आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Jan 31, 2014

फेसबुकबाट गर्भमै रहेको बच्चा बेच्ने युवती पक्राउ

एक चिलियन युवतीले आफ्नो शिशु फेसबुकमार्फत मात्र ६८ पाउण्डमा विक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। बच्चा बेचेको भन्दै प्रहरीले भेरोनिका करिरा छपारो  नाम गरेकी १८ वर्षीया युवतीलाई पक्राउ गरेको हो ।
child sold
समाचारअनुसार उनी २०१३ फेब्रुअरीमा दुई महिनाकी गर्भवती थिइन् । उनले आफ्नो १७ वर्षीय प्रेमीलाई गर्भ बसेको बताइन् र कसैलाई नभन्न आग्रह गरिन् । तर आफ्नी आमा र दिदीबाट आफू आमा बन्न लागेको लुकाउन सकिनन् । ४२ वर्षकी आमा एन्जेला र २४ वर्षीया दिदी डेनिसाले शिशु बेच्न, गर्भपतन वा धर्मसन्तानका रुपमा अरुलाई दिन भने । 
परिवारको दबावमा उनले गर्भमा रहेको शिशु बेच्ने सूचना फेसबुकमा राखेपछि एक जोडीले किन्ने प्रस्ताव राखेको बताइन्छ । नोभेम्बर ४ मा शिशु जन्मियो र निकै कम मूल्यमा त्यसलाई बेचियो पनि । घटनामा संलग्न रहेको आरोपमा युवतीकी आमा र दिदीलाई पनि प्रहरीले पक्राउ गरेको छ। एजेन्सी

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?