माघ १६ काठमाण्डौ ।सहिद दिवस आज देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रजातन्त्र र स्वतन्त्रता प्राप्तिका लागि आफ्नो ज्यान बलिदान दिने सहिदहरूको सम्झनामा आज देशभर सहिद दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा राजधानीको लैनचौरको सहिदपार्कमा अघि बिहान समारोहकाबीच श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी सहि
द स्मारक लैनचौरमा पुगेर सहिदको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यसक्रममा मन्त्रिपरिषद्का अध्यक्ष, मन्त्रीहरु तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले पनि श्रद्धान्जली अर्पण गरेका थिए । जहानियाँ राणाशासन, निरंकुश पञ्चायती ब्यवस्था र तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनमा वीर सपुतहरूले गरेको बलिदानको स्मरणमा हरेक बर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । यसअवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ । जहानियाँ राणाशासनको अन्त्यका लागि ज्यानको बाजी लगाएका सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दका साथै लोकतन्त्र प्राप्तिका लागि बलिदान दिने ज्ञातअज्ञात सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १० गतेदेखि एक सातासम्म सहिद सप्ताहको रुपमा मुलुकभर विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।ै








0 comments:
Post a Comment