आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Jan 31, 2014

पूर्वप्रधानन्यायाधीश उपाध्यायको निधन

माघ १७ काठमाण्डौ ।पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधन भएको छ । मस्तिकमा रगत जमेपछि पाँच दिन देखि न्युरो अस्पताल बाँसबारीमा उपचारत उनको गएराती निधन भएको हो ।
उपाध्याय शनिबार मस्तिकको शल्यक्रिया गरिएको थियो । आफ्नै निवासमा पाँच दिन अघि बेहोस भई ढलेका उनको त्यसपछि होस फर्किएन । २०४७ सालको संविधानका मस्यौदाकार रहेका उपाध्याय नेपालका एक इमान्दार न्यायाधिसका रुपमा चिनिन्छन् ।

तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले विघटन गरेको संसद सर्वोच्च अदालतको आदेशबाट ब्यूँताउदा उपाध्यायकै इजलासमा भएको थियो । २०११ सालमा लोकसेवा मार्फत न्याय सेवामा प्रवेश गरेका उपाध्याय कानून सचिव हुँदै प्रधानन्यायाधीश भएका थिए ।

उपाध्यायका चार छोरा छन् । तीन छोरा अमेरिकामा रहेका छन् । उनीहरु नेपाल आउने तयारीमा रहेको परिवार स्रोतले जनाएको छ । उपाध्याय जेठा छोरासँग बस्दै आएका थिए ।

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?