कूल तामाङ माघ १७ सिन्धुपाल्चोक। आर्थिक अभाबका कारण समयमै उपचार हुन नसक्दा सिन्धुपाल्चोकमा एक बालिकाको ज्यान गएको छ । बिगत केहि महिना देखि बोर्न म्यारोबाट पिडीत तालामाराङ ३ की ११ बर्षिया बालिका सर्मिला तामाङको उपचारका क्रममा बानेश्वरको सिभिल हस्पिटलमा मृत्यु भएको हो । उपचरका लागि कम्तिमा १० लाख रुपैया चाहिने भएपछि आर्थिक संकलनका लागि रेडियो मेलम्चीले अपिल गरेको थियो । रकम जम्मा हुने क्रम चलिरहदाँ उपचारको क्रममा बालिकाको मृत्यु भएको हो । स्थानिय जागेश्वरी निमाबिमा कक्षा ५ मा अध्ययनरत बालिकाको मृत्युप्रति रेडियाो मेलम्ची मर्माहत भएको छ । बालिकाको उपचारका लागि आर्थिक सहयोगका गर्नुहुने सबैमा आफन्तले धन्यबाद दिएका छन । बालिकाको आजै बौद्ध परम्परा अनुसार जम्बुडाडाँमा अन्त्यष्टि गरिने पारिबारिक स्रोतले बताएको छ । तामाङको शबलाई अहिले बौद्धको आमा याङरी ह्योल्मो गुम्बामा राखिएको छ ।







0 comments:
Post a Comment