आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Feb 1, 2014

कांग्रेस नेतृत्वमा सरकार गठन गर्न सबै दल सहमत

भोलि राष्ट्रपतिलाई जानकारी गराइने

माघ १८ काठमाडौं  संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा आगामी सरकार गठन गर्न सबै दल सहमत भएका छन् । सरकारमा सहभागि नभएपनि एमाओवादी र राप्रपा नेपालले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन जनाउने भएका छन् ।
 
शुक्रबार नयाँबानेश्वर स्थित संविधानसभा भवनमा बसेको सर्वदलीय बैठकमा सबै दलले सरकारको नेतृत्वका लागि कांग्रेसलाई समर्थन गर्ने जनाएका कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । ‘संविधानसभाका सबै दलले हाम्रो पार्टी नेतृत्वको सरकारलाई समर्थन गर्ने प्रतिवद्धता बैठकमा जाहेर गर्नुभएको छ’ बैठकबारे जानकारी दिंदै उनले भने, ‘केही दल सरकार बाहिरै बसेर सहयोग गर्ने बताएकोले सहमतिको बहुमतीय सरकार बन्ने भयो ।’
 
शुक्रबार बैठकमा सहभागी मध्ये १३ दलले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने लिखित सहमति जनाएका छन् । बाँकी दलले आइतबार लिखित प्रतिवद्धता जनाउने कांग्रेस प्रवक्ता बडुले बताए । अन्य दलको प्रतिवद्धता आएपछि आइतबारनै राष्ट्रपति कार्यालयमा सरकार गठनका लागि प्रस्ताव पठाउइने उनले बताए ।  
 
बैठकले सबै दलको समर्थन रहेकोले सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय नबढाउने निर्णय पनि गरेको छ । बैठकमा सबै दलका शीर्ष नेताको सहभागीता रहेको थियो । प्रधानमन्त्रीका लागि कांग्रेसबाट सभापति सुशील कोइराला संसदीय दलको नेताको रुपमा उम्मेदवार छन् ।

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?