7:34 AM
कूल तामाङ माघ १७ काठमाण्डौ ।राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिगमा आज पनि दुई खेल हुदैँछन । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा दिउँसो १ बजेपछि हुने पहिलो खेलमा हिमालयन शेर्पा र जावालाखेलबिच प्रतिस्पर्धा हुनेछ । यसैबिच आजै हुने अर्को खेलमा संकटा र शसस्त्रप्रहरीको एपिएफ भिड्दैछन खेल दिउँसो ३ बजेपछि दशरथ रंगाशालामा हुनेछ । आज जित हात पारेमा एपिएफले लिगमा दोस्रो स्थानमा रहेको थ्री स्टारसंग अंक बराबरी गर्नेछ । लिगमा ३२ अंकका साथ मनाङ मस्र्याङदी शिर्ष स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत हिजोको खेलमा पुलिस र मनाङले १– १ को बराबरी खेल्दै अंक बाडेका छन भने अर्को खेलमा सरस्वतीसाग २– १ गोल अन्तरले पराजित हुदै यो सिजनमा ब्वाईज युनियन वि डिभिजनमा झरेको छ ।
0 comments:
Post a Comment