कांग्रेस नेता रामशरण महतका अनुसार बैठक दिउँसो २ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बोलाइएको छ । आजको बैठकमा सभापति सुशील कोइरालालो प्रधानमन्त्रीका लागि आफुलाई आग्रह गर्दै सरकार बनेपछि गर्ने कामको औपचारीक प्रस्ताव राख्ने तयारी गरेका छन् ।
नेता महतले सकेसम्म सबैको सहभागिता र नभए समर्थन सहितको सरकार बनाउन भोलि साँझ सम्म प्रयत्न रहने बताए । त्यसो हुन नसके पर्सीबाट एमालेसँग वार्ता गरेर बहुमतीय सरकार बनाउने महतले बताए ।
एमाओवादी र राप्रपा नेपाललगायतका दलहरुले सरकारमा सहभागी नहुने र समर्थन पनि नगर्ने निर्णय गरिसकेको अवस्थामा सर्वदलीय सरकार गठन हुने सम्भावना भने छैन ।राष्ट्रपति रामवरण यादवले १९ माघसम्म सर्वदलीय सरकार गठनका लागि दलहरुलाई म्याद दिएका छन् । त्यतिञ्जेल सरकार गठन हुन नसकेमा राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्नेछन् ।







0 comments:
Post a Comment