आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Jan 31, 2014

चिनियाँ अवैध सुन बोक्न नेपाली भरिया

gold
 माघ १७ काठमाडौं । चिनियाँ धनाढ्यको गिरोहले नेपालीलाई प्रयोग गरेर अवैध सम्पत्ति भारतसम्म पुर्‍याउने गरेको राष्ट्रिय अनुसन्धान विभागले जनाएको छ । चिनियाँले नेपालको बाटो हुँदै आर्जित सम्पत्तिलाई सुनमा बदलेर भारततर्फ निकासी गरिरहेको अनुसन्धान विभागले हालै तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल प्रहरीले पटकपटक बरामद गरेको सुन र त्यसलाई ल्याउने अधिकांश नेपाली भरियासँगको बयानपछि अनुसन्धान विभाग सो निष्कर्षमा पुगेको हो ।
विभागले हालै तयार पारेको अनुसन्धान प्रतिवेदनअनुसार नेपाली भरियाकै माध्यमबाट उनीहरु भारत हुँदै सम्पत्तिलाई तेस्रो मुलुक पठाउन लागेका हुन् । नगर सम्पत्तिलाई सुनमा परिवर्तन गरी तेस्रो मुलुक पठाउन थालेपछि चीन सरकारले सरकारी तहमा रहेका कर्मचारीहरुको सबै विवरण र आयस्रोतबारे निगरानी राख्न थालेको पनि अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएको राजधानी दैनिकमा खबर छ ।
चीन सरकारले नेपालको बाटो प्रयोग गरी आफ्नो देशको सम्पत्ति नेपाल हुँदै तेस्रो मुलुक पठाउन थालेको सूचना पाएपछि अवैध ढंगले नेपाल आउने सम्पत्तिमाथि निगरानी राख्नसमेत आग्रह गरेको स्रोतले जनाएको छ ।

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?