घलेगाँउको नाम नसुन्ने प्राय विरलै होलान ।साँस्कृतिक छटाले भरिपूर्ण,सूर्यदोयको अवलोकन,आधा दर्जन भन्दा बढी हिमाल तथा प्राकृतिक दृश्यहरुको अवलोकन गर्न सकिन्छ घलेगाँउबाट । हरियाली वातावरण, रमाईला वस्ती, होम स्टे–पारिवारिक वातावरणमा स्वादिष्ट लोकल परिकारहरुको स्वाद लिने पाईने मुख्य विषेशता हो घलेगाँउको ।समुदायबाट संचालित भेडि गोठ, गुरुङ संग्राहलय,सभा गृह अर्को बिशेषता हो ।पाहुनाहरुको अनुरोधमा घाटु नाच,कृष्ण चरित्र ह्याप्रे नाच,पच्यु नाच,आमा समुहको नाच र युवा क्लबको नाच पनि गजबकै छ । यो नाच हेर्नका लागि भने केहि रकम तिनुपर्छ । चिया बगान,तिजे उत्तरकन्यादेवीको मन्दिर,मस्र्याङदीखोलाको पनि आफ्नै पहिचान छ घलेगाँउमा । नेपालको लमजुङ जिल्लामा पर्ने सार्क राष्ट्रकै नमुना गाँउ घलेगाँउमा एक चोटी सबैले पुग्नै पर्छ ।
यस्तो छ घले गाउ हेरौ
तस्विर /कूल तामाङ्ग
घलेगाँउ
तस्विर /कूल तामाङ्ग
भेडि गोठ






0 comments:
Post a Comment