बैंकबाट भुत्तानी लिएका हुन् ।
प्रहरीका अनुसार संञ्जय ढकालको नाममा राष्ट्रिय बाणिज्य बैंकको भोटाहिटी शाखामा एउटा चेक डिपोजिट हुन् आयो । उक्त चेक मेघा बै.कको थियो, जसमा ६ महिना अघि पदबाट राजिनामा दिएका टुरिजम बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) रेवन्त दाहाल र एक अर्का ब्यक्तिको हस्ताक्षर थियो ।
मेगा बैकमा रहेको टुरिजम डेभ्लप्मेन्ट बैकको खाताबाट २ करोड ९ लाख ९० हजार रुपैंया हराएको प्रहरीले जनाएको छ । त्यहाँ खाता खोलेर राखेको उक्त रकम ३ दिन अघि एक ब्यक्तिले टुरिजम डेभ्लप्मेन्ट बैङकको चेक प्रयोग गरेर निकालेका हुन् भनेर आजको कान्तिपुर दैनिकमा यो खवर छापिएको छ ।

पियुको प्रश्नपत्र १५ हजारमा बेचिए


 माघ २६ काठमाडौं। पुर्वाञ्चल विश्वबिद्यालयको ब्याचलर अफ पब्लिक हेलथ(बिपिए) बिषयका प्रश्नपत्र १५ हजारका दरले बचेको खुलासा भएको छ । प्रि–बोर्ड परिक्षामा बेचिएका प्रश्न अन्तिम परिक्षामा हुबहु छ । पूर्वाञ्चल विश्वबिद्यालयको ससम्बन्धन प्राप्त क्याम्पसका संञ्चालकहरुले संस्था पब्लिक हेल्थ डेभलपमेन्ट कमिटिले दुई साताअघि प्रत्येक कलेजलाई प्रि–बोर्ड एक्ज्यामिनेसन २०७० परिक्षामा बेचेको प्रश्न अन्तिम परिक्षामा हुबहु आएको छ । साmेबिषयको परिक्षा माघ २३ परिक्षा संञ्चालन भएको थियो । प्रिबोर्डको परिक्षा माघ ६ गते भएको थियो भनेर आजको नयाँ पत्रिका दैनिकले यो खवर छापेको छ । ...

छोरी – बुहारी जोगाउन हम्मे

imagesमाघ २६ बारापत्रहटी ९ का २५ वर्षीय वृजकिशोर सहनी र भवानीपुर जितपुर माइती भएकी २० वर्षीया खुस्बु सहनीबीच २ वर्षअघि राजीखुसी वैवाहिक सम्बन्ध जोडियो । उनीहरू खुसी थिए । खुस्बुको माइतीबाट विवाहमा लाखौं खर्चिएको थियो । धुमधामले विवाह हुँदा छिमेक, आफन्त उत्साहित भएर जन्तीमा रमाए । तर खुस्बुले मुस्किलले २ वर्ष दाम्पत्य जीवन बिताउन पाइन् । उनले विवाहको २ वर्ष नपुग्दै ज्यान गुमाइन् । माइतबाट घर बनाउन पैसा नल्याएको निहुँमा उनी मारिइन् । हत्या आरोपमा खुस्बुकी सासू लक्ष्मिनिया देवी बिहीबार पुर्पक्षका लागि जेल चालन भएको प्रहरीले जनायो । उनको शव खोज्दै जाँदा मारिएको ४ दिनपछि गाउँ नजिक खोलामा गाडिएको अवस्थामा गत पुसको तेस्रो साता प्रहरी र माइती पक्षले भेटायो । घटनापछि माइतीको उजुरीका आधारमा अनुसन्धान गर्दा दाइजोको निहुँमा कर्तव्य गरी मारिएको प्रहरी अनुसन्धानले देखाएको छ । खुस्बुका भाइ दीपेन्द्र सहनीका अनुसार दिदीले घटनाको ४ दिनअघि मोबाइलमा घर बनाउन पैसा पुर्‍याइदेऊ नत्र मारिन्छु भनेकी थिइन् । फोन गरेको तेस्रो दिन मारिन्,ु उनले भने । दिदीलाई पैसा का लागि केही महिनादेखि घरमा दबाब, कुटपिट र यताना दिँदै आएको उनले बताए । यस्तै गत वर्ष पुस ११ मै प्रस्टोका ५ की १८ वर्षीया किशोरी बिन्दु ठाकुरलाई बाबुले जलाएर मारेको घटना नसेलाउँदै सोही गाविस २ की २२ वर्षीया मोफिदुन नेसाको नागरिकता बनाइदिन भनेपछि श्रीमान् र सासूससुराबाट हत्या भयो । यसैगरी प्रस्टोका १, हरपुर टोलकी २३ वर्षीया नइमा खातुनलाई बच्चा नजन्माएको आरोप लगाउँदै उनका श्रीमान् अजमुदिन हक देवान, ससुरा जयतुल्लाह हक देवान र सासू सायदा खातुनले कुटपिट गरी हत्या प्रयास गरेपछि स्थानीयले उद्धार गर्दा उनको ज्यान जोगिएको थियो ।

 यी सबै घटनाका आरोपीहरू पुर्पक्षका लागि थुनामा छन् । हरैया ३ की मंजु देवीलाई जलाएर हत्या गरियो । उनको शव रातारात भारत लगेर गायब गरियो । शरीरमा आगो लगाई कर्तव्य गरी मारिएकी उनको शव उपचारका नाममा एम्बुलेन्समार्फत रातारात सीमा पारी पुर्‍याएर दाहसंस्कार गरिएको सुराक पाएपछि प्रहरीले मन्जुका पति गगनदेव र जेठाजु सत्यनारायणलाई समात्यो । पछि प्रहरीले मन्जुका माइतबाट परेको उजुरीका आधारमा छानबिन गरी मुद्दा चलाउँदा अदालतले पति गगनदेवलाई सादा तारेखमा छाड्यो । जेठाजु सत्यनारणलाई पुर्पक्षका लागि वीरगन्ज कारागार पठायो । यस्तै कलैया नगरपालिका १४ विश्वम्भरपुरमा ३५ वर्षीय ललितादेवी कुसवाहालाई उनका पति शंकर कुसवाहाले माइतीबाट दाइजोस्वरूप जग्गा नलिएको आरोपमा बन्चरो प्रहार गरी हत्या गरे । मार्ने शंकर थुनामा छन् । कुडवा९३ की १९ वर्षिया संगीतादेवी साहका हकमा पनि त्यसै भयो । उनले पनि मुस्किलले एक वर्ष दाम्पत्य जीवन बिताउन पाइन् । पछि माइती र ससुरा मिलेर घटना सामसुम पारियो । पछिल्ला केही वर्ष जिल्लामा जग्गामा स्वामित्व, यौन हिंसा, प्रेमसम्बन्ध, दाइजोलगायत सामाजिक कुरीतिका आवरणमा छोरी, बुहारी हिंसामा परिरहेका छन् । यस्ता हिंसा र परम्पराका कारण कतिपय मारिएका छन् । 
कतिपय हिंसा सहेर मृत्युबाट जोगिएका छन् । नागरिकतासहित सम्पत्तिमा हक खोज्दा र सन्तान जन्माउन नसक्दासमेत छोरीबुहारी मारिने गरेका छन । यिनै कारण शृंखलाबद्ध तरिकाले छोरीबुहारी परिवारबाट मारिने क्रम बढेपछि सर्वसाधारणमा त्रास बढेको छ । यस्ता घटनामा घरेलु धारिला हतियार, लट्ठी, बाँसका चिर्पट, आगो प्रयोग गरिएको देखिन्छ । यस्ता घटनाले छोरीबुहारी जोगाउन मुस्किल पर्दै गएको जानकार बताउँछन् । प्रहरीको तथ्यांककमा विगत २ वर्ष अवधिमा कम्तीमा ११ जना छोरीबुहारी मारिएको घटना दर्ता छन् भनेर आजको कान्तिपुर दैनिकमा यो खवर छापिएको छ ।

खरेललाई भेटन् जादा डन प्रक्राउ

don3माघ २६ काठमाडौं। एसएसपी रमेश खरेलको कार्यकक्षमा बिहवार साँझ एक युवक दाई नमस्ते भन्दै प्रवेश गरे र सर्वसाधारणलाई सहज भेटदिने खरेलले ती ब्यक्तिसँग भने आक्राशित भए । आदेश दिए किन आयो यहाँ लगेर थुन ।
एसएसपी खरेलसँग भेटेर सम्बन्ध बनाउरु नजिक हुन हनुमानढोका परिसर पुगेका बलराम सापकोटा बले प्रहरी खोरमा परेका छन् । क्यासिनो किङका नामले चिनिने उनी प्रहरी अधिकारीसँग समेत आर्थिक प्रभावमा परि क्यासिनोमा करौडौं कमाउन सफल भएका ब्यक्ति हुन् । रातारात करोडपति बनेका उनी सम्पति शुद्धिकरण अनुसन्धान बिभाग तथा केन्द्रिय प्रहरी अनुसन्धान बिभागले समेत छानविन गरिरहेको छ भनेर आजको नयाँ पत्रिका दैनिकमा यो खवर छापिएको छ ।
 

डा. भगवान कोइरालाको राजिनामा स्वीकृत

पोखरा २५ माघ  
घरमा काम गर्न राखेको बालिकालाई बारम्बार यौनशोषण गर्ने एमाओवादीका पूर्व सभासद् सफिक मियालाई अदातले सात वर्ष कैद तोकेको छ। जिल्ला न्यायाधीश रामप्रसाद ओलीको एकल इजलासले पुर्पक्षका लागि थुनामै रहेका उनलाई सात वर्ष कैद र दुई लाख जरिवानाको फैसला गरेको हो।
 
१४ वर्षीया बालिकामाथि यौनशोषण गरेको आरोपसहित गत वर्षको मंसिरमा सफिक उपर जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको थियो। त्यतिबेला फरार सफिक जेठ २७ गते आफैं अदालतमा हाजिर भएका थिए। उनलाई तत्कालीन जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।
 
मियाको घरमा काम गर्ने ती बालिकाले आफूलाई डरधाक र प्रलोभनमा पारी प्राकृतिक र अप्राकृतिक यौन क्रियाकलाप गर्ने गरेको प्रहरीसमक्ष बयान दिएकी थिइन्। प्रहरीले उनको जाहेरी र बयानका आधारमा आरोपी पूर्वसभासद् मियाविरुद्ध जबरजस्ती करणी मुद्दाको अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। पीडित बालिकाकी आमाले छोरीमाथि भएको दुव्र्यवहारबारे थाहा पाएपछि गत वर्ष कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा मियाविरुद्ध जाहेरी दिएकी थिइन्।
 
घरमा काम गर्न भनेर ल्याएकी बालिकासँग आफ्ना श्रीमान्ले यौनशोषण गर्ने गरेको उनकी पत्नी जुबेदा खाँ मियाले आरोप लगाएकी थिइन्। पीडित बालिकाले समेत आफूलाई धम्क्याएर सफिकले यौनशोषण गर्ने गरेको बयान प्रहरीसमक्ष दिएकी थिइन्।
 
सफिकले यौनशोषण गरेको भनिएकी बालिकाको स्वास्थ्य परीक्षणबाट नियमित यौन सम्पर्क हुने गरेको पुष्टि गरिसकेको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणले ती बालिकामाथि नियमित यौन संसर्ग हुँदै आएको पुष्टिसहितको प्रतिवेदन गत वर्ष कात्तिक २० गते दिएको थियो।
 
मुलुकी ऐनमा १६ वर्ष नपुगेकी स्त्रीसँग सहमतिमै यौन सम्पर्क गरे पनि त्यो जबरजस्ती करणी ठहरिने र त्यसैअनुरूप मुद्दा चल्ने व्यवस्था छ। आरोपी सफिकलाई उति नै बेला बालिकामाथि यौनशोषणका साथै पत्नीको नक्कल नागरिकता समेत बनाई जग्गा बिक्री गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिसकेको छ।
 
पूर्वसभासद् मियाले पत्नी जुबेदा खातुनको नक्कली नागरिकता बनाएर गत वर्षको भदौ २७ गते कास्कीको जग्गा तनहुँ मालपोतबाट बिक्री गरेका थिए। यस्तै मियाले पत्नी जुबेदालाई हत्या योजनासहित यातना दिएको, पत्नीलाई क्यान्सर रोग लागेको, परपुरुषसँग यौन क्रियाकलापमा लागेको झूटो आरोप पार्टीमा पेस गरेका थिए। अन्नपूर्णबाट

Feb 8, 2014

आजदेखि हात्तीपाइले रोग विरुद्धको अभियान सुरु हुँदै

माघ २५ काठमाण्डौ ।सरकारले आजदेखि ३१ जिल्लामा हात्तीपाइले रोग विरुद्धको अभियान सुरु गर्दैछ ।हात्तीपाइले रोग नियन्त्रणका लागि आजदेखि सोमबारसम्म औषधि खुवाउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
अहिले केहीबेरमा औषधि खुवाउन सुरु गरिनेछ । भोजपुर, इलाम, झापा, मोरङ, ओखलढुंगा, पाँचथर, सप्तरी सिरहा, सुनसरी, उदयपुर, अर्घाखाँची, बाग्लुङ, कास्की, म्याग्दी,पर्वत र लमजुङमा आजदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइनेछ ।
त्यस्तै दाङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरमा पनि आजदेखि हात्तीपाइलेको औषधि खुवाइने महाशाखाले जनाएको छ ।
पहिलो दिन आज समूदायलाई पायक पर्ने ठाउँमा केन्द्र नै बनाएर औषधि खुवाउने, भोलि र पर्सि छुटेकालाई घर दैलोमै गएर औषधि खुवाउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले जानकारी दिनुभयो ।
सरकारले शहरी क्षेत्रमा हात्तीपाइले रोगको जोखिम धेरै रहेकोले अनिवार्य औषधि खान आग्रह गरेको छ । शहरमा ४० घरलाई लक्षित गरी एउटै बुथ बनाइएको र गाडीमा समेत औषधि लिएर टोल टोलमा पुग्ने कार्यक्रम पनि रहेको मरासिनीले उज्यालोलाई जानकारी दिनुभयो ।
हात्तीपाइलेको परजीवी शरीरमा भएकाहरुलाई औषधि खाएपछि ज्वरो आए जस्तो हुने, टाउको दुख्ने रिंगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य असर हुने भएपनि पछि निको हुने भएकोले ढुक्क भएर औषधि खान डाक्टरहरुले आग्रह गरेका छन् ।
तर २ वर्ष नपुगेका केटाकेटी, गर्भवती, ७ दिन सम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त विरामीले यो औषधि खानु हुँदैन् । यो औषधि खाँदा केही खानेकुरा खाएपछि मात्रै औषधि खानु राम्रो हुन्छ ।
सन् २०२० सम्ममा हात्तीपाइले रोग निर्मूल पार्ने लक्ष्य लिएको सरकारले हात्तीपाइलको औषधि खाएर आफू र आफ्ना सन्ततिलाई रोग लाग्नबाट बचाउन सबैलाई आग्रह गरेको छ ।

प्रधानमन्त्रीको चुनावी प्रक्रिया सुरु

माघ २५ काठमाण्डौ । बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री चयनका लागि आजदेखि चुनावी प्रक्रिया सुरु हुँदैछ । व्यवस्थापिका संसद सचिवालयमा प्रधानमन्त्रीका लागि आजदेखि उम्मेदवारी दर्ता सुरु हुँदैछ । सोमबार हुने प्रधानमन्त्रीको चुनावका लागि आज  र भोलि उम्मेदवारी दर्ताको समय तालिका तय गरिएको छ ।
 
संसद ससंद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले  बिहान १० देखि बेलुकी ५ बजेसम्म मनोनयन गर्ने समय तोकिएको जानकारी दिए । उनका अनुसार भोलि आइतबार दर्ता अनुसार सूची प्रकाशन गरिनेछ । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले संसद बैठकमै फिर्ता लिन सक्ने व्यवस्था छ ।
 
अन्तरिम संविधानको धारा ३८९१० अनुसार सहमतिको सरकार बन्न नसकेपछि राष्ट्रपति डा रामवरण यादवले ३८९२० बमोजिम बहुमतीय सरकार गठनका लागि प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई आग्रह गरेका थिए ।
 
“अन्तरिम संविधानको धारा ३८ २ अनुसार प्रधानमन्त्री चयनका लागि सोमबारको मिति तय गरिएको हो । अहिलेसम्म प्रधानमन्त्रीको आकांक्षी कांग्रेस सभापति सुशील कोइराला मात्र छन् ।  

आजदेखि फेरि लोडसेडिङ बढ्यो (तालिकासहित)

माघ २५ काठमाण्डौ ।नेपाल विद्युत प्राधिकरणले आज शनिबारबाट दैनिक १२ घण्टाको दरले लोडसेडिङ गर्दैछ ।   प्राधिकरणले दैनिक ११ घण्टा गर्दै आएको लोडसेडिङको समय बढाएको हो ।
 
माघ २६ गतेदेखि लागू हुने गरी बढाइएको कटौतीको समयअनुसार अब साताको ८४ घन्टा विद्युतभार कटौती हुने भएको छ । यसअघि हप्तामा ८० घण्टा विद्युतभार कटौती हुँदै आएको थियो ।
 
 

फेरि आजबाट आमरण अनशनमा डा. गोविन्द केसी


माघ २५ काठमाण्डौ ।  शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशषज्ञ डा. गोविन्द केसीले आज शनिबारबाट फेरि आमरण अनसन बस्ने भएका छन् । गत माघ १० गते सरकारसँग भएका सहमतिका आधारमा अनसन तोडेका डा.केसीले सहमति कार्यन्वयन नभएको भन्दै फेरि अनसन बस्ने जनाएका हुन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा डीन नियुक्तिका लागि केसीले सरकारलाई शुक्रबारसम्मको अल्टिमेटम दिएका थिए । त्यसबाहेक अन्य सहमतिमा पनि सरकार गम्भिर नभएको केसीले बताए ।
केसीले शनिबार पत्रकारसम्मेलन गरी अनसन सुरु गर्नेछन् । मेडिकल कलेजका सञ्चालकको दबावमा डीन नियुक्त गरिएको भन्दै १४ दिन लामो अनसन बसेका थिए । त्रिविले यसअघि गत पौष २५ गते आइओएमको डीनमा डा.शशी शर्मालाई नियुक्त गरेको थियो ।
केसीको अनसन र अन्य चिकित्सकको आन्दोलन पछि शर्मालाई माघ ९ गते पदबाट बर्खास्त गरिएको थियो । त्यसपछि सरकार र आन्दोलनमा रहेका डा.केसी तथा चिकित्सक संघबीच केसीका माग पूरा गर्ने सहमति भएको थियो ।
डा.केसीले आइओएममा डीन नियुक्ति गर्दा वरिष्ठताका आधारमा गर्नुपर्ने, नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिंदा मापदण्ड निर्धारण गर्नुपर्ने, आइओएमलाई छुट्टै विश्वविद्यालयको रुपमा विकास गर्नुपर्ने लगायतका माग गर्दै आएका छन् ।

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?